
काठमाडौँ, ७ माघ। नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उत्तर कोरियाका राजदूत किम योङ हकले भेटवार्ता गर्नुभएको छ ।
माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा आज भएको भेटमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीचको एकता छिट्टै टुंगोमा पुग्न लागेको बताउनुभएको उहाँका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले कोरियाली नेता किम इल सुङको संघर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण तथा संविधान कार्यान्वयनमा दल मिलेर सफलता हासिल गरेको जानकारी दिनुभयो ।
वाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष दाहाललाई राजदूतले बधाई दिनुभएको थियो ।
राजदूत किमले आगामी सेप्टेम्बरमा हुने कोरियाली कम्युनिष्ट पार्टीको ७०औँ पार्टी स्थापना दिवसमा आतिथ्यका लागि अध्यक्ष दाहाललाई निमन्त्रणा गर्नुभएको थियो । जवाफमा अध्यक्ष दाहालले कोरियाली कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीकोतर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डल उपस्थित हुने जानकारी दिनुभयो ।
राजदूत किमले कोरियाली प्रायद्वीपका जनता राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा अध्यक्ष दाहालको नेतृत्वमा चलेको जनयुद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।















