काठमाडौँ, १२ भदौ ।  खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हतया भएको छ । औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए ।

भगहा नगरपालिकाअन्र्तगत मेघनाथ गोरहन्नाको अंकुश नदी पश्चिममा रहेको फेकु चौधरीको बंगैचामा आँपको रुखमुति सोमबार दिउँसो शिशुको शव भेटिएको थियो ।

हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।, ‘नग्न अवस्थामा शव भेटिएको थियो, बालिकाको दायाँ गालामा झापड हान्नुका साथै बायाँ गालामा दाँतले टोकेको निसान देखिएको थियो,’ खड्काले भने, ‘टाउकोमा नीलडाम तथा नाकबाट मुखसम्म रगत बगेको थियो।’ पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा पहिचान हुने डिएसपी खड्काको भनाइ छ। आजको नागरिक दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!