चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी,२७ माघ । चट्याङले जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गराएको थियो । फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरीक सञ्चार सुविधाबाट वच्चित भएका छन् । नमस्ते फोनको नेटवर्क कुनै कुनै बेला आए पनि राम्रोसँग काम नगर्ने गरेको सेवाग्राहीको भनाइ थियो । यस्तै सिगास गाउँपालिका–९ चौखामलगायत टोलमा एक हप्...
गलत घरमा छिर्दा पक्राउ

गलत घरमा छिर्दा पक्राउ

तपाईंले एउटा जँड्याहाको जोक सुन्नुभएको छ ? छैन भने रोचक समाचारभन्दा अगाडि त्यो जोक नै सुन्दा रमाइलो होला । एउटा जँड्याहाले टन्न रक्सी खाएपछि उसको साथीलाई बडो सकस हुन्छ । उसले जँड्याहा साथीलाई घर पुर्याइदिऊँजस्तो लाग्छ । जँड्याहाले पनि हुन्छ भन्छ । त्यसपछि जँड्याहाले आफ्नो घर अगाडि पुगेर भन्छ, ‘सुन् साथी, यो हो मेरो घर ।’ त्यसपछि उनीहरु दुवै घरभित्र छिर्छन् । जँड्याहाले भन्छ, ‘यो हो मेरो घरको ब...
शरीर बाहिर मुटु भएकी शिशुको सफल सङ्घर्ष

शरीर बाहिर मुटु भएकी शिशुको सफल सङ्घर्ष

बीबीसी । भ्यानेलप होप विल्किन्स जन्मँदै शरीर बाहिर मुटु लिएर जन्मिइन्। किनभने उनको शरीरमा छातीको महत्त्वपूर्ण हड्डी 'ब्रेस्टबोन' नै थिएन। उनको तीनवटा शल्यक्रिया गर्नु पर्‍यो। जन्मेको १४ महिनासम्म त उनी अस्पतालनै बसिन्। र, अब उनी अन्तत: डिस्चार्ज भएर घर पुगेकी छन्। आमाबुवा निकै खुसी भएका छन्।
३६० केजी चरेससहित तीन भारतीय पक्राउ

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

धादिङ, २७ माघ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४  नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले...
महाधिवेशनलाई पछाडी धकेलेर पार्टीलाई फाइदा हुँदैन : काङ्ग्रेस नेता थापा

महाधिवेशनलाई पछाडी धकेलेर पार्टीलाई फाइदा हुँदैन : काङ्ग्रेस नेता थापा

गोरखा, २७ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई/अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिनुभयोे । ‘काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण ...
राष्ट्रपतिबाट वसन्त श्रवण

राष्ट्रपतिबाट वसन्त श्रवण

काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष...
चालीस प्रहरीको बढुवा सिफारिश

चालीस प्रहरीको बढुवा सिफारिश

काठमाडौँ, २७ माघ ।  नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका ...
करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

दमौली, २७ माघ । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भ...
व्याट्री पड्किँदा दुवै आँखा बन्द

व्याट्री पड्किँदा दुवै आँखा बन्द

हुम्ला, २७ माघ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो । सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री सुकाउन जाँ...
मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी १०उपाय

मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी १०उपाय

१. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । ३. समूहमा सहभागी : आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी ...
अझै छ कटुवाल प्रथा

अझै छ कटुवाल प्रथा

बागलुङ, २५ माघ । सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत कटुवाल प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ । गलकोट नगरपालिका–७ मल्मका भक्तबहादुर विक विगत चार वर्षदेखि कटुवालको भूमिकामा हुनुहुन्छ । कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेर समेत बुझिन्छ । पहिले अग्ला डाँडामा पुगेर चर्को आवाज निकालेर खबर वा सूचना दिने भन्ने चलन थियो । अहिले भने कटुवालले हात...
स्थानीय जातको आलुको माग उच्च

स्थानीय जातको आलुको माग उच्च

कञ्चनपुर, २६ माघ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान स्थानीय जातका आलु ‘घरैया’ को संंरक्षणमा जुटेका छन् । खानमा स्वादिलो र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थमा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । संरक्षणका लागि उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा घरैया जातका आलु खेती गरेका छन् । घरैया आलुको माग बढेपछि लगाउन छाड्दै गएको आलु पुनः लग...
आईसीसीले पठायो २१ क्रिकेटरको २ वर्षको तलब

