संगालोखबर सम्वाददाता

धनकुटा, २७ पुस । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको परिवर्तनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुँने बताएका छन् ।

Advertisement

प्रेस काउन्सिल नेपालले  शुक्रवार धनकुटा सदरमुकाममा गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । प्रदेश नम्बर १ का सञ्चारकर्मी र सञ्चारगृहलाई थप व्यवसायिक, मर्यादित र सक्षम बनाउँदै अगाडि बढाउनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राई । तस्वीर : भेषराज कटेल/संगालोखबर

उनले त्यसमा केही सहयोग पुर्याउनुपर्ने भए निर्णय गर्न प्रदेश सरकार तयार रहेको धारणा राखे ।

नकारात्मक कुराको बढी खोजी गर्ने र सकारात्मक कुरालाई कम प्राथमिकता दिने क्रम बढेजस्तो देखिएको भन्दै मुख्यमन्त्री राईले त्यसमा सुधार ल्याउनुपर्ने आवश्यकता औल्याए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!