बढी पर्यटक भित्रिएको वर्ष–२०७४

बढी पर्यटक भित्रिएको वर्ष–२०७४

काठमाडौँ, ३ वैशाख । हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात् सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन...
काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने

काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने

काठमाडौँ, ३ वैशाख । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ । बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो । वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्...
यौनसम्पर्क गर्न नमानेपछि बसुन्धरामा युवतीको हत्या

यौनसम्पर्क गर्न नमानेपछि बसुन्धरामा युवतीको हत्या

काठमाडौं, ३ वैशाख। बसुन्धारामा आइतबार बेलुका युवतीको हत्या भएको खुलेको छ । शारीरिक सम्बन्ध राख्ने क्रममा विवाद हुँदा युवतीको हत्या भएको हो । प्रहरी स्रोतका अुनसार पर्सा ठोरी घर भएका ३० वर्षिय बिशाल तामाङले हत्या गरेका हुन् । हत्या गरिएको युवतीको नाम पूर्णिमा बिक भएको बताइएको छ । तर, उनका आफन्तलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन। काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अर्धनग्न अ...
विकको हत्यामा संलग्न तामाङ पक्राउ

विकको हत्यामा संलग्न तामाङ पक्राउ

काठमाडौँ, ३ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९ः३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्राउ गरेको हो । मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको थियो । प...
सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता

सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता

काठमाडौँ, ३ वैशाख । सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्का बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो । भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै...
सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति

सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति

पेरिस, ३ वैशाख । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा गरिसकेका छौँ तर अन्तर्राष्ट्रिय कानुन अनुसार नै हामीले सिरियामाथि कारबाही गरेका छौँ । उहाँले आवश्यक परेमा लामो समयसम्म पनि सिरियामा अमेरिकासँगै रहेर कामगर्ने गरी गत शनिबार संयुक्त...
सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा विद्यार्थीले भ्रमण गरे

सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा विद्यार्थीले भ्रमण गरे

काठमाडौँ, ३ वैशाख । अन्तर्राष्ट्रिय सम्पदा दिवसका सन्दर्भमा हनुमानढोकादेखि स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा करीब १०० विद्यार्थीलाई आज भ्रमण गराइएको छ । एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन महत्वका सम्पदा क्षेत्रबारे उनीहरुलाई सिकाउने र संरक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले उनीहरुलाई त्यस क्षेत्रको अवलोकन गराइएको छ । कक्ष...
किशोरकिशोरी यौन र प्रजननका पुस्तक लुकेर होइन खुलेर पढ्छन्

किशोरकिशोरी यौन र प्रजननका पुस्तक लुकेर होइन खुलेर पढ्छन्

शीतलपाटी, सिन्धुली, ३ वैशाख । “महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।” तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना होला । होइन, अहिले सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिकै ती वाक्यांशले सबैलाई ध्यानाकर्षण गराउँछ । “किशोरी छात्राले पढाइलाई (विशेषतः हाजिरीमा) किन निरन्तता दिन...
तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

नुवाकोट, ३ वैशाख। भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पु¥याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको आवास पुनःनिर्मााण प्राविधिक तथा सामाजिक सहयोग पु¥याउन जिल्लाको साविक १९ स्थानीय निकायमा परियोजना सञ्चालनमा आएको जिल्ला संयोजक प्रेमकान्त झाले जानकारी दिनुभयो । “तोकिएको स्था...
अमेरिकालाई पुटिनको चेतावनी: सिरियामा हमला भए चुप बसिन्न

अमेरिकालाई पुटिनको चेतावनी: सिरियामा हमला भए चुप बसिन्न

काठमाडाैँ, ३ वैशाख। सिरियामाथि अमेरिकाले गरेको हमलाका सम्बन्धमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कडा चुनौति दिएका छन् । राष्ट्रपति पुटिनले आइतबार चुनौति दिँदै यदी अमेरिकाले पुनः सिरियामा कुनै सैन्य आक्रमण गरे चुप नबस्ने चुनौति दिएका हुन् । सिरियाको डूमामा भएको रासायनिक हमलापछि शनिबार अमरिका फ्रान्स र ब्रिटेनले सिरियामा संयुक्त रुपमा बमबारी गरेका थिए । रूसले आधिकारिकरुपमा पहिले पनि सिरियमाथिको...
अबदेखि इन्टरनेटमार्फत शेयर खरिद-बिक्री गर्न सकिने

