मार्ग इजाजत पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय

मार्ग इजाजत पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय

काठमाडौँ, ६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मार्ग इजाजत (रुट परमिट) पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय निर्धारण गरिएको बताउनुभएको छ । गत वर्ष चैत १८ गते जारी भएको यातायात निर्देशिकामा रुट परमिट पाएका सवारीलाई कम्पनीमा दर्ता हुनुपर्ने समय नतोकिएकाले असार ३१ गतेको निर्णयले यो व्यवस्था गरिएको आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले जानकारी दिनुभयो...
सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा

सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा

काठमाडौँ, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गरे । सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाउनुभएको छ भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २०० छन् । नेता भट्टराईको स्टाटस पढेपछि राससले उहाँलाई सोध्यो–साँच्चीकै विमानस्थल सुधार भएको हो ...
छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

धादिङ ६ साउन । सिद्धलेक र थाक्रे गाउँपालिकामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा६प ५१७५ नं को कोइला बोकेको ट्रकले पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–८ मा ठक्कर दिँदा मकवानपुरको थाहा नगरपालिका निवासी ९ वर्षीय रंजीत मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर विकले जानकारी दिए । यस्तै सिद्धलेक गाउँपालिका फिसफिस...
रेलमार्ग निर्माणसँगै सुरक्षात्मक प्रणालीको खोजी

रेलमार्ग निर्माणसँगै सुरक्षात्मक प्रणालीको खोजी

काठमाडौं, ६ साउन । सरकारले मुलुकभित्र एक दर्जनभन्दा बढी रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइरहेको बेला सुरक्षात्मक प्रणाली र उपकरणका बारेमा समेत चासो बढ्न थालेको छ । मानवीय सुरक्षा, रेलमार्गको अवस्था तथा जोखिम न्यूनीकरणका लागि विश्वभर उपलब्ध प्रणाली तथा उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको हो । सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकितामा रा...
मस्र्याङ्दीमा पानीको बहाव बढेपछि उच्च सतर्कता

मस्र्याङ्दीमा पानीको बहाव बढेपछि उच्च सतर्कता

लमजुङ, ६ साउन । मस्र्याङ्दी नदीमा पानीको बहाव अत्याधिक बढेपछि उच्च सतर्कता अपनाइएको छ । नदीमा साविकभन्दा पानीको मात्रा बढेपछि सम्भावित जोखिमबाट बच्न प्रशासनले नै सतर्क रहन आग्रह गरेको हो । नदीमा अचानक पानीको बहाव बढेपछि मनाङ र लमजुङअन्तर्गत नदी वरपरका बस्तीलाई शनिबार साँझ प्रशासनले विभिन्न सूचना संयन्त्र प्रयोग गरी सर्वसाधारणलाई जानकारी गराएको छ । माथिल्लो भेगमा रहेका हिमतालका कारण मस्र्याङ्दी...
उच्च अदालत तुलसीपुरमा सबैभन्दा धेरै करणीका मुद्दा

उच्च अदालत तुलसीपुरमा सबैभन्दा धेरै करणीका मुद्दा

तुलसीपुर, दाङ, ६ साउन । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४/७५मा ६०२ मुद्दा फछ्र्योट गरेकोे छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आवमा जिम्मेवारी सरेका ३७३ गरी जम्मा ७८६ थान मुद्दामध्ये ६०२ थान मुद्दा फछ्र्योट भई हाल १८४ थान मुद्दा विचाराधीन छन् । तुलसीपुरमा सबैभन्दा धेरै करणीका ८८ वटा मुद्दा दर्ता भएकामा ७० वटा मुद्दा फछ्र्योट भई १८ व...
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सिंहको निधन

