विदेशको कमाइले ‘सुपरमार्केट’ सञ्चालन

विदेशको कमाइले ‘सुपरमार्केट’ सञ्चालन

दाङ, २४ भदौ । पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट सञ्चालन गरेका छन् । घोराही–२ का टीकाराम रावत र घोराही–१८ का पूर्णबहादुर...
तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश

तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश

पोखरा, २४ भदौ । हिन्दू महिलाको महान् चाड हरितालिका तीज महँगा होटेलमा दरखाने त्यहीअनुरुप गर गहना एवं कपडाको बढ्दो प्रयोगले भड्किलो बन्दै गएको अवस्थामा यहाँको एक सञ्चारगृहले भने संस्कृतिलाई विकृति नबनाउन प्रेरित गर्दै स्वस्थ्य र उद्यमी बन्न सन्देश दिएको छ । महिला वर्गको मात्र लगानी, सक्रियता र सञ्चालनमा रहेको रेडियो जननीले निःशुल्क क्यान्सर रोग परीक्षण शिविर, जनचेतना ¥यालीसँगै उद्यमशीलताको विका...
बैतडीका ५० वडा सचिवविहिन

बैतडीका ५० वडा सचिवविहिन

बैतडी, २४ भदौ । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ । दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा...
हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

नुवाकोट, २४ भदौ । नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ । दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । ...
अनौठो सर्प गाउँ पसेपछि स्थानीयवासी त्रसित

अनौठो सर्प गाउँ पसेपछि स्थानीयवासी त्रसित

पर्वत, २४ भदौ । अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भ...
तीजको दरले ३ सय ५० बिरामी, तीनको अवश्था गम्भिर

तीजको दरले ३ सय ५० बिरामी, तीनको अवश्था गम्भिर

काभ्रे , २४ भदौ । काभ्रेको पाँचखाल नगरपालिका १२ कास्कोटे बालुवामा शुक्रबार ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारीले आयोजना गरेको तीज कार्यक्रममा दर खाएकामध्ये ३ सय ५० जना विरामी परेका छन् । आफैंले पकाएको दर खाँदा प्रदेश सभा सांसद गोमा भुर्तेल पनि बिरामी पर्नुभएको छ । दर कुनै क्याटरिङलाई नदिइएको बताइएको छ । स्वास्थ्य मन्त्रालयको टोली शनिबार साँझ काभ्रे पुगेको छ । तीजको दर कार्यक्रम आयोजना गरि ...
नापीको नक्सामै लिम्पियाधुरा गायब, नेपालको आकार ३१० वर्गकिमि खुम्च्याइयो

नापीको नक्सामै लिम्पियाधुरा गायब, नेपालको आकार ३१० वर्गकिमि खुम्च्याइयो

काठमाडौँ, २४ भदौ । कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ । भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्...
चट्याङबाट ट्रान्सफर्मरमा क्षति, गाँउ अन्धकार

चट्याङबाट ट्रान्सफर्मरमा क्षति, गाँउ अन्धकार

पशुपतिनगर, इलाम, २४ भदौ । हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो । सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार ...
बलात्कारीविरुद्ध बोलौं, सबैले मुख खोलौं !

बलात्कारीविरुद्ध बोलौं, सबैले मुख खोलौं !

काठमाडौँ, २४ भदौ । पछिल्लो समय समाजमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । दिनहूँजसो आमसञ्चार माध्यममा बलात्कार र त्यसपछि हत्याका समाचार सुनिन थालेका छन् । बलात्कार बढेसँगै त्यसका विरुद्ध आवाज बुलन्द भए पनि यो मौसमी देखिएको छ । वर्षात्को समयमा बाढी आएको जसरी जब कुनै घटना हुन्छ तब मात्रै ¥याली, बिरोध गरेर बलात्कार रोक्न सकिदैन । बलात्कारका विरुद्धमा ¥याली तथा दबाबमूलक कार्यक्रम वर्षैभरी सञ्चालन ...
बेरोजगारको दिनहुँ ५० लाख लुट !

बेरोजगारको दिनहुँ ५० लाख लुट !

काठमाडौँ, २४ भदौ ।  स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन्। जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदा समेत ठगी गर्नेलाई कारवाही भने नगन्...
गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड

गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड

काठमाडौँ, २४ भदौ । भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागब...
नियमनकारी संस्था नै कुहिराको काग

नियमनकारी संस्था नै कुहिराको काग

काठमाडौँ, २४ भदौ । कानुन बनाउनेदेखि अन्य आन्तरिक कार्यमा व्यस्त भइरहेका बेला केन्द्रदेखि सातै प्रदेशका सरकारलाई मुलुकमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी (एनजीओ/आईएनजीओ) संस्थाका गतिविधिप्रति ध्यान दिने फुर्सद नै छैन । ती संस्थाको अनुगमन र नियमन गर्ने आधिकारिक निकाय समाज कल्याण परिषद्समेत कुहिराको कागजस्तो भएको छ । हालसम्म परिषद्मा आबद्धता लिएका रहेका ४८ हजार ५ सय एनजीओ र २ सय ३० आईएनज...
आज कुशे औँशी तथा बुबाको मुख हेर्ने दिन

आज कुशे औँशी तथा बुबाको मुख हेर्ने दिन

काठमाडौँ, २४ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मा...
साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश

साफ च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २३ भदौ । आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरे । सुनिल वललाई बङ्गलादेश डिफेण्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ य...
हेलिकप्टर दुर्घटना: आइतबार बिहान शव काठमाडौँ ल्याइने

