राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

राष्ट्रपतिको राजसी टीका : सर्वत्र अालाेचना

काठमाडौँ, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ । नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । अाजकाे नागरिक दैनिकमा समाचार छ । ...
आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने

काठमाडौँ, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदे...
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएकाे राजीनामा अस्वीकृत

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएकाे राजीनामा अस्वीकृत

काठमाडौँ, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।” प्रा डा गो...
२०७५ कात्तिक ६ गते मंगलबार/आजको राशिफल

२०७५ कात्तिक ६ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक ६ गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर २३ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्दशी, २२:०५ बजेउप्रान्त पूर्णिमा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग...
सोलुखुम्बुमा लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु

सोलुखुम्बुमा लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु

सोलुखुम्बु, ५ कात्तिक । खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर आज एक विदेशी नागरिकको ज्यान गएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । लेक लागेर बिरामी भएका ७० वर्षीय अस्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हुँदाहुँदै ज्यान गएको प्रहरीले जनाएक...
आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ: चीन

आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ: चीन

बेइजिङ, ५ कात्तिक । करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता सन् १९८७ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड रेगन र रूसी राष्ट्रपति मिखायल गोर्भाचोभबीच भएको मध्यम दूरीको आणविक हतियारको प्रयोग रोक्न गरेको सम्झौताबाट पछि हट्ने घोष...
मारिएका साउदी पत्रकारप्रति साउदी राजपरिवारको समवेदना

मारिएका साउदी पत्रकारप्रति साउदी राजपरिवारको समवेदना

रियाद, ५ कात्तिक । रहस्यम तरिकाले हत्या गरिएका साउदी पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ । साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सल्मान बिन अब्दुलाजिजले पत्रकारका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो । मारिएका साउदी पत्रकार जमाल खाशोग्गीका छोरालाई उहाँहरुले समवेदना व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । साउदीको राज्यद्वारा संचालित समाचा...
अनलाइन प्रणाली ३७ मालपोत कार्यालयमा विस्तार

अनलाइन प्रणाली ३७ मालपोत कार्यालयमा विस्तार

काठमाडौँ, ५ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी कार्यालयमा प्रयोगमा ल्याइएको उक्त सेवाले देशभर हुने जग्गाजमीनको करीब ७० प्रतिशत कारोवार समेटेको छ । मन्त्रालयले दुई वर्षअगाडि शुरु गरेको यो प्रणालीले कारोवारलाई व्यवस्थित बनाउने र सम्बन्धि...
नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, ५ कात्तिक । थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोट खेलमा सहभागिता जनाउन नेपाली यू–१९ महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डर निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अ...
पाँचसय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’

पाँचसय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’

काठमाडौँ, ५ कात्तिक । नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र ग्रिनकार्ड लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास...
हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि

हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि

भक्तपुर, ५ कात्तिक । दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुग्नुभयो । बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिनुभयो । भोलिपल्ट...
बाघको बहन क्षमताबारे अध्ययन हुँदै

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

काठमाडौँ, ५ कात्तिक । दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरराष्ट्रिय विज्ञका रुपम...
अहिले पनि काङ्ग्रेसको बलियो अस्तित्व छ–महामन्त्री डा. कोइराला

अहिले पनि काङ्ग्रेसको बलियो अस्तित्व छ–महामन्त्री डा. कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए । उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले ...
तिहारमा १७ लाख माला खपत हुने

तिहारमा १७ लाख माला खपत हुने

काठमाडौँ, ५ कात्तिक । यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष तिहार ढिला परेको छ जसका कारण स्थानीय फूल फुलेर सुकिसकेका छन् ।...
पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच तराईमा पनि

पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच तराईमा पनि

बुटवल, ५ कात्तिक । पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच रुपन्देही र कपिलवस्तुमा पनि प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैँको अवसरमा नाचिने सराए नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेकाहरुले प्रदर्शन गरेका हुन् । पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको स्थान जीतगढीमा आइतबार स्थानीयवासीले खुँडा, तरबार, खुकुरीसहितका हतियार प्रदर्शन गर्दै ...
दिल्लीमा हावाको गुणस्तर कमजोर