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सिंहको निधन

काठमाडौँ, ६ असार । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ। सिंहको शनिबार राति ३ बजेर ६ मिनेटमा बयोधा अस्पतालमा निधन भएको महासंघ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष अस्मिता भण्डारीले  जानकारी दिइन्। सिंह ८५ वर्षका थिए। तीन साताअघि सामान्य ज्वरो आएर बयोधा अस्पतालमा परीक्षण गर्दा पिसाबमा संक्रमण देखिएपछि उनी उपचाररत थिए। त्यहीबीचमा उनमा निमोनिया देखि...
पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे

पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे

तुलसीपुर, दाङ, ६ साउन । साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए । उनले पानी नपरी खडेरीका कारण ...
अत्यधिक गर्मीका कारण जापानमा ३० को मृत्यु, सावधानी अपनाउन निर्देशन

अत्यधिक गर्मीका कारण जापानमा ३० को मृत्यु, सावधानी अपनाउन निर्देशन

जापान, ६ असार । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ । यो सातामा सुरुमा नै जापानमा तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थियो । जापान टाइम्स रिपोर्टका अनुसार दश हज्जारभन्दा बढी गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन अस्पताल पुगेका थिए ।
भारतको बाल सुधारगृहमा रहेका चार नेपाली बालकको उद्धार

भारतको बाल सुधारगृहमा रहेका चार नेपाली बालकको उद्धार

बुटवल, ६ साउन । भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ । उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो । आफ्नो घर ठेगाना र अभिभावकसमेत बताउन नसक्ने अवस्थाका ती...
पाल्पामा सवारी दुर्घटना, १ जनाको मृत्यु

पाल्पामा सवारी दुर्घटना, १ जनाको मृत्यु

पाल्पा, ६ साउन । पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ४०८० नंको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु २९ प ७०२१ नंको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो । शनिबार सा...
गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

मलेखु, धादिङ, ५ साउन । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्...
डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

काठमाडौँ, ५ साउन । सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आज विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गर्नुभएको हो । उनले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए। संसद्मा पेश भएको चिकित्सा शिक्षा...
पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

बझाङ, ५ साउन । बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आज दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए । महेश्वरी वडा नं. ६...
चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

काठमाडौँ, ५ साउन । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पु¥याएको क्षति र भूकम्पमा परी बाँच्न सफल व्यक्तिसम्बन्धी बनाइएको बहुचर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ लाई अमेरिकामा पुरस्कृत गरिएको छ । अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले हालै बृत्तचित्रका निर्देशक गणेश पाण्डेलाई सम्मान गरेको हो । नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको र १७ वटा अव...
निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

काठमाडौँ, ५ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन...
गरीब परिचयपत्र वितरण शुरु, परिचयपत्रका आधारमा राज्यले सेवासुविधा दिने

गरीब परिचयपत्र वितरण शुरु, परिचयपत्रका आधारमा राज्यले सेवासुविधा दिने

धनगढी, ५ असार । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको अति गरीब, मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो रङको मध्यम गरीब र सहवीर चौधरीलाई सामान्य गरीब नीलो रङको परिचयपत्र वितरण गरी परिचयपत्र वितरण गर्दै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवा...
बालविकास केन्द्रमा १० लाख बालबालिका

बालविकास केन्द्रमा १० लाख बालबालिका

काठमाडौँ, ५ साउन । समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ । प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब छ हजार छन् । प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुने बालिका पाँच लाख पाँच हजार र बालक पाँच लाख १४ हजार छन् । समाजले यहाँ शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा नेपाल कम्युनिष्ट ...
दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

सोल, ४ साउन । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार उहँलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपिएको हो । उहाँले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो । यसअघि नै उहाँलाई २४ वर्षको जेल सजाय भएको थियो । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डरल बराब...
संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक: सभामुख महरा

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक: सभामुख महरा

काठमाडौँ, ४ साउन । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताउनुभयो । “संविधान कार्यान्...
पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

काठमाडौँ, ४ साउन । सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ । प...
गाईलाई सुत्केरी भत्ता….

गाईलाई सुत्केरी भत्ता….

