शेयर बजार आठ विन्दुले घट्यो
काठमाडौँ, २ फागुन । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव ९२ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता शेयर रु दुई अर्ब १६ करोड ६५ ...






























