विराटनगरमा पहिलो पटक प्रादेशिक पूँजी बजार प्रदर्शनी

विराटनगरमा पहिलो पटक प्रादेशिक पूँजी बजार प्रदर्शनी

विराटनगर, १६ असोज । धितोपत्र सम्बन्धी ज्ञान र आवश्यक सेवाहरु एकै स्थानबाट उपलब्ध गराउने उद्धेस्यका साथ विराटनगरका पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रर्दशनी २०७५’ हुने भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा आगामी असोज १९ र २० गते विराटनगरको जैन भवनको प्राङ्गणमा दुई दिने पूँजी बजार प्रदर्शनी हुने भएको छ । नेपाल धितोपत्र बोर्ड नेपालले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजनामा सो जानकारी दिईए...
चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

इलाम, १६ असोज । अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग बढेपछि यसको उत्पादन गर्ने किसानको सङख्यामा वृद्धि भएको छ । तर अन्तर्राष्ट्रिय बजारबाट चियाको प्राङ्गारिक प्रमाणपत्र लिन किसानलाई अत्यन्तै समस्या पर्ने गरेको छ । चियालाई अर्गानिक बनाएर प्रमाणपत्र लिन लामो समय र धेरै लागत लाग्ने भएकाले अधिकांश किसानले सो प्रमाणपत्र लिन ‘झन्झट’ गर्न चाहदैनन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द द...
युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

काठमाडौँ, १६ असोज । बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स युएइ ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ । दुबै टोली यसअघिका दुई/दुई खेलमा पराजित भई प्र...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपी पठन शुरु हुँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपी पठन शुरु हुँदै

काठमाडौँ, १६ असोज । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स एमडीजिपीको पठनपाठन शुरु गर्ने तयारी गरेको छ । सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन शुरु गर्न नेपाल मेडिकल काउन्सिलले अनुमति दिन मात्र बाँकी रहेको बताए । प्रतिष्ठानले यसअघि नर्सिङ ...
कांग्रेस धनकुटाका अग्रजको निधन

कांग्रेस धनकुटाका अग्रजको निधन

धनकुटा, १६ असोज । नेपाली कांग्रेस धनकुटाका अग्रज तथा नेपाली कांग्रेस पाख्रिवास नगर कार्यसमितिका सभापति कोपिन मानन्धर र क्षेत्रीय प्रतिनिधि दिपेन्द्र मानन्धरका पिता गोपाल मानन्धरको सोमवार असमायिक निधन भएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गरी मृतक प्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तनबारे मिलेर काम गर्ने

सान होजे, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताए । उनले कोस्टारिकाले आर्थिक, ...
शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

सान होजे, १६ असोज । युनिभर्सिटी फर पिस शान्ति विश्वविद्यालय ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । यहाँ आज आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भ...
बङ्गबन्धु गोल्डकप: नेपाल र ताजकिस्तान भिड्दै

बङ्गबन्धु गोल्डकप: नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ, १६ असोज । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्लोस्टाइन...
मौलिक हकसम्बन्धी विधेयक पारित दोस्रो अधिवेशनको मूख्य उपलब्धि

मौलिक हकसम्बन्धी विधेयक पारित दोस्रो अधिवेशनको मूख्य उपलब्धि

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्को दोस्रो अधिवेशन राज्यले चाहने हो भने थोरै समयमै महत्वपूर्ण काम (कानून निर्माण) फत्ते गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । वैशाख २३ गते प्रारम्भ भएको सङ्घीय संसद्को दोस्रो अधिवेशनले संवैधानिक व्यवस्थाअनुरुप मौलिक हक र कर्तव्यसँग सम्बन्धितसहित १८ विधेयक पारित गरेको थियो । अधिवेशन समापनका अवसरमा सभामुख कृष्णबहादुर महराले मौलिक हकसम्बन्धी महत्वपूर्ण विधेयक पार...
हिले र बेलवारीमा नोबेलको स्वास्थ्य शिविर: सोह्रसय बिरामीको निःशुल्क उपचार

हिले र बेलवारीमा नोबेलको स्वास्थ्य शिविर: सोह्रसय बिरामीको निःशुल्क उपचार

विराटनगर, १६ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरेको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँन बेलवारी नगरपालिका–१ बरडागी र धनकुटा नगरपालिका–१ हिलेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । हिलेमा भएको शिविरबाट १ हजार १ सय ४५ र बेल...
यू–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

यू–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ, १६ असोज । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गालदेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । गोल अन...
सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

घोराही, १६ असोज । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।...
४३ औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी

