म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ
म्याग्दी, ३१ वैशाख । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ ।
प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र संबद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षको शुभारम्भ गरेको संघले जनाएको छ ।
...































