बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र चीनलाई दबाब दिनका लागि अमेरिकाले आफ्नो परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन् ।

Advertisement

ट्रम्पले पत्रकारसँगको कुराकानीमा रुसले सन् १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेज (आइएनएफ) सन्धीको उल्लंघन गरेको दोहोराउँदै अब आफू उक्त सन्धीबाट पछि हट्ने चेतावनी दिए । यद्यपी, ट्रम्पको उक्त आरोप रसियाले खण्डन गरेको छ ।

शीतयुद्ध कालको यो सन्धीले मध्यम दूरीको मिसाइल बनाउन प्रतिबन्ध लगाएको छ । यो सन्धीलाई युरोपेली देशमा सोभियत संघको खतरा कम गर्नका लागि लागू गरिएको थियो ।

यता रुसले यदि अमेरिका थप हतियार बनाउँछ भने आफू पनि यसको जवाफमा अन्य हतियार बनाउने चेतावनी दिएको छ । ट्रम्पले भनेका छन्, ‘मानिसहरु होशमा नआउन्जेल अमेरिकाले आफ्नो हतियार बनाइराख्नेछ ।’

उनले थपे, ‘यो धम्की हो । तपाईं यसमा जसलाई पनि समावेश गर्न सक्नुहुन्छ । चाहे तपाईं यसमा चीनलाई समावेश गर्नुहोस् कि रुसलाई । यसमा ती सबै आउँछन् जो खेल खेल्न चाहन्छन् । सम्झौताको भावनालाई पालना गरिएको छैन ।’

रुस कुराकानीका लागि तयारः

यसैबीच अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बाल्टनले मस्कोमा कुराकानी गरेका छन् । अमेरिका उक्त सम्झौताबाट बाहिरिने कुरा गरिरहेको थियो जसको रुसले निन्दा गरेको थियो ।

बाल्टनले भनेका थिए, ‘अमेरिका यो सन्धीबाट पछि हट्नु भनेको अप्रसार व्यवस्थाका लागि एउटा गम्भीर झट्का हुनेछ ।’ यस्तै, रुसको सुरक्षा परिषद्का सचिव निकोलाई प्याट्रूशेफले आइएनएफमा आपसी अभियोग हटाउनका लागि क्रेमलिन अमेरिकासँग काम गर्नका लागि तयार भएको बताएका छन् ।

बाल्टनले भ्रमणको सुरुवातमा रुसलाई आफूहरु परमाणु शक्तिको सन्तुलन बनाइराख्नका लागि पाइला चाल्ने चेतावनी दिएका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोफले भनेका थिए, ‘हामीले यो मुद्दामा अमेरिकी पक्षको स्पष्टिकरण सुन्न आवश्यक छ ।’

उनले भनेका थिए, ‘सन्धी तोडेका कारण रुसले आफ्नो सुरक्षाका लागि कदम उठाउनु पर्नेछ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!