संघीय संसद्को पहिलो बैठक २१ फागुनमा बोलाइने
काठमाडौं, ८ फागुन । संघीय संसद्को पहिलो बैठक २१ फागुनका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ९३ (१) को प्रावधानबमोजिम २१ फागुन दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको नतिजा आएपछि संघीय संसद् बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रस...































