प्रजातन्त्र दिवसमा नेताहरुबाट शुभकामना सन्देश
काठमाडौँ, ७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सकेमात्र शहीदप्रतिको सम्मान हुने बताउनुभएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना वक्तव्यमा उहाँले देशमा प्रजातन्त्र/लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौँ सपुतले प्रजातन्त्र/लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै सम्प...



























