धनुषामा गोली प्रहार गरी एक युवकको हत्या

धनुषामा गोली प्रहार गरी एक युवकको हत्या

धनुषा, १८ साउन । गोली प्रहार गरी यहाँ एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो । हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन् । यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । घटनास्थलबाट ज५प ६३२१ नंको मोटरसाइकल बर...
नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

वासिङटन, अमेरिका, १८ साउन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिनुभएको छ । आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिनुहुने बताउनुभएको हो । अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहाकार ल्यार...
संवैधानिक परिषद्द्वारा योग्यता परीक्षण गरी सिफारिश भएको काँग्रेसको स्पष्टोक्ति

संवैधानिक परिषद्द्वारा योग्यता परीक्षण गरी सिफारिश भएको काँग्रेसको स्पष्टोक्ति

काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृति गर्नुपर्ने कारण र आधारसँग असहमति रहेको जनाउँदै संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको जनाएको छ । समितिमा रहेका काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसालले नियुक्ति अस्वीकृत गर्नुपर्ने रायसँग असहमति रहेको जनाउँदै बैठक बहि...
विश्व बैंकबाट विकास सहायता जुटाउन अर्थमन्त्री वासिङ्टन प्रस्थान

विश्व बैंकबाट विकास सहायता जुटाउन अर्थमन्त्री वासिङ्टन प्रस्थान

काठमाडौँ, १८ साउन । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा आज साँझ बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गर्नुभयो । बैंकले नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयन गर्न सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाकालाई अन्तिम रूप दिने छलफलमा भाग लिन मन्त्री ...
संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटीपूर्ण : राप्रपा

संवैधानिक अंगमा नियुक्तिको पद्धति नै त्रुटीपूर्ण : राप्रपा

काठमाडौँ, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्ति संसदीय सुुुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनाले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको विचार राखेको छ । प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मूल्याङ्कन गर्ने र निर्णय गर्ने समितिको क्षेत्राधिकार भए पनि यसले आगामी दिनमा कैयन् संवैधानिक र राजनीतिक जटिलता सिर्जना ग...
राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ५५ करोड

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ५५ करोड

काठमाडौँ, १८ साउन । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आव २०७४र०७५ मा कूल रु ५५ करोड खुद नाफा आर्जन गरेको छ । कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आव २०७४र७५ मा कम्पनीले बीमा शुल्कबापत रु ९३ करोड ८८ लाख र लगानी तथा कर्जाबाट रु ७४ करोड ७३ लाख आम्दानी गरेको जानकारी दिइयो । कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले संस्थागत सुशासनलाई ध्यान दिँदै सबै नाग...
अफगानिस्तानमा दुई आत्मघाती हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तानमा दुई आत्मघाती हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तान, १८ साउन । अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । गार्डेजमा रहेको मस्जीदमा शुक्रबार लगातार भएका दुई छुट्टा छुट्टै आक्रमणमा परी कम्तीमा अन्य ७० जना घाइते भएका छन् । स्थानीय समय अनुसार शुक्रबार दिउसो साढे एक बजेतिर मस्जीदमा प्रार्थना भइरहेका बेला घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी आक्रमणकारीतर्फका दुई जना पनि मा...
तेह्रथुम मालपोत कार्यालयका निमित्त प्रमुख २५ हजार घुससहित पक्राउ

तेह्रथुम मालपोत कार्यालयका निमित्त प्रमुख २५ हजार घुससहित पक्राउ

तेह्रथुम, १८ साउन । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले आज दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट...
नेपालद्वारा नेदरल्याड्न्सलाई २१७ रनको चुनौती

नेपालद्वारा नेदरल्याड्न्सलाई २१७ रनको चुनौती

काठमाडौँ, १८ साउन । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ । नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन्...
संसदीय इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत

संसदीय इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत

काठमाडौँ, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले मतदानमार्फत जोशीको नाम अस्वीकृत गरेको हो । नेपालको संसदीय इतिहासमा प्रधानन्यायाधीशको नाम अस्वीकृत हुनेमा पहिलो व्यक्ति जोशी हुनुभएको हो । कूल १५ मतमध्ये जोशीको विपक्षमा १० मत परेपछि उहाँको नाम अस्वीकृत भएको हो । नेपाली काँँग्रेसका चार सांसदले मतदान प्रक्रियामा भा...
छाला सफा राख्न तथा किड्नी स्टोनबाट बचाउन कागती उपयोगी

छाला सफा राख्न तथा किड्नी स्टोनबाट बचाउन कागती उपयोगी

हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी फलको रुपमा कागतीलाई लिइन्छ । कागतीले स्वास्थ्यलाई फाइदा गराउनुका साथै विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गर्ने गरिन्छ । कागतीको नियमित सेवनले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । विशेष गरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्ड लगाएतका देशहरुमा लोकप्रिय छ। हामीलाई चाहिने दैनिक भिटामिन सीको ३२ प्रतिशत मा...
इन्डोनेसिया र चीनमा भूकम्प

