काठमाडौँ, २२ भदौ । सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खोल्ने प्रक्रिया अगाडि बढाएको छ ।
सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल निर्माण गर्ने योजनाअनुसार सरकारले प्रक्रिया अगाडि बढाएको हो ।
चिकित्सा विद्यामा आयुर्वेद ओझेलमा परेको भन्दै सरकारले सो विद्यालाई पहिलो प्राथमिकतामा राखेको छ । आयुर्वेद व्यवस्था विभागका अनुसार ५० बेड क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने काम अगाडि बढिसकेको छ ।
विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले ढिलै भए पनि आयुर्वेद क्षेत्रमा सरकारले चासो देखाउनु सराहानिय काम भएको बताए । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।