डिस्चार्जपछि गगनले भनेः म त जोगिए, साथीहरु पर्नुभयो
काठमाडौँ, १८ मंसिर । सोमबार बिहान बम बिस्फोटमा परी घाइते भएका कांग्रेस नेता तथा काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।
सोमबार बिहान काठमाडौँको चपली हाइटमा थापाको चुनावी अभियानलाई लक्षित गरी भएको बम प्हारबाट नेता थापासहित ११ जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए। बिस्फोटबाट थापालाई टाउको र कम्मरमा सामान्य चोट लागेको थियो।
...























