चिनियाँ प्रधानमन्त्रीद्वारा प्रम ओलीलाई बधाई ज्ञापन
काठमाडौँ, ३ फागुन । चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताउनुभएको छ ।
सन्देशमा च...






























