साफ च्याम्पियनसीप: शनिबार नेपालको अग्निपरीक्षा

साफ च्याम्पियनसीप: शनिबार नेपालको अग्निपरीक्षा

काठमाडौँ, २२ भदौ । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई ...
काभ्रेको पनौती नगरपालिकाद्वारा पाठापाठीको जन्मदर्ता गर्दै भैसीलाई सुत्केरी भत्ता

काभ्रेको पनौती नगरपालिकाद्वारा पाठापाठीको जन्मदर्ता गर्दै भैसीलाई सुत्केरी भत्ता

काठमाडौँ ।  स्थानीय तहहरुले बिभिन्न रचनात्मक कार्यहरु गर्ने होडबाजी चल्दै गर्दा काभ्रेको पनौती नगरपालिकाले पनि नयाँ अभियानको थालनी गरेको छ । नगरपालिकाले बाख्राको पाठापाठीको पनि जन्मदर्ता गर्ने भएको छ भने भैसीहरुलाई सुत्केरी भत्ता दिने निर्णय गरेपछि किसानहरु हर्षित बनेका छन् । काभ्रेको पनौती नगरपालिकाले आफ्नो तेस्रो नगरसभामा घोषणा गरे अनुसार पाठापाठीको जन्मदर्ता र सुत्केरी भैसीलाई प्रोत्साहन स्व...
सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

इनरुवा, २२ भदौ । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए । जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश : बढ्दै गएको देखिएको छ...
नेपाललाई चीनको सामुन्द्रिक बन्दरगाहसम्म पहुँच सुनिश्चित

नेपाललाई चीनको सामुन्द्रिक बन्दरगाहसम्म पहुँच सुनिश्चित

काठमाडौँ, २२ भदौ । नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ । बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल(कार्यविधि)को तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको थियो । सहमतिपछि तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्...
साइबर र मानव बेचबिखनका घटनामा वृद्धि

साइबर र मानव बेचबिखनका घटनामा वृद्धि

काठमाडौँ, २२ भदौ । मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा म...
दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिनुभएको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन निर्देशन गर्नुभएको हो । उहाँले भन्नुभय...
प्रविधिमैत्री बन्दै रत्ननगर

प्रविधिमैत्री बन्दै रत्ननगर

चितवन, २२ भदौ । रत्ननगर नगरपालिकावासीले अब घरमै बसीबसी नगरपालिकाका सेवा सुविधाबारे जानकारी लिन पाउने भएका छन् । उनीहरूले जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख कार्यालयमा छन्/छैनन् भन्नेबारे पनि घरबाटै जानकारी पाउनका साथै उनीहरू कार्यालय आएपछि सेवाग्राहीले चाहेमा आफ्नो मोबाइलमा कार्यालयमा आएको सूचना समेत पाउनेछन् । नगरपालिकाकाले मोबाइल एप्स तयार पारेर आज सार्वजनिक गरेसँगै नगरवासीले यो सुविधा पा...
बाजुरामा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

बाजुरामा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

बाजुरा, २२ भदौ । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उक्त ...
नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गर्नुभएको छ । ‘नतिजामुखी प्रशासन: समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाँले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभ...
ट्याङ्करको ठक्करबाट दुईको मृत्यु

ट्याङ्करको ठक्करबाट दुईको मृत्यु

चितवन, २२ भदौ । पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् । चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना३ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग५प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपा...
रामधुनीलाई ‘रामायण सर्किट’मा जोड्न पहल

रामधुनीलाई ‘रामायण सर्किट’मा जोड्न पहल

धरान, २२ भदौ । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई ‘रामायण सर्किट’मा जोड्ने अवधारणा ल्याएसंगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले ‘रामायण सर्किट’को अवधारणा ल्याएकामा गत वैशाखमा भारतीय प्रधानमन्त्री मोदी ...
अस्पतालमा छोरी घर पुग्दा छोरा !

अस्पतालमा छोरी घर पुग्दा छोरा !