चितवन, ४ साउन । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । “अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पु¥याउनुपर्ने हुन्छ” उनले ...
नक्कली कागजात बनाएर सार्वजनिक जग्गा निजी उद्योगलाई बिक्री गरिएको खुलासा

नक्कली कागजात बनाएर सार्वजनिक जग्गा निजी उद्योगलाई बिक्री गरिएको खुलासा

नवलपरासी, ४ असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ । खेलमैदान र मुस्लिम समुदायको शव गाड्ने स्थान कब्रिस्थान रहेको सार्वजनिक जग्गालाई गुल्मी जिल्ला साविकको ९ जयखानी गाविस–३० का दीपक सुनारले नक्कली कागजातका आधारमा ग्यास उद्योगलाई बिक्री गरेको खुलासा भएको हो । दुई बिगाहा १५ कट्ठा दुई धुर जग्गा किर्ते क...
११ वटा झोलुंगे पुलबाट म्याग्दीमा पच्चिस सय घरधुरी लाभान्वित

११ वटा झोलुंगे पुलबाट म्याग्दीमा पच्चिस सय घरधुरी लाभान्वित

म्याग्दी, ४ साउन । दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ । रघुगंगा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्पाम प्रविधिमा नेपालकै लामो ३६५।८ मिटर झोलुंगे पुल निर्मा...
आफैँले चलाएको गोली लागेर सैनिक गम्भीर घाइते

आफैँले चलाएको गोली लागेर सैनिक गम्भीर घाइते

 डोल्पा, ४ असार । डोल्पामा एकजना नेपाली सेनाका जवान आफेँले चलाएको गोली लागेर घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैँले गोली चलाई घाइते भएका थिए । आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला ...
भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, संलग्नताको आशङ्कामा छ जना पक्राउ

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, संलग्नताको आशङ्कामा छ जना पक्राउ

नयाँ दिल्ली, ३ साउन । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । ती महिला...
गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई आज विशेष सम्बोधन गर्दै उनले सप्तगण्डकी, दामोदरकुण्ड, मुक्तिनाथ, तालबाराही, तिलिचो, फेवा, वेगनास, रुपा, मैदी, दिपाङ, खास्टेजस्ता तालका साथै पञ्चासेलगायत रमणीय पर्यटकीयस्थलका कारण यसले असाधारण सम्भावना बोकेकाले यसक...
बिपी राजमार्गमा बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

बिपी राजमार्गमा बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

सिन्धुली, ३ साउन । बिपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् । सुनकोसी गाउँपालिका–३ रातमाटा बजारमा दुई सवारी ठोक्किँदा बसमा सवार चार र बोलेरोमा सवार तीन गरी सातजना घाइते भएका हुन् । सिन्धुलीतर्फबाट काठमाडौँ जाँदै गरेको सगरमाथा प्रालिको बा३ख २५४० नंको बस र काठमाडौँबाट सर्लाहीका लागि गुडेको ना४त ५२५३ नको कुखुरा बोक्ने पिकअप बोलेरो एकापसमा ठक्कर खाएको इलाका प्रहरी ...
भृकुटीमण्डपमा इक्यानको १२औँ शैक्षिक मेला शुरु

भृकुटीमण्डपमा इक्यानको १२औँ शैक्षिक मेला शुरु

काठमाडौँ, ३ साउन । नेपाल शैक्षिक परामर्श संघ इक्यानको १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको आज यहाँ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरे । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए । उनले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र...
गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन शुरु

गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन शुरु

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहनुभएको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको हो । प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्...
केबलकार निर्माणमा चासो बढ्यो, २५ स्थानमा अध्ययन अनुमतिका लागि आवेदन

केबलकार निर्माणमा चासो बढ्यो, २५ स्थानमा अध्ययन अनुमतिका लागि आवेदन

काठमाडौँ, ३ साउन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ । मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ । सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व...
error: Content is protected !!