आईसीसीले पठायो २१ क्रिकेटरको २ वर्षको तलब

काठमाडौँ, २६ माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब एकमुष्ट पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् -राखेप)लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो । ‘हामीले खेलाडीहरुसँग सम्झौता गरेर पठाएका थियौं । हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भने, ‘खेलाडीहरु धनगढीबाट फर्किएपछि तलब बाँड्छौं ।’ सन् २०१७/१८ मा नेपालका लागि खेलेका क्रिकेटरहरुल...
गैँडामाथि बसेर फोटो खिच्नेलाई सचेत गराई छाडियो

गैँडामाथि बसेर फोटो खिच्नेलाई सचेत गराई छाडियो

रत्ननगर, २६ माघ । गैँडामाथि बसेर फोटो खिच्नेलाई चितवन राष्ट्रिय निकुञ्जले सचेत गराएर छाडेको छ । रत्ननगर नगरपालिका–६ स्थित सौरहाका १४ वर्षीय अनुप महतोलाई शुक्रबार सचेत गरी तारिखमा छाडिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो । महतोको साथीले गैँडामाथि चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि निकुञ्जले खोजी गरी पक्राउ गरेको हो । गत सालको बाढीले बगाएर घाइते भएको सो गैँडालाई निकुञ्ज...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान

नारायणपुर, २५ माघ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २४ दिनदेखि चल्दै आएको विवाद समाधान भएको छ । साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारी, करार कर्मचारी र ज्यालादारी कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजनको लागि राखेको माग पूरा भएपछि आन्दोलन टुङ्गिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवको नेतृत्वमा केन्द्रबाट आएको टोलीले व...
जोगाउला ‘समर लभ’ ले पुस्तकको साख ?

जोगाउला ‘समर लभ’ ले पुस्तकको साख ?

काठमाडौँ, २५  माघ । केही हप्तायता नेपाली फिल्मको व्यापार पट्यारलाग्दो छ । गएको मंसिरमा आएको फिल्म ‘प्रसाद’ पछि कुनै फिल्मले लगानी सुरक्षित त टाढाको कुरा भित्तामा टाँस्नका लागि तयार पारिएको पोस्टरको पैसा समेत उठाउन सकेका छैनन् । हरेक हप्ता निर्माताको करोडौं डुबिरहेको छ । गत हप्ता मात्र ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ का निर्माताको करीब ५ करोडको लगानी बालुवामा पानी पोखे सरह भयो । 'झुर' फिल्मका कारण ...
शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे दुर्घटना : अध्यक्ष दाहाल

शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे दुर्घटना : अध्यक्ष दाहाल

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताउनुभएको छ । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको आज लोकार्पण गर्दै उहाँले शान्ति सम्झौता र संविधान इमान्दारिताका साथ कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । “यदि शान्त...
चट्याङबाट दुई जनाको मृत्यु

चट्याङबाट दुई जनाको मृत्यु

अमरगढी, २५ माघ । डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । नाथ र देउल्याललाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । यस्तै च...
संजय दत्त ‘केजिएफ-२’मा

संजय दत्त ‘केजिएफ-२’मा

सबैलाई आश्चर्यमा पार्दै वक्सअफिसमा कमाल कमाइ गरेको दक्षिण भारतिय कन्नड सिनेमा 'केजिएफ'को सिक्वलका लागि बलिउड संजय दत्तलाई प्रस्ताव गरिएको छ। पहिलो भागको लोभलाग्दो सफलताले गर्दा सिनेमाका निर्माणकर्ताहरूले सिक्वललाई थप वृहत बनाउन संजयलाई सिनेमा ल्याउने योजना बनाएका हुन्। हाल उनीहरू संजयसँग सिनेमाको लागि कुराकानी प्रयासमा लागेका छन्। निर्माण टिमले छिटै नै संजयलाई भेटेर स्क्रिप्ट सुनाउने तयारी गरे...
कृत्रिम खुट्टा वितरण

कृत्रिम खुट्टा वितरण

काठमाडौँ, २५ माघ । दुर्घटनामा परेर खुट्टा गुमाएका १९१ अपाङ्गता भएका व्यक्तिलाई मारवाडी सेवा समितिले कृत्रिम खुट्टा वितरण गरेको छ । गत वर्ष साउनदेखि अहिलेसम्म उनीहरुलाई कृत्रिम खुट्टा वितरण गरेको समितिले जनाएको छ । सकेसम्म आर्थिक रूपमा विपन्न व्यक्तिलाई छनोट गरेर कृत्रिम खुट्टा वितरण भइरहेको अर्थाेपेडिक प्राविधिक हरिराम बोगटीले बताउनुभयो । सम्पर्कमा आएका अधिकांशलाई कृत्रिम खुट्टा दिइए पनि आफैँ ख...
मासिँदै सिमसार