इन्डोनेसिया र चीनमा भूकम्प

जाकार्ता, १८ साउन । इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ । भूकम्पबाट कुनै पनि किसिमको जीउधनको क्षति नभएको राष्ट्रिय विपद् व्यवस्था एजेन्सीले जनाएको छ । त्यसैगरी चीनको उत्तरपश्चिम किङ्गहाई प्रान्तमा शुक्रबार ५.१ म्याग्निन्युडको भूकम्प गएको छ । यस भूकम्पपछ...
एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

न्यूयोर्क, १८ साउन । आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक ...
पोखरेली जेठोबुढो धानको माग बढ्दै

पोखरेली जेठोबुढो धानको माग बढ्दै

पोखरा, १८ साउन । जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा हुने गरेको छ । लिवर्डका प्राविधिक अधिकृत खेमराज च्वाइँ सुवेदीका अनुसार जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्...
सवारी नभए पनि यातायात कम्पनी

सवारी नभए पनि यातायात कम्पनी

काठमाडौँ, १८ साउन । यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले राससलाई जानकारी दिए । कम्पनीमा पञ्जीकरण गर्न यसअघि कम्तीमा पाँच वटा सवारी हुनैपर्ने व्यवस्थाले समस्या हुने गुनासो आएपछि विभागले यस्तो निर्णय ...
बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका युवक पक्राउ

बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका युवक पक्राउ

राजविराज, १८ साउन । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी...
सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा आमाछोरा बेपत्ता

सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा आमाछोरा बेपत्ता

म्याग्दी, १८ साउन । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ । अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको ड...
टेलिकमको फाइबर सेवा शुरु

टेलिकमको फाइबर सेवा शुरु

काठमाडौँ, १८ साउन । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ । सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन। आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवा...
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी अस्वीकृत

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी अस्वीकृत

काठमाडौँ, १८ साउन । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्य...
प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे मतदान हुने

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे मतदान हुने

काठमाडौं , १८ साउन। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने भएको छ । जोशीबारे निर्णय गर्न समितिको बैठक विहान साढे १० बजे बोलाइएको थियो । तर, सर्वसम्मत हुन नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । त्यसपछि बहुमत अल्पमतका आधारमा निर्णय लिइनेछ । १५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १-१ सदस्य छन् । सत्तारुढ दलहरु जोशीलाई प्र...
दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

चितवन, १८ साउन । चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताउनुभयो । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ । यसअघि असार २८ गते एक ज...
त्रिभुवनचन्द्र मिलिटरी अस्पतालको नयाँ भवनबाट सेवा शुरु

त्रिभुवनचन्द्र मिलिटरी अस्पतालको नयाँ भवनबाट सेवा शुरु

काठमाडौँ, १८ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गरे। सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ । प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सोही स्थानमा पहिले उक्त अस...
काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि न...
दलितको आरोपमा विद्यालयबाट निकालेकाले भन्दै कारबाहीको माग

दलितको आरोपमा विद्यालयबाट निकालेकाले भन्दै कारबाहीको माग

खोटाङ, १८ साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छिन् । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेकी हुन । विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्य...
वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

कञ्चनपुर, १८ साउन । वडा कार्यालयबाटै सामाजिक सुुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ । भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैंकसम्म पुग्नका लागि निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उहाँले भन्नुभयो, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि निकै सहज भएको छ ।” ‘दुई घण्टा पैदल हिंडेर बैंक पुग...
तेह्रथुमको छथर गाउँपालिकामा अब ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’

तेह्रथुमको छथर गाउँपालिकामा अब ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’

तेह्रथुम, १८ साउन । पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएक...
अब ‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण !

अब ‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण !

काठमाडौँ, १८ साउन । सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको छ । बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । होटल तथा रेस्टुरेन्टका खान...
जिम्बाबेको राष्ट्रपतिमा इमर्सन मान्गाग्वा विजयी

जिम्बाबेको राष्ट्रपतिमा इमर्सन मान्गाग्वा विजयी

हरारे, १८ साउन । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ । मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले...
नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय आज, पहिलो हारलाई उल्टाउने दाउमा नेपाल

नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय आज, पहिलो हारलाई उल्टाउने दाउमा नेपाल

काठमाडौँ, १८ साउन । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । पहिलो खेलमा ह...
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्नेमा चीन सबैभन्दा अगाडि

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्नेमा चीन सबैभन्दा अगाडि

काठमाडौं, १८ साउन । छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रतक्ष्य वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक बर्ष २०७४/७५ र अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगनीको प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ । नेपालमा भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल, बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभा...
पाँच महिनापछि बने ‘मिनी पार्लियामेन्ट’

पाँच महिनापछि बने ‘मिनी पार्लियामेन्ट’

काठमाडौँ, १८ साउन । प्रतिनिधिसभा नियमावली पारित भएको झण्डै दुई महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा चिनिने संसदीय समितिहरू गठन भएका छन् । विषयगत समिति गठनसँगै सार्वजनिक सरोकार र कार्यपालिकाका काम कारबाहीमा मिनी संसद्मा पनि छलफलको बाटो खुलेको छ । संघीय संसद्का दुबै सदनका विषयगत समिति बिहीबार गठन भएका हुन् । समितिमा रहने सदस्यहरुको नामावली अनुमोदन भएका छन् । संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको...
error: Content is protected !!