४३ औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी

काठमाडौँ, १६ असोज ।  जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ । गए राति सम्पन्न खेलमा छैटौँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा ११८औँ स्थानमा रहेको नेपालले ११५औँ बरियताको श्रीलङ्कामाथि जित निकाल्दा रिजेन्द...
दशैँमा यात्रुबसले पालो कुर्नु नपर्ने

दशैँमा यात्रुबसले पालो कुर्नु नपर्ने

काठमाडाैं, १६ असोज । दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने भएको छ। यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो। यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलमा दसैँको यात्रालाई सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति भएको छ। ‘कतिपय ठाउँका यात्रुबस एक हप्तासम्म पालो कुरेर छुटे्ने गर्छन्। तर अब दसैँभर त्यसरी पालो कुर्नुपर्दैन’ महागरीय ट्...
फेसबुकमा लाईभ गर्दै आत्महत्या

फेसबुकमा लाईभ गर्दै आत्महत्या

चितवन, १६ असोज । कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन्। तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए। ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडेट गरेका थिए।, आजको नागरिक दैनिकले खवर लेखेको छ । कक्षा १२ मा अध्ययन गर्दा पढाई छाडेका उनी लागुपदार्थ...
महाप्रबन्धककै संलग्नतामा खानेपानीको पाइपमा २५ करोड घोटाला

महाप्रबन्धककै संलग्नतामा खानेपानीको पाइपमा २५ करोड घोटाला

काठमाडौँ, १६ असोज । नेपाल खानेपानी संस्थानले डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा २५ करोड रूपैयाँ घोटाला गरेको छ। संस्थानको बुटवल र नेपालगञ्ज शाखाले सार्वजनिक खरिद ऐनविपरीत अनियमितता गरेको तथ्य भेटिएको हो। एउटै प्रकृतिको कामलाई टुक्रा गरेर ठेक्का दिई उक्त रकम घोटाला गरिएको खानेपानी मन्त्रालयको छानबिन प्रतिवेदनले औंल्याएको छ। ठेक्का दिने प्रक्रियादेखि ठेक्का लिएर काम गर्दासम्म स्वा...
बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ। बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ। सरकारले दुई वर्षअघि नै बालुवाटारमा...
कृत्रिम गर्भाधान गराउने गाई-भैंसीलाई २५ सय पोषण भत्ता

कृत्रिम गर्भाधान गराउने गाई-भैंसीलाई २५ सय पोषण भत्ता

पर्वत, १६ असोज । पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधानप्रति आकर्षण गराउन सुत्केरी गाईभैँसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को कार्यक्रममा गाईभैसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुप २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने नि...
प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद

प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद

काठमाडौँ, १६ असोज । राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने गरी छलफल चलाएको विषय बाहिरिएपछि विवाद चुलिएको हो । अस्थायी राजधानी विराटनगरबाट संरचना विकेन्द्रित गर्ने/नगर्नेबारे सरकार, सांसद, दलका नेता, नागरिक समाज र उद्...
२० हजार विश्वविद्यालयलाई पछार्दै त्रिवि अगाडि

२० हजार विश्वविद्यालयलाई पछार्दै त्रिवि अगाडि

काठमाडौँ, १६ असोज । त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो । त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो । विभिन्न निकायले गरेको अनुसन्धानमा...
२८ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस धनकुटामा भव्य

२८ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस धनकुटामा भव्य

धनकुटा, १५ असोज । २८ औँ अन्तर्राष्ट्रिय  ज्येष्ठ नागरिक दिवस धनकुटामा प्रभातफेरी र सभा सहित विशेष धुमधामका साथ मनाईएको छ। प्रभातफेरीमा ६५ वर्षमाथिका जेष्ठ नागरिक अन्तर्राष्ट्रिय ले मानेको हुदाँ नेपालमा कायम हुनुपर्ने, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुपर्ने, सरकारले तोकेको भाडा छुट पाउनुपर्ने, सरकारी अस्पतालमा निःशुल्क र नीजि अस्पतालमा ५० प्रतिशत छुटमा उपचार पाउनुपर्ने माग गरेका थिए। प्रभातफेर...
खोटाङमा एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

खोटाङमा एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

खोटाङ, १५ असोज । केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ । साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ पठाइएको हो । घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन...
इन्डोनेसियाका झण्डै दुई लाखलाई तत्काल सहयोगको आवश्यकता