दिल्लीमा हावाको गुणस्तर कमजोर

नयाँदिल्ली, ५ कात्तिक । भारतको राजधानी सहर नयाँदिल्लीको वायुको गुणस्तर कमजोर रहेको पाइएको छ । सोमबार दिल्लीका अधिकांश ठाउँको वायुको गुणस्तर २०० अङ्कभन्दा माथि रहेको छ । वायु गुणस्तर सूचक एक्यूआई अनुसार दिल्लीको लोधिया सडक क्षेत्रमा सोमबार बिहान वायुको गुणस्तर पिएम २/५ र पिएम १० क्रमशः २१९ र २३७ रहेको छ । वायुको गुणस्तर सूचक शून्यदेखि ५० सम्म रहेमा त्यसलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्त...
इजिप्टमा अर्थशास्त्री गिरफ्तार

इजिप्टमा अर्थशास्त्री गिरफ्तार

कायरो, ५ कात्तिक । इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ । फारुकले गत साता आफ्नो पुस्तक “के इजिप्ट साँच्चिकै गरिब मुलुक हो ?” का कैंयौं प्रति सुरक्षाकर्मीले जफत गरेको बताउनुभएको थियो । “उहाँलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उहाँलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गरा...
क्यानडाको पश्चिमी क्षेत्रमा एकैरात चारपटक शक्तिशाली भूकम्प

क्यानडाको पश्चिमी क्षेत्रमा एकैरात चारपटक शक्तिशाली भूकम्प

वासिङ्टन, ५ कात्तिक । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् । पहिलो ६.६ म्याग्नीच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो । यो भूकम्पको केन्द्रविन्दु अमेरिकी सियाटलबाट ३५५ किमी उत्तरपश्चिममा रहेको छ । दोस्रो ६.८ म्याग्नीच्यूडको भूकम्प ए...
टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते

टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए । दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिए...
ताइवानमा रेल दुर्घटनाः १८ को मृत्यु, एक सय ८७ घाइते

ताइवानमा रेल दुर्घटनाः १८ को मृत्यु, एक सय ८७ घाइते

ताइवान, ५ कात्तिक । ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिनुभएको छ । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । ताइवानको पूर्वी तटीय क्षेत्रमा पुयुमा एक्सप्रेस दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु एकसय ८७ जना घाइते भएका थिए । अधिकारीहरुले रेलमा यात्रारत केहीको सनाखत अझै हुन नसकेको बत...
एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल प्रतियाेगिता हुने

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल प्रतियाेगिता हुने

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ । हरेक वर्ष एक सिङ्गे गैँड...
सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

चितवन, ५ कात्तिक । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ । अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने प्राविधिक कलेज, मेडिकल कलेज र देशका विभिन्न भागबाट स्वास्थ्य विषय पढाउने प्राविधिक कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि आउने गर्दछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलका अ...
कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, ५ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । ती...
२०७५ कात्तिक ५ गते सोमबार/आजको राशिफल

२०७५ कात्तिक ५ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक ५ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर २२ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– त्रयोदशी, २१:२३ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पछिका लागि खर्च गर्नुपर्ने समय छ। व्यवसायमा लगानी बढाउनुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो या...
कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ४ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक...
जनकपुर आइपुग्यो ५३ डब्बासहितको रेल

जनकपुर आइपुग्यो ५३ डब्बासहितको रेल

धनुषा, ४ कात्तिक । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्ला...
सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु

सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु

राजविराज, ४ कात्तिक । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे प...
गोली लागेर एकको मृत्यु

गोली लागेर एकको मृत्यु

हुम्ला, ४ कात्तिक । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ...
२०७५ कात्तिक ४ गते आइतवार/आजको राशिफल

२०७५ कात्तिक ४ गते आइतवार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक ४ गते। आइतबार। इश्वी सन् २०१८ अक्टोबर २१ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वादशी, २०:११ बजेउप्रान्त त्रयोदशी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी बढ्नेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा ...
पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

लहान, ३ कात्तिक । प्रहरीले नलकटुवा पेस्तोलसहित आज सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ । जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी सिरहाको धनगढीमाई नगरपालिका– ९ जिरोमाइलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई प्रहरीले आज प...
मोरङमा खुकुरी प्रहार गरी युवकको हत्या

मोरङमा खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गएराति एक युवकको हत्या गरिएको छ । गएराति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो...
error: Content is protected !!