विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण
काठमाडौँ, ९ कात्तिक । विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।
सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रवद्र्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । नेपाल इञ्जिनीयर्स एशोसिएशनले आज यहाँ आयोजना गरेक...




