हेलिकप्टर दुर्घटना: आइतबार बिहान शव काठमाडौँ ल्याइने

काठमाडौँ, २३ भदौ । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार बिहान काठमाडौँ ल्याइने भएको छ । घटनास्थलबाट शव सङ्कलन गरी उद्धारमा गएको हेलिकप्टर अवतरण भएको स्थानसम्म ल्याइसकिएको र मौसमले साथ दिए आइतबार बिहान हेलिकप्टरमार्फत शव काठमाडौँ ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले ...
छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

लहान, २३ भदौ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका...
अध्यक्ष प्रचण्ड र मोदीबीच भेटवार्ता, धार्मिक शक्तिपीठको ‘सर्किट’ बनाइने

अध्यक्ष प्रचण्ड र मोदीबीच भेटवार्ता, धार्मिक शक्तिपीठको ‘सर्किट’ बनाइने

काठमाडौँ, २३ भदौ । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त भेटमा उहाँहरुबीच पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रया...
काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ: सभापति देउवा

काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ: सभापति देउवा

तुलसीपुर, २३ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपसी अन्तरघातका कारण काङ्ग्रेसले चुनाव हारेको बताउनुभएको छ । दाङको लमहीमा आज क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न निर्देशन दिनुभयो । सभापति देउवाले काङ्ग्रेसले चुनाव हारे पनि देश र संविधानले जितेको बताउँदै ‘‘हामीले प्राविधिकरुपले चुनाव हारेका छौँ तर देशले जितेको...
डलर फलाउने नेपालको अराविका कफी

डलर फलाउने नेपालको अराविका कफी

पोखरा, २३ भदौ । “नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,” राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भन्नुभयो । उहाँका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग भएपनि हालको नेपालको उत्पादन वार्षिक ४६६ मेट्रिक टन मात्र छ, जसमध्ये ९६ मेट्रिक टन मात्र निर्यात ह...
बिपीको १०५ औँ जन्मजयन्ती मनाइँदै

बिपीको १०५ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २३ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आइतबार मुलुकभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको बिरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्...
बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

लेखनाथ, २३ भदौ । कास्कीको बेगनास तालमा आज डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२८ कालीका घर भएकी ५२ वर्षीया कृष्णकुमारी बजगाईं र पोखरा–३१ बेगनास घर भएकी ३२ वर्षीया जमुना कँडेलको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक किरण रावतले जानकारी दिनुभयो । बजगाईंको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कँडे...
तमोर नदीले बगाएर महिलाको मृत्यु

तमोर नदीले बगाएर महिलाको मृत्यु

धनकुटा, २३ भदौ । धनकुटाको मुलघाटस्थित तमोर नदीले बगाएर शनिवार बिहान एक महिलाको मृत्यु भएको छ । पुल नजिकै नुहाउँने क्रममा बिहान करिव १० बजे नदीले बगाउँदा धरान उपमहानगरपालिका–१४ बिजयपुरकी ५५ वर्षिया भीमाकुमारी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीले बगाएको स्थान भन्दा करिव दुई किलोमिटर तलबाट उनको शव निकालिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार...
अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना: सात जनाको मृत्यु

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना: सात जनाको मृत्यु

गोर्खा,२३ भदाै । गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ क...
तीजको दर खाँदा ५० जना भन्दा बढी बिरामी

तीजको दर खाँदा ५० जना भन्दा बढी बिरामी

बनेपा, २३ भदौ । पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तय...
टुरिष्ट गाइडको पारिश्रमिक वृद्धि गरिने

टुरिष्ट गाइडको पारिश्रमिक वृद्धि गरिने

काठमाडौँ, २२ भदौ । पथ प्रदर्शकको छाता सङ्गठन टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) ले टुरिष्ट गाइडको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ । आज बसेको टुर्गान पदाधिकारीको आकस्मिक बैठकले टुरिष्ट गाइडले हाल खाइपाइ आएको पारिश्रमिकमा १ जनवरी २०१९ बाट लागू हुने गरी औषत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको टुर्गानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यटकलाइ दिने सेवासुविधाबापत टुरिस्ट गाइडले प...
निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

काठमाडौँ, २२ भदौ । कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई गत साता टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर, मैले सकी नसकी छोरालाई निजी विद्यालयमा पैसा तिरेर पढाएको छु । यसको उपचार के हुन्छ ?” समाजवाद उन्मुख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा रहन नहुने जिकिर गर्दै आउनुभएका डा वाग्लेले निःशुल्क शिक्षाको अधिकार प्राप्तिका लागि क...
नेपालको आर्थिक समृद्धिमा दुई देश मिलेर अघि बढ्ने

नेपालको आर्थिक समृद्धिमा दुई देश मिलेर अघि बढ्ने

काठमाडौँ, २२ भदौ । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ । आज अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनले सीमा क्षेत्रमा प्रवासी नेप...
जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, सुनामीको डर छैन

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, सुनामीको डर छैन

टोकियो, २२ भदौ । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन् । शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र अझै पनि अरू करिब २२ जना स्थानीय नागरिक बेपत्ता भएको जनाइएको छ । गत साता होक्काइदो वरपर शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि ज...
सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

काठमाडौँ, २२ भदौ । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार एवं सर्वोच...
क्रिकेट टोली स्वदेश फिर्ता

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २२ भदौ । मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोतगा यही भदौ १...
पाँच दिने भ्रमणका लागि सभामुख महरा ल्हासा प्रस्थान

पाँच दिने भ्रमणका लागि सभामुख महरा ल्हासा प्रस्थान

काठमाडौँ, २२ भदौ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गर्नुभयो । भ्रमणका क्रममा उहाँ आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुहुने सभामुखको सचिवालयले जनाएको छ । ल्हासामा रहँदा सभामुख महराले...
error: Content is protected !!