अबदेखि इन्टरनेटमार्फत शेयर खरिद-बिक्री गर्न सकिने

काठमाडाैँ, ३ वैशाख। लगानीकर्ताले शेयर खरिद बिक्री गर्न अबदेखि ब्रोकर कार्यालय धाउनु नपर्ने भएको छ। ब्रोकर कम्पनीले सुरु गरेको सेमी अनलाइन सेवा मार्फत अब लगानीकर्ताले इन्टरनेटमार्फत शेयर खरिद-बिक्री आदेश दिन सक्नेछन् । आइतबार क्रिष्टल कन्चनजंघा सेक्युरिटीले सेमी अनलाइन सेवा सुरु गरेको छ। धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले यो सेवाको शुभारम्भ गरे। अब लगानीकर्ताले इमेल, एसएमएस र मोवाइल एप...
सुरक्षित मातृत्व विशेष अभियान चलाइँदै, ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ स्थापना हुने

सुरक्षित मातृत्व विशेष अभियान चलाइँदै, ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ स्थापना हुने

काठमाडौं,३ बैशाख । सरकारले यो वर्ष र आगामी वर्षका लागि सुरक्षित मातृत्व विशेष अभियान चलाउने भएको छ। त्रिवि शिक्षण अस्पतालमा आजा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अभियन सञ्चालनका लागि नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिइन्। अभियान अन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म सबै अस्पतालहरुबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण हुनेछ। फिस्टुला र क्यान्सर भए नभएको निःशुल्क...
चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु

चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु

खोटाङ, ३ वैशाख।  दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारवाही थालेको हो । उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए/नभएको अनुसन्धान गर्न शुक्रबार ...
माओवादीको निश्कर्षः ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा !

माओवादीको निश्कर्षः ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा !

काठमाडौं, ३ वैशाख । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको निश्कर्ष माओवादी नेताहरुले निकालेका छन् । पार्टी एकता नै गर्न चाहेको हो भने ओलीले बराबरीका आधारमा अघि बढ्नैपर्ने माओवादी नेताहरुको निश्कर्ष छ । आइतबार गर्ने भनिएको प्रधानमन्त्री ओलीसँगको छलफल स्थगन गरेर माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा ‘आ...
सोलुखुम्बु ४२ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सोलुखुम्बु ४२ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सल्लेरी, सोलुखुम्बु, ३ वैशाख ।  सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । सदरमुुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हेमकुमार राई सुरवीरले सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गर्नुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुमबुबा...
कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

बागलुङ, ३ वैशाख । यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । दुई हजार १०० जोडी परेवा बिक्रीबाट रु आठ लाख ४५ हजार, बलि चढेका ३९५ बोकाको टाउको बिक्रीबाट रु तीन लाख ३१ हजार...
नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

काठमाडौँ, ३ वैशाख । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ । तीनदिने सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा विश्वका पर्यटकीय गन्तव्यका बारेमा चर्चा हुने भएकाले नेपालको पर्यटकीय आकर्षणका बारेमा जानकारी गराई त्यहाँका टुर अपरेटर, ट्राभल एजेन्ट्स ल...
मातातीर्थ कुण्डमा भक्तजनको भीड

मातातीर्थ कुण्डमा भक्तजनको भीड

काठमाडौँ, ३ वैशाख । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने ...
आगलागीबाट दुई घर नष्ट, बीस लाखको क्षति

आगलागीबाट दुई घर नष्ट, बीस लाखको क्षति

गाईघाट, उदयपुर, ३ वैशाख। उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र नगदसहित रु...
आजबाट बजार अनुगमन लाई तिब्रता दिने

आजबाट बजार अनुगमन लाई तिब्रता दिने

काठमाडाैँ, ३ वैशाख। वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला व्यवसायलाई लक्षित गरी सोमबारबाट बजार अनुगमन सुरु गर्ने भएको छ । मन्त्रालयले अलग्गै कार्ययोजना तयारी गरी अनुगमन गर्न लागेको हो । उपभोक्ता अधिकारविपरीत व्यवसाय गर्ने कसैलाई उन्मुक्ति नदिने संयन्त्रको विकास गरी अनुगमन थाल्न लागेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जानकारी दिएका छन् । आइतबार दिउँसो मन्त्री यादवले अनुगमनकारी निका...
गेष्ट हाउसमा हत्या भएकी युवती यौनकर्मी भएको खुलासा, अभियुक्त युवकको यस्तो छ बयान

गेष्ट हाउसमा हत्या भएकी युवती यौनकर्मी भएको खुलासा, अभियुक्त युवकको यस्तो छ बयान

काठमाडाैँ ३ वैशाख। गत चैत २३ गते काठमाडौंको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा युवतीको हत्या गरी फरार रहेका गोपाल शर्मा पक्राउ परेका छन् । हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको खुलेको छ । उनको हत्या हुनु अघि रातिसँगै बसेका युवकलाई ब्ल्याकमेल गरेपछि उनको हत्या भएको खुलेको हो । हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको...
अव काठमाडौंको सडकमा जथाभावी विरोध प्रर्दशन गर्न नपाईने

