चिनीया प्रविधिको मकै नेपालमा

चिनीया प्रविधिको मकै नेपालमा

काठमाडौं, ७ भदौ । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५जनाको सहभागिता छ । नेपालमै मकैको ह...
मिक्लाजुङ गाउँपालिकामा सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ

मिक्लाजुङ गाउँपालिकामा सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ

मोरङ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना बुधबार शुभारम्भ गरे । केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको जिल्लाको विकट मानिने सो क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न जडान गरिएको सो प्रणालीबाट ७५ घरधुरीमा विद्युतीकरण भएको छ । एसियाली विकास बैंकको रु एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्ज...
रुसले सिरियामा पठायो ६३ हजार सेना

रुसले सिरियामा पठायो ६३ हजार सेना

मस्को । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । “उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रके...
त्रिविमा आर्थिक हिनामिना भएको भन्दै नेविसंघद्धारा छानबिन गर्न माग

त्रिविमा आर्थिक हिनामिना भएको भन्दै नेविसंघद्धारा छानबिन गर्न माग

काठमाडौँ, ७ भदौ । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको हो । उक्त समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको ...
‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

रत्ननगर, ७ भदौ । यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिए। देशका विभिन्न जिल्लामा बलात्कारका अपराध बढेकाले समाजलाई सचेत बनाउँदै नीतिनिर्माण तहसम्मै घच्घच्याउन सामूहिक अभियान शुरु गरिएको उनकोे भनाइ थियो । चितवनमा पछिल्लो ...
गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत

गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत

काठमाडौँ, ७ भदौ । बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ । उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु-याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने । महानगर...
सूचनामा अंकुश लगाउँदै सरकार, विवरण पाउन सर्तैसर्त

सूचनामा अंकुश लगाउँदै सरकार, विवरण पाउन सर्तैसर्त

काठमाडौँ, ७ भदौ । सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभामा दर्ता ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सातवटा पूर्वसर्त पूरा नगरीकन कसैले पनि सरकारी निकायबाट सूचना प्राप्त गर्न नसक्ने व्यवस्था छ। विधेयकमा सूचना संकलन गर्ने समय, सूचनाको विषयवस्तु, प्रकृति, सूचना माग्नुको उद्देश्य, सूचना परीक्षण विधि र प...
सरकारी स्कुलमा पढे सुविधै सुविधा

सरकारी स्कुलमा पढे सुविधै सुविधा

काठमाडौँ, ७ भदौ । सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको  छ । मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलद्वारा संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा दिने बताइएको छ । व...
निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि गृह मन्त्रालयले खटायो टोली

निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि गृह मन्त्रालयले खटायो टोली

काठमाडौँ, ७ भदौ । गृह मन्त्रालयले कञ्चनपुरको निर्मला पन्त हत्या घटनाको छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दको नेतृत्वमा टोली पठाउने निर्णय गरेको  छ। गत साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो। घटनाको २४ दिनपछि सोमबार कञ्चनपुर प्रहरीले भीमदत्त नगरप...
बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड

बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड

काठमाडौँ, ७ भदौ ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा दिएको छ । सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा ल्याउन अर्थले गृह मन्त्रालयका नाममा २ करोड न...
आवासविहीनले अब आवास पाउने, दुरुपयोग गरेमा कैद र जरिवाना !

आवासविहीनले अब आवास पाउने, दुरुपयोग गरेमा कैद र जरिवाना !

काठमाडौँ, ७ भदौ । सरकारले कतै पनि जग्गा तथा आवास नभएका व्यक्तिलाई आवास उपलव्ध गराउने भएको छ । तर त्यसरी पाएको आवास दुरुपयोग गरेमा कैद एवम् जरिवानाको सजाय हुनेछ । कैद र जरिवानाको बारेमा थप उल्लेख भने भएको छैन । यससम्वन्धी विधेयक संसद्मा प्रस्तुत भई संशोधनको प्रक्रियामा रहेको छ । शहरीमन्त्री इस्तियाक अहम्मद राईले संसद्मा ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्तुत गर्नुभएक...
धनकुटाका समाजसेवी प्रधानको निधन, मुलघाटमा गरियो अन्त्येष्टि

धनकुटाका समाजसेवी प्रधानको निधन, मुलघाटमा गरियो अन्त्येष्टि

धनकुटा, ६ भदौ । गएराति निधन भएका धनकुटा पाख्रीवासका समाजसेवी शुक्रवहादुर प्रधानको पार्थिव शरिरलाई आज मुलघाटमा अन्त्येष्टि गरिएको छ । कांग्रेसको सक्रिय सदस्यसमेत रहेका व्यवसायी प्रधानको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै अन्त्येष्टि गरिएको हो । प्रधानको पार्थिव शरिरमा नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य ज्ञानवहादुर गुरुङ्ग, धनकुटा नगरसभा...
छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडौं, ६ भदौ । आफ्नै छोरीको हत्या गरेको आरोपमा झापा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । कुटपिट गरी ८ वर्षीया छोरी सफलताको हत्या गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता कुरुम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । स्कुल जाने बेलामा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गरेकी थिइन् । आमाको कुटाइबाट गम्भीर भएकी सफलताको बिर्तासिटी अस्पतालमा उपचार...
पुरुष भारोत्तोलनमा अधिकारीको नयाँ राष्ट्रिय कीर्तिमान

