अफ्रिकी क्रिकेटर जोन्टी डिपिएलको सद्भावना राजदूतमा

अफ्रिकी क्रिकेटर जोन्टी डिपिएलको सद्भावना राजदूतमा

धनगढी, १६ माघ । यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त हुनुभएको छ । दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो उत्कृष्ट फिल्डिङका कारण विश्व प्रसिद्ध रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगिताको ‘गुडविल एम्बास्डर’ (सद्भावना राजदूत)का रुपमा जोन्...
सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

लहान, १६ माघ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । गाउँपालिका कार्यालय र वडा कार्यालयको लापर्वाहीका कारण सो वडाका करीब १५० भन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले गत फागुन महीनायता सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । गत वर्षको माघ महीनामा सामाजिक सुरक्षा भत्ता पाएयता अहिलेसम्म सामाजि...
क्याम्पस चलाउनै सकस

क्याम्पस चलाउनै सकस

बलेवा, १६ माघ । शान्तिदीप बहुमुखी क्याम्पस जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्राध्यापकहरुले पारिश्रमिक नपाएको नौ महिना पुग्यो । प्राध्यापकहरुलाई पारिश्रमिक दिन पुग्ने आर्थिक स्रोत क्याम्पससँग नभएका कारण पारिश्रमिक रोकिएको हो । व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायमा अध्ययन अध्यापन हुने यस क्याम्पसमा ९३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीबाट एक वर्षमा उठेको शुल्क प्राध्यापकहरुलाई तीन महिनाको पा...
उचित मूल्य नपाएपछि वस्तुभाउलाई काउली खुवाउँदै किसान

उचित मूल्य नपाएपछि वस्तुभाउलाई काउली खुवाउँदै किसान

बनेपा, १६ माघ । व्यवसाय गर्न त्यतिकै पैसा लगानी गर्नुपर्छ, त्यसमाथि श्रम गरेर उत्पादन गरेको तरकारी बजारमा भनेजस्तो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ पात्लाका किसान दुःख गरेर उत्पादन गरेको काउली बजारमा उचित मूल्य नपाएपछि वस्तुभाउलाई खुवाउन बाध्य भएका हुन् । काउली बेच्ने समयमा बजारभाउ कम भएपछि आफूहरूले उत्पादन गरेको काउली बारीमा नै छोडेको र फूल ...
अज्ञात रोगले नदीका माछा मरे

अज्ञात रोगले नदीका माछा मरे

जुम्ला, १६ माघ । अज्ञात रोगका कारण तिला नदीका माछा मर्ने गरेका छन् । एक हप्ता अघिदेखि तिला नदीमा रहेका माछा मरेकोे चन्दननाथ नगरपालिका–१० गैरागाउँका स्थानीय नरेन्द्र भण्डारीले बताउनुभयो । तिला नदीको किनारमा मरेका माछा देखिने गरेको उहाँको भनाइ छ । छिना साँघुदेखि कारागारसम्म आउने जाने क्रममा नदीमा मरेका माछा देखिने गरेको उहाँले बताउनुभयो । नदीमा रहेका सानादेखि ठूला माछा मरेर तैरिने गरेको भण्डारीक...
शहीद पार्कको शिलान्यास

शहीद पार्कको शिलान्यास

पर्सा, १६ माघ । वीरगञ्जको बिपी उद्यानमा शहीद पार्कको शिलान्यास गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्तरुपमा शहीद पार्कको शिलान्यास गर्नुभएको हो । सो अवसरमा मुख्यमन्त्री गद्दीले शहीदको बलिदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र तीन तहको सरकारलगायतका उपलब्धि हासिल भएको धारणा व्यक्त गर्नुभयो । उहाँले शहीदको बलिदानलाई सम्मा...
अब मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

अब मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

काठमाडौंँ, १६ माघ ।  सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ । विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा यो वर्षदेखि व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो । खनालले भन्नुभयो, “यसै वर्षबाट संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बल नेपा...
जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट

जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट

जिरी, १६ माघ । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले जानकारी द...
पार्सपोर्टबारे दर्जनौं रोचक तथ्यहरु

पार्सपोर्टबारे दर्जनौं रोचक तथ्यहरु

बीबीसी । विदेश यात्राको लागि महत्वपूर्ण दस्तावेज हो, पासपोर्ट । केही मानिसहरुको लागि यो गाह्रोसँग प्राप्त हुने मुल्यवान दस्तावेज हो ।पासपोर्ट विदेशयात्राको समयमा तपाईंको परिचयपत्र भएको हुनाले यसको सक्कलीपनामा निक्कै महत्व दिइन्छ । यात्रा गर्नको लागि हामीहरुलाई अत्यावश्यक दस्तावेजबारे विभिन्न रोचक तथ्यहरु छन् । पासपोर्टबारे एक दर्जन रोचक तथ्याङ्क यस्तो छ : १. फिनल्याण्ड र स्लोभेनियाको पासपोर्टम...
मारुनी नाच लोपोन्मुख अवस्थामा