अव काठमाडौंको सडकमा जथाभावी विरोध प्रर्दशन गर्न नपाईने

काठमाडाैँ, ३ वैशाख ।  विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभावी नारा, जुलुश धर्ना र भा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ । वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहरका विभिन्न ७ स्थानमा मात्रै विरोध गर्ने स्थान तोकिदिएको हो । सडकमा विरोध प्रर्दशन हुँदा ट्राफिक जाम बढ्ने सवारी आवागमनदेखि महत्वपुर्ण कायृमा अवरोध हुने तथा अस्पताललगाय...
विदेशी लगानीका १९४ उद्योग दर्ता

विदेशी लगानीका १९४ उद्योग दर्ता

काठमाडौँ, ३ वैशाख ।  उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरे...
परराष्ट्रमन्त्री आज चिन जाँदै, चीनसँगका सम्झौता कार्यान्वयन कहाँ पुग्यो?

परराष्ट्रमन्त्री आज चिन जाँदै, चीनसँगका सम्झौता कार्यान्वयन कहाँ पुग्यो?

काठमाडाैँ, ३ वैशाख। उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् । यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली सोमबार चीन भ्रमणमा निस्कँदै छन् । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा बेइजिङमा भएको पारवहन सम्झौताको ‘प्रोटोकल’ ले पनि...
एपीसी पुर्याउन नसक्दा प्रहरी र सशस्त्रको ४४ करोड गुम्यो

एपीसी पुर्याउन नसक्दा प्रहरी र सशस्त्रको ४४ करोड गुम्यो

काठमाडाैँ, ३ वैशाख। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत खटिने फौजको बन्दोबस्तीका सामान खरिद पारदर्शी नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को करिब ४४ करोड रुपैयाँ गुमेको छ । कारोबार दैनिकका अनुसार प्रहरीको हाइटी र सुडान तथा सशस्त्र प्रहरीको दक्षिण सुडानमा तैनाथ फौजका लागि आर्थिक वर्ष ०७४/७५ मा समयमै बन्दोबस्तीका सामान खरिद नहुँदा प्रहरी र सशस्त्रका जनशक्तिले पारिश्रमिक र बन्दोबस्...
सगरमाथाको राजश्वमा एनजीओको हालीमुहाली

सगरमाथाको राजश्वमा एनजीओको हालीमुहाली

काठमाडाैँ, ३ वैशाख। पर्यटन विभागले ओरोहीले गर्ने फोहोरको नियमनसम्बन्धी अधिकार गैरकानुनी रुपमा एक गैरसरकारी संस्था (एनजीओ)लाई दिइरहेको खुलासा भएको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति नामक एनजीओलाई बिनाप्रतिस्पर्धा पर्यटन विभागले वर्षौंदेखि हजारौं डलर धरौटी फिर्ता गनृे अधिकार दिएको छ। पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २६ बमोजिम अनुसूची ९ मा तोकिएअनुसार न्यूनतम अमेरिकी डलर ५ सयदेखि ४ हजार धर...
वार्षिक तीन लाखले गर्छन् स्वास्थ्य संस्थाबाहिरै प्रसूति

वार्षिक तीन लाखले गर्छन् स्वास्थ्य संस्थाबाहिरै प्रसूति

काठमाडौं, ३ बैशाख । वार्षिक करिब तीन लाख गर्भवतीले अहिले पनि स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउने गरेका छन्। स्वास्थ्यकर्मीको सहयोगविना नै उनीहरूले बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ। नेपालमा सन् २००१ यता महिलाले गर्भवती सेवा दक्ष स्वास्थ्यकर्मीबाट लिने क्रम बढे पनि अझै ठूलो संख्यामा गर्भवती स्वास्थ्यकर्मीको पहुँचबाहिर छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ०७३ साउनदेखि ०७४ असारसम्म २ लाख ७७ हज...
युवती हत्याको अभियोगमा युवक पक्राउ

युवती हत्याको अभियोगमा युवक पक्राउ

सुर्खेत, ३ वैशाख । सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो । हत्याको...
दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

दार्चुला, ३ वैशाख । विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ । नेपालभरिमा नै विद्यार्थी भर्ना दर ९७ दशमलब दुई रहेकामा जिल्लाको विद्यार्थी भर्ना दर केही माथि रहेको पाइएको छ । यसैबीच आइतबारबाट विद्यार...
यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

त्रिपुराकोट, डोल्पा, ३ वैशाख । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस...
आज मातातीर्थ औंसी, आमालाई सम्मान गरी मनाइँदै

आज मातातीर्थ औंसी, आमालाई सम्मान गरी मनाइँदै

काठमाडौँ, ३ वैशाख ।  वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प...
error: Content is protected !!