इन्डोनेसियाका झण्डै दुई लाखलाई तत्काल सहयोगको आवश्यकता

जाकार्ता, १५ असोज । इन्डोनेसियामा आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावित मध्ये एक लाख ९१ हजार जनालाई तत्काल सहयोगको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल आवश्यक परेको अनुमान गरेको हो । इन्डोनेसियाको सुलावेसी क्षेत्रमा आएको भूकम्प र सुनामीका कारण त्यो भन्दा बढी प्रभावित भएको राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्...
आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

काठमाडौँ, १५ असोज । आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् राखेपको बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ । आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुम...
तेह्रथुम पावर कम्पनीले साधारण शेयर बिक्री गर्ने

तेह्रथुम पावर कम्पनीले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, १५ असोज । तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर आइपिओ बिक्री गर्ने भएको छ । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार लाख कित्ता रु चार करोड साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ । यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ लाख कित्ता ९रु आठ करोड० शेयर बिक्री गर्न लागेको छ । कम्पनीले आज धितोपत्र निष्काशन तथ...
रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा

रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा

काठमाडौँ, १५ असोज । सरकारले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन आजदेखि एकीकृत रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । एकीकृत प्रणालीमा वैदेशिक रोजगारसँग सम्बन्धित कार्यमा बहुनिकायको संलग्नता र आबद्धताको व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । राजदूतावासले मागपत्र जाँचबुझका सम्बन्धमा निर्वाह गर्नुपर्ने भूमिकालाई सहज तुल्याउने गरी यस प्रणाली...
प्रदेशको नाम र राजधानी टुंग्याउन नेकपा संसदीय दलको बैठक

प्रदेशको नाम र राजधानी टुंग्याउन नेकपा संसदीय दलको बैठक

मोरङ, १५ असोज । एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय टुंग्याउन एक नम्बर प्रदेश नेकपा संसदिय दलको बैठक विराटनगरको एक रिसोर्टमा सोमवार शुरु भएको छ । प्रदेशको नाम र राजधानीको विषयमा चर्को बहस शुरु हुन थालेपछि संसदिय दलको बैठक शुरु भएको स्रोतको भनाई छ । मुख्यमन्त्री शेरधन राईले आन्तरिक गृहकार्य गर्दै मन्त्रालय छर्ने तथा प्रदेश सभा ईटहरी सार्ने तयारी गरेको विषयले चर्चा चुलिरहेको बेला संसदिय दलको ब...
एसियन च्याम्पियनसीप खेलेर फर्कियो टोली, ‘व्यवस्थापकिय कमजोरीका कारण पछि प¥यौं’

एसियन च्याम्पियनसीप खेलेर फर्कियो टोली, ‘व्यवस्थापकिय कमजोरीका कारण पछि प¥यौं’

मोरङ १५ असोज । भारतको आगरामा आयोजित एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ । प्रतियोगिताको ४६ औं संस्करण सकिंदा पहिलो पटक सहभागी भएको नेपाली टोली आगराबाट नयाँ दिल्ली, बागडुगरा हुँदै पूर्वी नाका काँकडभित्ताबाट आइतबार राति विराटनगर आइपुगेको हो । प्रतियोगिताका लागि २० खेलाडी सहित २८ सदस्यीय टोली असोज ४ गते भारत गएको थियो । प्रतियोगितामा नेपाल छै...
विराटनगरमा प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

विराटनगरमा प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

मोरङ, १५ असोज । विश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउ“पालिका र नगरपालिकाका मेयरहरु बिच विकास साझेदार समन्वय गर्न विराटनगरमा मेयर कन्फेरेन्स गरेको छ । १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उद्घाटन गर्दै विश्वशान्ति अभियान आजको आवश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र राजधानी पाउने छ यस बारे ब्यापक छलफल हुन थालको मुख्य मन्त्रि राईले बताए । प्रदे...
भरतमोहन अधिकारीलाई नागरिक अभिनन्दन गरिने

भरतमोहन अधिकारीलाई नागरिक अभिनन्दन गरिने

मोरङ, १५ असोज । वरिष्ठ राजनीतिक तथा सामाजिक व्यक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फबाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उनलाई नागरिकको तर्फबाट अभिनन्दन गरिने घोषणा गरिएको हो । यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेषप्रसाद धमलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिमा उद्योग संगठन, मोरङ्ग ब्यापार संघ, पत...
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौँ, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने औँल्याउनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा २८ औँ ज्येष्ठ नागरिक दिवसका अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिन्छ भन्नुभयो । उहाँले मानिसको जीवनचक्र...
error: Content is protected !!