पुरुष भारोत्तोलनमा अधिकारीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, ६ भदौ ।  इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५...
‘बिम्स्टेक जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्छ’

‘बिम्स्टेक जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्छ’

काठमाडौँ, ६ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन् । परराष्ट्र मन्त्रालयमा पूर्वराजदूत तथा कूटनीतिक सेवाबाट निवृत्त व्यक्ति तथा वरिष्ठ सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँहरुले सबै सदस्य राष्ट्रलाई सतह,...
एशियाड: पौडीमा नेपालकी गौरिका सिंह २७ औँ स्थानमा रहँदै बाहिरिइन्

एशियाड: पौडीमा नेपालकी गौरिका सिंह २७ औँ स्थानमा रहँदै बाहिरिइन्

काठमाडौँ, ६ भदौ । इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् । हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेण्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् । अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।...
सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख

सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख

काठमाडौँ, ६ भदौ । सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो । नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा शान्ति सेनामा सहभागी भएवापत प्राप्त करीब रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना भएको उक्त कोषमा अ...
उपत्यकाका ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने

उपत्यकाका ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने

काठमाडौँ, ६ भदौ । उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन महाशाखा र व्यवसायी सङ्घको आयोजनामा सुन्धा...
प्रधानमन्त्रीलाई गृहजिल्लामा नागरिक अभिनन्दन

प्रधानमन्त्रीलाई गृहजिल्लामा नागरिक अभिनन्दन

भद्रपुर, ६ भदौ । गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ । प्रधानमन्त्री बनेपछि दोस्रो पटक गृहजिल्ला आउनुभएका ओलीलाई नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका र स्थानीय सङ्घसंस्थाद्वारा नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रममा प्रदेश नं १ का मुख...
सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

झापा, ६ भदौ । झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि औँजारको प्रयोग गर्न थालेका छन् । कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली...
मोरङका मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व

मोरङका मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व

विराटनगर, ६ भदौ । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड ६५ लाख र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले रु २४ करोड १...
प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार नि...
इस्लाम धर्मावलम्बीद्वारा बकरइदमा सद्भाव साटासाट

इस्लाम धर्मावलम्बीद्वारा बकरइदमा सद्भाव साटासाट

काठमाडौँ, ६ भदौ । काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा आज भेला भई सद्भाव साटासाट गरेका छन् । प्रत्येक वर्ष अरवियन पात्रोको १२ औँ महिनाको १० गते पर्ने उक्त पर्वमा आफू भन्दा ज्येष्ठ मानिससँग आर्शीवाद लिने तथा मीठो खानेकुरा खाएर खुशियाली गर्ने गरिन्छ । अल्हा (इश्वर)ले आफ्नो भक्तजन इब्राइमलाई परीक्...
दक्षिण सुडानका बाल सैनिक नयाँ जीवनको खोजीमा

दक्षिण सुडानका बाल सैनिक नयाँ जीवनको खोजीमा

पिबोर, दक्षिण सुडान, ६ भदौ । एघार वर्षको कलिलो उमेरमा घरबाट भागेर आदिवासी लडाकू समूहमा भर्ना भएका बाबा साहेबलाई कति मानिस मारियो भन्ने एकिन सम्झना पनि छैन । हत्या गरिएका मान्छेको संख्या भन्न उनलाई एकछिन रोकिनु पर्दछ । “मैले गोलीले हानेर मारें । हामी सबैले त्यही ग¥यौं” बाबा जोनले भने, “मैले एउटा बन्दुक पाएँ र कसरी चलाउनु पर्दछ भनेर तालिम लिएँ । मलाई सम्झना पनि छैन कति मानिसलाई मैले गोलीले उडाएँ ...
भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

कराकस, ६ भदौ । भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मङ्गलबार अपराह्न ५ः३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु यागरापारो शहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ ...
पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने: प्रधानमन्त्री ओली

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने: प्रधानमन्त्री ओली

पथरीशनिश्चरे, ६ भदौ । प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन्। पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए । उनले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार द...
नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार

नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार

बिराटनगर, ६ भदौ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउँनुका साथै २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भए...
गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् – महामन्त्री कोइराला

गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् – महामन्त्री कोइराला

नेपालगञ्ज, ६ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन्। नेपाल प्रेस युनियन, बाँकेले आज गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो , यो कुरा नेता, कार्यकर्ताले ब...
१८ औँ एशियाड: भलिबलमा नेपाल पराजित

१८ औँ एशियाड: भलिबलमा नेपाल पराजित

काठमाडौँ, ६ भदौ । जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको ...
कार्यालय सहयोगीको हत्या

कार्यालय सहयोगीको हत्या

बैतडी, ६ भदौ। दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । ठगुन्नाको घरमै हत्या भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेको छ । ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत ...
पक्षघात भएका विद्यार्थीलाई सहयोग

पक्षघात भएका विद्यार्थीलाई सहयोग

काठमाडौँ, ६ भदौ । पूर्व प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई रु दुई लाख ५० हजार सहयोग गरेको छ । मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि उक्त सहयोग गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले मङ्गलबार सो रकम समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई संयुक्तरू...
error: Content is protected !!