काठमाडौँ, २२ भदौ । गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् । भने छोरीलाई अलग्गै भवनमा राखियो । बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए । कालीले दुध खुव...
मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

काठमाडौँ, २२ भदौ । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५...
बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिधुत् खरिद गर्ने

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिधुत् खरिद गर्ने

काठमाडौँ, २२ भदौ । बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको यो...
डलर भाउले महँगिदै दशैं !

डलर भाउले महँगिदै दशैं !

काठमाडौँ, २२ भदौ ।  अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठुलो चाड दसैँ नै महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि ताकेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र विक्रि दर ११...
सातै प्रदेशमा आयुर्वेद अस्पताल खोलिँदै

सातै प्रदेशमा आयुर्वेद अस्पताल खोलिँदै

काठमाडौँ, २२ भदौ । सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खोल्ने प्रक्रिया अगाडि बढाएको छ । सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल निर्माण गर्ने योजनाअनुसार सरकारले प्रक्रिया अगाडि बढाएको हो । चिकित्सा विद्यामा आयुर्वेद ओझेलमा परेको भन्दै सरकारले सो विद्यालाई पहिलो प्राथमिकतामा राखेको छ । आयुर्वेद व्यवस्था विभागका अनुसार ५० बेड क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माण गर...
हत्यारालाई कारबाही माग गर्दै धनकुटामा प्रदर्शन

हत्यारालाई कारबाही माग गर्दै धनकुटामा प्रदर्शन

धनकुटा, २१ भदौ । बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा शव फेला परेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै धनकुटामा प्रदर्शन गरिएको छ । पन्तको हत्यामा संलग्नलाई पक्राउ गरेर कडा कारबाही गर्न माग गर्दै बिहिबार जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको हो । स्थानीय मदनचौकबाट सुरु भएको जुलुशले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गरेको थ...
नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिनुपर्छ

नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिनुपर्छ

काठमाडौँ, २१ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भाषा आन्दोलनका एक हस्ती पद्मरत्न तुलाधर कुनै पनि पार्टीको नेताभन्दा उहाँको उचाई धेरै माथि रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानले नेपाल सम्बतलाई मान्यता दिलाउन सङ्घर्षरत् पद्मरत्न तुलाधरको भीम रथारोहणको उपलक्ष्यमा आज आयोजना गरेको ‘नेपाल सम्बतसम्बन्धी आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका’ विषयक विचार गोष्ठीम...
सहिदभूमीमा कांग्रेसले बाढ्यो सदस्यता प्रमाणपत्र

सहिदभूमीमा कांग्रेसले बाढ्यो सदस्यता प्रमाणपत्र

धनकुटा २१ भदौ । नेपाली कांग्रेस धनकुटाले बिहिबार सहिदभूमी गाउँपालिकाको पिप्लेमा क्रियासिल सदस्यताको प्रमाणपत्र वितरण गरेको छ । संगठनलाई क्रियासिल तथा सुदृढीकरण गर्न पार्टीका नेता तथा कार्यकर्तालाई क्रियासिल सदस्यताको प्रमाणपत्र वितरण गरिएको कांग्रेसले जनाएको छ । कार्यक्रममा जिल्ला सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले प्रमाणपत्र बितरण गर्दै कांग्रेसले स...
धनकुटामा लिङदेनको गर्जन: पहिचानका आधारमा प्रदेशको नाम नराखे जातिय युद्ध गर्छौ

धनकुटामा लिङदेनको गर्जन: पहिचानका आधारमा प्रदेशको नाम नराखे जातिय युद्ध गर्छौ

धनकुटा, २१ भदौ । संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले प्रदेश १ को नाम लिम्बूवान किराँत खम्बूवान नभए देशमा जातिय युद्ध हुँने चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान मञ्चले बिहिबार धनकुटामा गरेको खबरदारी सभालाई संबोधन गर्दै लिङदेनले यस्तो बताएका हुन् । प्रदेशको नामाकरण पहिचानका आधारमा नभए देशमा जातिय युद्ध सुरु गर्ने भन्दै अध्यक्ष लिङदेनले त्यसको ने...
मन्त्रिपरिषद्को निर्णय: व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि स्वीकृत

