मदन भण्डारी जन्मिएको गाउँपालिकामा एमालेको जित

मदन भण्डारी जन्मिएको गाउँपालिकामा एमालेको जित
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका राजन थक्लुङ १ हजार ८ सय १५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि एमालेकै कैसिला थुक्लुङ निर्वाचित १ हजार ९ सय मत प्राप्त गरि बिजयी भएकी छन् । अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सुजता लिम्बु...

धनकुटामा नयाँ शक्तिले खोल्यो खाता, धनपा ३ बाट घिमिरे विजयी

धनकुटामा नयाँ शक्तिले खोल्यो खाता, धनपा ३ बाट घिमिरे विजयी
धनकुटा, १६ असार । धनकुटामा नयाँ शक्ति पार्टीले बिजयको खाता खोजेको छ । धनकुटा नगरपालिका–३ बाट नयाँ शक्तिका विकास घिमिरे बिजयी भएका छन । घिमिरेले २९६  मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मुकुन्द भण्डारीले २ सय ६५ मत पाएका छन । धनकुटा नगरपालिका वडा नम्बर २ बाट यसअघि एमालेले बिजय प्राप्त गरिसकेको छ । अन्य वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिए ।

छथर जोरपाटी १ मा एमाले प्यानल बिजयी, २ मा एक मतले माओवादीको जित

छथर जोरपाटी १ मा एमाले प्यानल बिजयी, २ मा एक मतले माओवादीको जित
धनकुटा, १६ असार ।  धनकुटाको छथर जोरपाटी गाउँपालिका १ मा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेका पुखमान आलेले ४ सय ४४ मत ल्याउँदै बिजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका गोबिन्द लिम्बुले २ सय ५० मत प्राप्त गरेका छन । यता छथर जोरपाटी गाउँपालिका २ को वडाध्यक्षमा माओवादी केन्द्रका कृष्ण कुमार मगर बिजयी भएका छन । उनले ४ सय ९९ मत प्राप्त गरेका छन भने निकटतम प्रतिद्धन्द्धी एमालेका इन्द्र सा...

धनकुटा २ मा एमालेको प्यानलनै बिजयी

धनकुटा २ मा एमालेको प्यानलनै बिजयी
धनकुटा, १६ असार । धनकुटा नगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेका चन्द्रलाल तामाङ्गले ८ सय १६ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका राज कुमार राईले ३ सय १० मत प्राप्त गरेका छन ।

सुनसरीको बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी

सुनसरीको बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी
इनरुवा । सुनसरीको बराह नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानलै नै विजयी भएको छ । यहाँको १ नं वडाध्यक्षमा नेकाका तर्फबाट वडाध्यक्षका उम्मेदवार सुरेश श्रेष्ठ एक हजार १५९ मत ल्याई विजयी हासिल गर्नुभएको हो ।  श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खड्क कटुवाललाई ३१८ मत अन्तरले पराजित गर्नुभएको हो । आज बिहान वडा नं १ को मतगणना सम्पन्न हुँदा प्रमुख र उपप्रमुखमा नेकाले अ...

खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी, ५ तहमा एमाले र ४मा कांग्रेसको अग्रता

खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी, ५ तहमा एमाले र ४मा कांग्रेसको अग्रता
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका जितेर एमालेले जिल्लामा बिजयी शुरुवात गरेको छ । जन्तेढुंगामा एमालेका शंकर राई २१५३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खेमवहादुर खड्काले १५६२ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै बिमला राईले २०८६ मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अनिता राईले १४६६ मत प्राप्त गरेकी छन् । जिल्लाका १० स्थानीय तहमध्ये ...

धनकुटा निर्वाचन अपडेट: यस्तो छ सातवटै स्थानीय तहको मत परिणाम

धनकुटा निर्वाचन अपडेट: यस्तो छ सातवटै स्थानीय तहको मत परिणाम
धनकुटामा पनि दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । धनकुटाका तीन नगरपालिका र चार गाउँपालिकामा मतगणना भईरहेको छ । हालसम्म प्राप्त मत परिणाम यस्तो छ... धनकुटा नगरपालिका  नेकपा एमाले चिन्तन तामाङ (प्रमुख)- १८३३ शकुन्तला बस्नेत (उपप्रमुख) - १९८९ नेपाली काग्रेस दिनेश राई (प्रमुख)ः ९०० रेणु श्रेष्ठ (उपप्रमुख) ः ५९५ माओवादी केन्द्र गणेश विष्ट (प्रमुख) ः ७३६ विष्णुम...

१४ गते स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान

१४ गते स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान
भैरहवा । उम्मेदवारको मृत्यु भएपछि गत बुधबार स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान भइरहेको छ । अहिले बिहान ७ बजेदेखि त्यस वडामा मतदान भइरहेको छ । रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका वडा नम्बर १ मा अहिले मतदान भइरहेको हो । वडा नम्बर १ का वडा सदस्यका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएपछि त्यस वडाको मतदान प्रभावित भएको थियो । उनको हृदयघात...

धनकुटाको चौबिसे गाउँपालिका १ मा एमालेको प्यानलनै बिजयी

धनकुटाको चौबिसे गाउँपालिका १ मा एमालेको प्यानलनै बिजयी
धनकुटाको चौविसे गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका श्रीकृष्ण श्रेष्ठ ४ सय ८० मत प्राप्त गरि वडा अध्यक्षमा निर्वाचित भएका छन । उनका निकटम प्रतिद्धन्द्धी नेपाली काग्रेसका दिपक कुमार श्रेष्ठले ४ सय ६७ मत प्राप्त गरेका छन ।

महालक्ष्मी १ मा वडाध्यक्षसहित एमालेको प्यानलनै बिजयी

महालक्ष्मी १ मा वडाध्यक्षसहित एमालेको प्यानलनै बिजयी
धनकुटा, १५ असार । धनकुटाको महालक्ष्मी १ मा वडाध्यक्षसहित एमालेको प्यानल बिजयी भएको छ । एमालेका टेक बहादुर गुरुङ्गले ८ सय ६५ मत ल्याउँदै बिजयी भएका हुन । उनले निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका याम बहादुर कार्कीलाई ५ सय ११ मतले हराएका हुन । कार्कीले ३ सय ५४ मत ल्याएका छन । महालक्ष्मी १ मा १ हजार ४ सय ६९ मत खसेको थियो । बिजय पश्चात जितपुर बजारमा बिजय जुलुशसमेत निश्किएको स्थानीय लोकनाथ नेपालले ...
error: Content is protected !!