मासिँदै सिमसार

पोखरा, २५ माघ । झट्ट हेर्दा पानीले ढाकेका कतिपय जमीन उपयोगविहीन जस्ता देखिन्छन् तर, त्यसको महत्व एकदमै छ । सिमसार क्षेत्र अर्थात् पानी मिसिएको जमीनले प्राणी जगत् र जैविक विविधता संरक्षणमा ठूलो भूमिका खेलिरहेको हुन्छ । हिजोआज यस्ता सिमसार क्षेत्र विस्तारै विस्तारै पुरिँदै जाँदा वातावरणीय दुष्प्रभाव देखापर्न थालेका छन् । “पहिला झिनुवाको चामल पकाउँदा टोलभर मगमग बास आउँथ्यो, अहिले त कहाँ हरायो खै ?...
पोखरीमा भेटियो, महिलाको शव

पोखरीमा भेटियो, महिलाको शव

भक्तपुर, २५ माघ । घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिनुभयो । हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उहाँले घटनाको अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।
दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुला, २५ माघ । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि जिल्लाको फोन सञ्चार अवरुद्ध भएको हो । जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटरटावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार अवरुद्ध रहेको हो । डडेल्धुराबा...
बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो

रियो डे जानेरो २५ माघ । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५७ पुगेको बताइएको छ । अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति वेपत्ता रहेका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो विवरण सार्वजनिक गरिएको छ । शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो । ...
शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

दमौली, २५ माघ । तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमता रहेको कारागारमा हाल १३० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो । कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदीबन्दीले शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । कारागारभित्र हाल सातवटा मात्र शौचालय भएकाले कैदीबन्दीलाई समस्या परेको उहाँले ...
श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका लागि अदालत धाउँदै

श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका लागि अदालत धाउँदै

बेझाड, २५ माघ । श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् । श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन् । विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमतीपीडित भएको भन्दै न्य...
सिर्जना बोल्छ

सिर्जना बोल्छ

काठमाडौँ, २५ माघ । कोरीबाटी गरेर साडी, चोलोमा चिटिक्क सजिएकी एक यौनिक तथा अल्पसङ्ख्याक (तेस्रोलिङ्गी) आफ्नो अस्तित्वको खोजीमा भौँतारिँदै आइन् । उनी समलिङ्गी प्रति आकर्षित भए पनि परिवारले भने स्वीकार्न तयार भएन । सबै गुण महिलाको भएको र त्यहीअनुसारको आकर्षण भए पनि समाजले पुरुषका रुपमा मात्रै स्वीकार्ने भएकाले उनमा आफ्नो अस्तित्वको खोजी त्यसै हराउँछ । बाध्यताले गर्दा आफ्नो चाहना मारेर पनि उनी पुरु...
सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

अमरगढी, २५ माघ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले बताउनुभयो । सुदूरपश्चिमका वि...
आत्मासँग विवाह

आत्मासँग विवाह

ज्याक स्प्यारो ३ सय वर्षअघि हाइटीको समुद्री डाँकुका रूपमा कुख्यात थिए । सत्रौं शताब्दीमा उनको कुख्याती विश्वभर फैलिएको थियो । तिनै पात्रको नाममा हलिउडले ब्लकबस्टर चलचित्रसमेत तयार पार्‍यो । ज्याक स्प्यारोको आत्मा अझै पनि भड्किरहेको र आफू त्यतिबेला ज्याककी प्रेमिका रहेको दाबी गर्ने आमन्दाले केही समयअघि समुद्री डुङ्गामा आत्मासँग विवाह गरिन् । उनले आफ्नो थरमा आमन्दा स्प्यारो लार्जसमेत लेखिन् । हा...
तीन राजदूतको शपथ

तीन राजदूतको शपथ

काठमाडौँ, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराउनुभयो । राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान...
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

धनुषा, २५ माघ । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताउनुभयो । मनहर्टले विश्व सम्पदा सूच...
error: Content is protected !!