विश्वकपमा छनौट हुने पहिलो युरोपेली टोली बन्यो बेल्जियम
बेल्जियम । ग्रिसलाई हराउँदै बेल्जियम सन् २०१८ को विश्वकपमा छनौट हुने पहिलो युरोपेली टोली बनेको छ । आयोजक रसियासँगै बेल्जियम विश्वकपको समूह चरणमा प्रवेश गरेको हो ।
दोस्रो हाफको खेलमा पाँच मिनेटको अन्तरालमा तीन गोल भएको थियो । जसमा बेल्जियम २–१ ले विजयी बन्न सफल रह्यो ।
खेलको ७० औँ मिनेटमा जान भर्टोगेनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए पनि तीन मिनेटपछि जेकाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त...
























