दुई महिनादेखि टेलिफोन अवरुद्ध
जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन भएका छन् ।
एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पु¥याएका कारण सो अवस्था सिर्जना भएको हो ।
सञ्चारविहीन हुनेमा राजस्व कार्यालय, परिवार नियोजन संघलगायतका सरकारी र गैरसरकारी कार्यालयसमेत रहेका छन् ।
नेपाल टेलिकम कार्यालय जनकपुरले आयोजनाद्वारा समन्वय गरी निर्माण कार्य न...
