विराटनगरमा आइसिटी एक्स्पो २०१८ हुने
विराटनगर । एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गते (तदनुसार २१ देखि २५ डिसेम्बर, २०१८) सम्म एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना गरिएको हो ।
एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु...




























