सार्वजनिक ठाउँमा धुम्रपान गर्ने ४१ जना कारवाहीमा
कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा सार्वजनिक स्थानमा धुम्रपान गर्ने ४१ जनालाई कारवाही गरिएको छ ।
जिल्लास्तरीय अनुगमन तथा निरीक्षण समितिको अनुगमनमा खटिएको टोलीले कपिलवस्तुको सदरमुकाम तौलिहवा लगाएत पकडी, पिपरा, कृष्णनगर, चन्द्रौटा र गोरुसिङ्गेमा गरी असार २२ गते सम्म जम्मा ४१ जनालाई कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरूबाट चार हजार एक सय रुपैय...