मन्त्रिपरिषद्को निर्णय: व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि स्वीकृत

काठमाडौँ, २१ भदौ । सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा समेत निर्णय गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिनुभयो । त्यसैगरी बैठकले नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्य...
पुनःनिर्माणलाई द्रुतगतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

पुनःनिर्माणलाई द्रुतगतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । प्राधिकरणको निर्देशक समितिको १३औँ बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्पपीडितलाई यथाशक्य चाँडो घरबासको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री सचिवालयका अनुसार प्राधिकरण नि...
नेपाली भाषाको प्रयोग घट्दो: प्रतिवेदन

नेपाली भाषाको प्रयोग घट्दो: प्रतिवेदन

काठमाडौँ, २१ भदौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रपति भण्डारीले आयोगको कामका लागि धन्यवाद दिँदै प्रतिवेदन कार्यान्वयनका ला...
मोरङ क्षेत्र नम्बर ३ मा चम्किदै कांग्रेस: बढ्दैछ पार्टी प्रवेशको लहर (फोटो फिचरसहित)

मोरङ क्षेत्र नम्बर ३ मा चम्किदै कांग्रेस: बढ्दैछ पार्टी प्रवेशको लहर (फोटो फिचरसहित)

विराटनगर, २१ भदौ । मोरङको पथरीशनिश्चरे–३ किराती चौकमा गत सोमबार दिउँसो भएको कार्यक्रममा करिव ७० जना बिभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरे । लगत्तै सोहि साँझ सुन्दरहरैचाको सुक्रवारेमा नेकपासहित बिभिन्न पार्टीका ८१ जना कार्यकर्ता कांग्रेसमा गए । पुनः केहि समयपछि सुन्दरहरैचाको खोर्सानेमा पनि ५५ जनाले बिभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरे । मोरङको ३ नम्बर क्षेत्रमा बिभिन्न पार...
जन्म दिनमा नेता भट्टराईद्वारा विद्यार्थीलाई सहयोग

जन्म दिनमा नेता भट्टराईद्वारा विद्यार्थीलाई सहयोग

ताप्लेजुङ, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आएका भट्टराईले यसपटक पाथीभरा याङवरक गाउँपालिका शारदा मावि कक्षा १ मा अध्ययनरत कमल विक र गङ्गा विकलाई आर्थिक सहायता प्रदान गरेका हुन । पार्टीले विद्यालय भर्नामा जुट्न आह्वान गरेअनुसार आफैँले वि...
फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

काठमाडौँ, २१ भदौ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिनुभयो । “परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौँ” उहाँले भन्नुभयो, “परीक्षार्...
मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ: सभामुख

मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ: सभामुख

काठमाडौँ, २१ भदौ । सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै आज उहाँले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराउनुभएको हो । सभामुख महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको जानकारी गराउँदै भन्नुभ...
जापानमा ६.६ म्याग्नीच्युडको भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

जापानमा ६.६ म्याग्नीच्युडको भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

टोकियो, २१ भदौ । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क...
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

ढाका, २१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच भएको ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीले ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने र त्यसले दुबै देशलाई फाइदा गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ऊर्जा सप्ताहलाई सम्बोधन गर्दै मन्त्री पुनले दुई देशबीचको ऊर्जा आदानप्रदानसम्बन्धी समझदारीले एउटा नयाँ अध्याय शुरु गरेको र त्यसलाई क्रमशः कार्यान्वयनमा ...
फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

सिंगापुर, २१ भदौ । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ । नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ । यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले  बताए  । करिब एक लाख ७० हजार वर्गफिटमा फै...
साफ च्याम्पियनसिप: नेपाललाई आज जित्नै पर्ने दबाब

साफ च्याम्पियनसिप: नेपाललाई आज जित्नै पर्ने दबाब

काठमाडौँ, २१ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले...
error: Content is protected !!