झापामा खोलाले बगाएर एक जनाको मृत्यु

झापामा खोलाले बगाएर एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिकामा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । स्थानीय टाङटिङ खोलाले बगाउँदा अर्जुनधारा–४ का ५६ बर्षीय बिदुर पराजुलीको मृत्यु भएको हो । दिउँसो साँढे १२ बजे तर्ने क्रममा पराजुलीलाई खोलाले बगाएको हो । खोलाले बगाएर पराजुलीको मृत्यु भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
बिराटनगरस्थित श्रम कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि कुटपिट, दुई कर्मचारी पक्राउ

बिराटनगरस्थित श्रम कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि कुटपिट, दुई कर्मचारी पक्राउ

विराटनगर । बिराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आज कुटपिट भएको छ । कार्यालयकै कर्मचारीले बिहान करिब ११ बजे प्रमुख सञ्जेलमाथि कार्यकक्षमै कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ । उनीहरु दुबै करारका कार्यरत कर्मचारी हुन् । प्रहरीका अनुसार कार्यलय प्रमुख सञ्...
बिराटनगरमा लकडाउन घोषणा

बिराटनगरमा लकडाउन घोषणा

विराटनगर । बिराटनगर महानगरपालिकामा आगामी १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि महानगरपालिकाले शनिबार राती १२ बजेदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो । लकडाउन घोषणा गरेर अत्यावश्यक सेवाबाहेक बजार पसल र आवतजावतमा रोक लगाईएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । उनका अनुसार लकडाउनको प्रोटोकल महानगरले जारी गर्नेछ । विराटनगरमा समुदायस्तरमै कोरोना ...
बस दुर्घटनामा धनकुटाका राईको मृत्यु

बस दुर्घटनामा धनकुटाका राईको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा गएराती भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुँने व्यक्ति धनकुटाको साँगुरीगढी गाउँपालिका–७ का २९ बर्षीय जोशन राई रहेको खुलेको हो । बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ख.६९५२ नम्बरको बस राती करीब ८ बजे आरती स्ट्रिप्स अगाडि डिभाइडरमा ठोक्किर दुर्घटना भएको थियो । दुर्घटनामा परी पाँच जना घाईते भ...
भत्ता लिएर फर्किएकी बृद्धा खोलामा मृत फेला

भत्ता लिएर फर्किएकी बृद्धा खोलामा मृत फेला

ईलाम । ईलाम नगरपालिकाको कार्यालयबाट बृद्ध भत्ता लिएर घर फर्कदै गरेकी एक बृद्धा मृत फेला परेकी छन् । देउमाई नगरपालिका–४ की ७२ बर्षीया सन्च रानी लिम्बु देउमाई नगरपालिका–२ मा रहेको सार्की खोलामा मृत फेला परेकी हुन् । बिहिवार अपरान्ह साँढे ५ बजे खोलामा उनको शव भेटिएको हो । बृद्धा मृत भेटिएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृत्युको कारण खुल्न सकेको छैन...
धनकुटा क्याम्पसको बार्षिकोत्सव : दुई कर्मचारी सम्मानित, अनलाईनबाटै अन्तरक्रिया

धनकुटा क्याम्पसको बार्षिकोत्सव : दुई कर्मचारी सम्मानित, अनलाईनबाटै अन्तरक्रिया

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसले ६६ औं बार्षिकोत्सवको अवसर पारेर दुई जना कर्मचारीलाई सम्मान गरेको छ । उत्कृष्ट कार्य सम्पादन गरेबापत क्याम्पसमा कार्यरत पेमनुरु शेर्पा र बीरबहादुर तामाङलाई सम्मान गरिएको हो । क्याम्पस प्रमुख होमबहादुर बस्नेतले खादा र मायाको चिनो प्रदान गरी उनीहरुलाई सम्मानित गरेका हुन् । शेर्पा र तामाङलाई बर्ष २०७६ को उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको क्याम्पस प्रमुख बस...
बस दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाईते

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाईते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा गएराती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् । बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ख.६९५२ नम्बरको बस राती करीब ८ बजे आरती स्ट्रिप्स अगाडि राखिएको डिभाइडरमा ठोक्किर दुर्घटना भएको हो । दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । उनको सनाखत हुँन वाँकी छ । दुर्घटनामा घाईते भएका भोजपुरको रामप्र...
धनकुटाको महालक्ष्मीका कृषकलाई बंगुर र बोका

धनकुटाको महालक्ष्मीका कृषकलाई बंगुर र बोका

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई बंगुर र बोका प्रदान गरेको छ । नस्ल सुधारका लागि नगरक्षेत्रका पशुपालक कृषकहरुलाई नगरपालिकाले बीउ बंगुरका पाठापाठी र उन्नत जातको बोका वितरण गरेको हो । कृषकहरुलाई थप व्यावसायीक बनाउँन सघाउँने उद्धेश्यले हेमसायर जातको बंगुरको पाठापाठी र बोयर जातको बोका प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । नगर क्षेत्रका ५१ जना क...
झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

झापा । झापामा खालाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । स्थानीय डुबे खोलाले बगाउँदा संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ३० बर्षीय सुगम राईको मृत्यु भएको हो । श्रीमती र साथीहरुसँगै दहिझोडा सामुदायिक वनतर्फ गएका राईलाई बाटोमा रहेको खोला तर्ने क्रममा बगाएको हो । खोलाले बगाएका राईलाई साथीहरुले मृत अवस्थामा खोलाबाट निकालेर प्रहरीलाई खबर गरेका थिए । त्यस्तैगरी झापा...
मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु

मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु

धरान । मोरङका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । कोरोना संक्रमित ४५ बर्षीय पुरुषको धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उपचारका लागि ल्याईएका उनको साँझ करिब ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । डा.सापकोटाका अनुसार सिकिस्त अवस्थामा रहेका उनलाई बिराटनगरस्थित कोभिड–१९ अस्पतालबाट दिउँसो करिब १ बजे प्रतिष्ठान ल्याईएको थियो । ...