मारुनी नाच लोपोन्मुख अवस्थामा

बेझाड, १६ माघ । कुमाल समुदायको पुर्खौली संस्कृति मारुनी नाच समुदायबाटै लोप हुन थालेको छ । युवापुस्ताले संस्कृति संरक्षणमा ध्यान नदिँदा समुदायमा प्रख्यात मारुनी नाच लोपोन्मुख अवस्थामा पुगेको हो । रोजगारीको सिलसिलामा युवापुस्ता विदेशन पलायन हुँदा गाउँमा बसेर युवापुस्ताले संस्कृति सिक्ने अवसर पाएका छैनन् । अझै पनि फाट्टफुट्ट केही ठाउँमा पाकापुस्ताकै भरमा मारुनी नाच देखाउने गरिएको छ । पाल्पाको राम...
एक दशकदेखि शहीदको सालिक ढाकिएकै अवस्थामा

एक दशकदेखि शहीदको सालिक ढाकिएकै अवस्थामा

दमौली, १६ माघ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा निर्माण गरिएको शहीद स्मारक अलपत्र अवस्थामा छ । विसं २०६३ मा निर्माण गरिएको शहीद पार्क सम्बन्धित निकायको वेवास्ताका कारण अलपत्र परेको हो । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङले तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा २०१८ सालमा शमशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाउँमा र लालध्वज गु...
आगलागीपीडितलाई काङ्ग्रेसको रु ५१ हजार

आगलागीपीडितलाई काङ्ग्रेसको रु ५१ हजार

गलेश्वर, १६ माघ । म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ । गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हुँदा थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएको थियो । पार्टीले सङ्कलन गरेको सो सहयोग रकम मङ्गलबार पार्टीको जिल्ला सभापति खम्बीर गर्बुजाले पीडित रोकाकालाई हस्तान्तरण गर्नुभयो । म्याग्दी काङ्ग्रेसले पीडितलाई न्यानो कपडा...
अर्धनग्न अवस्थामा शव फेला

अर्धनग्न अवस्थामा शव फेला

लहान, १५ माघ । अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्न अवस्थामा आफ्नै घरमा भेटिएपछि प्रहरीले मृतकका बबु तुरुन्तीलाल बडहीलाई पक्राउ गरेको हो । सरिताको शव गएराति अर्धनग्न अवस्थामा आफ्नै घरभित्र फेला पारेको जनाएको छ । घरको भ...
सिङ्गो गाउँ नै लालपुर्जाविहीन

सिङ्गो गाउँ नै लालपुर्जाविहीन

कृष्णनगर, १५ माघ ।  कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जाविहीन अवस्थामा रहेको छ । विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा करीब ११९ घरपरिवारको बसोबास छ । विसं २०६४ को कपिलवस्तु घटनामा विस्तापित भएकालाई पुनस्र्थापना गरी निर्माण गरिएको उक्त बस्ती एकदशक बितिसक्दासमेत लालपुर्जाविहीन छ । विसं २०६४ को घटनामा उजाड बनेको सो गाउँमा कारितास नेपाल र सहज नेपालले पुनर्वासका लागि क...
७ केजी तौल बढाउँदै जाह्नवी

७ केजी तौल बढाउँदै जाह्नवी

जाह्नवी कपूरले २०१८ मा फिल्म 'धडक' बाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाटै उनी इन्डस्ट्रीमा छाएकी छन् । अहिले उनी इन्डियन एयरफोर्सकी पाइलट गुञ्जन सक्सेनाको बायोपिकमा व्यस्त छिन् । योसँगै उनीसँग करण जोहरको मल्टिस्टारर फिल्म 'तख्त' पनि छ । अहिले भने जाह्नवीको सारा फोकस गुञ्जनको बायोपिकमा छ । क्यारेक्टरमा आफूलाई ढाल्न उनले निकै मिहिनेत गरेकी छन् । भारतीय मिडियाका अनुसार, हाल उनी आफ्नो वजन...
यस्तो देश जहाँ जागिर छोड्न मरेको नाटक गरिन्छ

यस्तो देश जहाँ जागिर छोड्न मरेको नाटक गरिन्छ

बीबीसी । जागिर सबैले सजिलै पाउँदैनन्, तर केही मानिस भने जागिर पाउन होइन, छोड्नका लागि निकै कसरत गर्छन्, विभिन्न अचम्मका तरिकासमेत अपनाउँछन् । जागिरबाट छुटकारा पाउनका लागि केही मानिस त आफू मरेको झुटो खबरसमेत फैलाउन पछि पर्दैनन् । केही मानिसहरु आफ्ना बोससँग झुटो बोल्नका लागि मानिस भाडामा लिन्छन् । कोही भने केही नभनी अफिसबाट गायब हुन्छन् । तर यी तरिका कम जोखिमपूर्ण छैनन् । युइशिरो ओकाजाकी र तोशि...
शेयर बजार पुनः घट्यो

