कैलालीमा स्क्रब टाइफसका बिरामी बढे
कैलाली । थार किर्ना, मुसा तथा उडुस जस्ता माइटहरु जातिबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगको विरामी कैलालीमा बढ्दै गएका छन् ।
गर्मी बढेसँगै स्क्रब टाइफसको समस्या बढी देखा परेको सेती अञ्चल अस्पताल धनगढीले जानकारी दिएको छ । सो अस्पतालमा चालू आर्थिक वर्षको हालसम्म उपचारको क्रममा स्क्रब टाइफसबाट पीडित एक जना विरामीको मृत्यु भएको छ भने ३४ जना विरामी उपचारका लागि अस्पताल पुगेका छन् ।
हाल पाँच ज...






















