काठमाडौंको बिजय चौकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित बिजय चौकमा सोमबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र महिला बालबालिका उत्थान तथा वातावरण केन्द्रको सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो ।
बिजय चौकस्थित सेभेन स्टार पोईन्ट होटलमा भएको शिविरमा ८५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९८ जनाको भिडियो एक्सरे, १९७ जनाक...






