शेयर बजार पुनः घट्यो

काठमाडौँ, १५ माघ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ विन्दुले घटेर २४६.४७ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री ...
गैरकानूनीरूपमा सम्पत्ति जोडेको अभियोगमा मुद्दा

गैरकानूनीरूपमा सम्पत्ति जोडेको अभियोगमा मुद्दा

काठमाडौँ, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ । विमानस्थल, भन्सार कार...
ठगी मुद्दामा दोषी ठहर भई फरार व्यक्ति जेल चलान

ठगी मुद्दामा दोषी ठहर भई फरार व्यक्ति जेल चलान

काठमाडौँ, १५ माघ । ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ललितपुर महानगरपालिका–१३ का हेमबहादुर घलेलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले आजै उनलाई कारागार चलान गरेको हो । घलेलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ । काठमाडौँ जिल्ला अदालतले ठगी मुद...
जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु

जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु

काठमाडौँ, १५ माघ । अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(जुम्ला अस्पताल)बाट सुर्खेत, नेपालगञ्ज/काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ । प्रतिष्ठानले पहिलोपटक आफ्नै प्लान्टबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि ज...
दुई हजार ८०७ सुरक्षाकर्मी शहीद

दुई हजार ८०७ सुरक्षाकर्मी शहीद

काठमाडौँ, १५ माघ ।  सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो अपराह्न बसेको मन्त्रिपरिषद्क...
वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

बेझाड, पाल्पा, १५ माघ ।  धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी छ । कोही रित्तो हात निराश हुँदै घर फर्कन्छन् त, कोही काठको बाकसमा । परिवारको सुखद भविष्यको आशामा रामपुर नगरपालिका–६ तिलकपुरका ३७ वर्षीय डोलराज कुमाल तीन वर्ष अघि मलेशिया पुगे । उनी दुई छोरी र श्रीमतीको ल...
भारतीय दूध आयातको नयाँ मार्ग

भारतीय दूध आयातको नयाँ मार्ग

बाँके, १५ माघ । नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् । व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन् । भारतबाट नेपालगञ्जमा भित्रिने दूध गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघ...
अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

भक्तपुर, १५ माघ । भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो । जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो ...
नेपाली क्रिकेटको ऐतिहासिक फड्को

नेपाली क्रिकेटको ऐतिहासिक फड्को

काठमाडौँ, १५ माघ । नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो । तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौँदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व कीर्तिमानसमेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् । साधारणसभा तथा नयाँ नेतृत...
कल बाइपास गर्ने भारतीय पक्राउ

कल बाइपास गर्ने भारतीय पक्राउ

राँझा, १५ माघ । नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले जानकारी दिनुभयो । चटर्जीको साथबाट कल बाइपास गर्ने उपकरण, एनसेलको १० र नेपाल टेलिकमका दुई था...
दोलखामा बाक्लो हिमपात (फोटो फिचर)

दोलखामा बाक्लो हिमपात (फोटो फिचर)

दोलखाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल कालिञ्चोकमा बाक्लो हिमपात भएको छ । हिउँ ३ फिटसम्म जमेको छ । हिउँ खेल्न बिभिन्न स्थानबाट सयौंको संख्यामा पर्यटक पुगेका छन् । हिउँका कारण यातायात प्रभावित बनेको छ । तस्बिर सौजन्यः गीता अधिकारी 
के छ बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा

के छ बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा

काठमाडौँ, १५ माघ । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । यही माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि ऐन बन्ने प्रायः निश्चित भएको छ । तर प्रा डा गोविन्द केसीको मागअनुसार यो विधेयक संसद्मा प्रवेश गरे पनि केसीको अनशन भने अझै समाप्त भएको छैन । हालै ...
बारामा जीप दुर्घटना हुँदा शसस्त्रका एसपीको मृत्यु, सीडीओसहित चार जना गंभीर घाईते

बारामा जीप दुर्घटना हुँदा शसस्त्रका एसपीको मृत्यु, सीडीओसहित चार जना गंभीर घाईते

बारा, १२ माघ । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् । घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर ...
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षाः आइतबारदेखि मौसममा सुधार

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षाः आइतबारदेखि मौसममा सुधार

काठमाडौँ, १२ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको स...
धरानका रमेश प्रसाईले जिते पब्लिक स्पीकरको उपाधि

धरानका रमेश प्रसाईले जिते पब्लिक स्पीकरको उपाधि

काठमाडौं, ११ माघ। पब्लिक स्पीकर नेपाल २ को उपाधि धरानका रमेश प्रसाईले हात पारेका छन् । फाइनल चरणमा ५ जना प्रतिष्पर्धीलाई पछि पार्दै रमेशले उपाधि हात पारेका हुन् । देशका १२ स्थानमा भएको अडिसनमा सहभागी ११ सय प्रतिष्पर्धीबाट रमेशले उपाधि माथि कब्जा जमाए । उनले प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पव्लिक च्वाइस अवार्ड विधा समेत हात पार्न सफल भए । रमेशले नगद तीन लाख र ट्रफी हात पारे । रमेश प...
error: Content is protected !!