जापानमा वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता
टोकियो, जापान, २३ असार । जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् ।
यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् ।
जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्ती...




























