मंगलबार, जेठ २७, २०७७
प्राण प्यारा !
असिम माया
आज अन्तिम पटक बिन्ति बिसाउँदैछु
हजुर आज भूलक्कड नभइदिनु है
कयौ दिन भो रित्तो हात फर्कनु भो
पसिनाको झोला बोक्ने दिन पर्कनु भो
तर के गर्नु हजुर
चारो च्याप्न नपाएर
बचराहरु भोकमरीमा परिसके
बिहान जसोतसो नूनपानीले छाक टर्यो
बेलुकी अबोधहरुको
आन्द्राले सारङ्गी रेट्ने छ
भोलीको गर्जो भोली नै टारुँला
बनिबूतो गर्न खै कहाँ पो जाउँ र म
सर्बत्र बन्दाबन्दी छ
हजुर त उज्य...