धनकुटामा ट्रक दुर्घटना, सडक अवरुद्ध

धनकुटामा ट्रक दुर्घटना, सडक अवरुद्ध

धनकुटा । धनकुटा बजार नजिक ट्रक दुर्घटना भएको छ । धनकुटा नगरपालिका–६ टाईगरहिल नजिक ट्रक पल्टिएको हो । धरानबाट खाद्यान्न लिएर हिले जाँदै गरेको को.१ ख.४२२८ नम्बरको ट्रक गएराती करिब २ बजे सडकमा पल्टिएको हो । ट्रक पल्टिँदा खाद्यान्नमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन । ट्रक पल्टिँदा टाईगरहिलबाट आत्मारा र खाल्डे जाने सडक अवरुद्ध भएको छ । कोशी राजमार्गमा गुड्दै गरेको ट्रक पल्टिएर सहायक मार्गमा ...
लेटाङमा लागुऔषधसहित एक जना पक्राउ

लेटाङमा लागुऔषधसहित एक जना पक्राउ

बिराटनगर । मोरङको लेटाङ नगरपालिका–८ जाँतेमा नियन्त्रीत लागुऔषधसहित एक जना पक्राउ परेका छन् । स्थानीय २८ बर्षीय मनोज कुमार मगरलाई ट्रामा–३१६ ट्याब्लेट र डिकोलिक–३८८ ट्याब्लेटसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । को.२ ह ६१७४ नम्बरको टेम्पोमा सवार मगरलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो । लागुऔषधसहित मगर र टेम्पो नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको...
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

भोजपुर । भोजपुरको आमचौक गाउँपालिका–३ हाँतातुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाईते भएका छन् । आईतवार साँझ सवा ७ बजे बोयाङबाट बालंखातर्फ जाँदै गरेको प्रदेश १ ०२–००३ त.५८८ नम्बरको ट्याक्टर आनियन्त्रीत भई सडकबाट करिब ३ सय मिटर तल खसेको हो । दुर्घटनामा घाईते भएका आमचोक गाउँपालिका–३ का २८ बर्षीय दिपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा ...
धनकुटामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

धनकुटामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा स्थानीय ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको मृत्यु भएको हो । गोठालो जाने क्रममा खोला तर्दा बगाएर याखाको मृत्यु भएको स्थानीय अर्जुन याखाले संगालोखबरलाई जानकारी दिए । ‘गाईबस्तु लिएर गोठालो जानु भएको थियो । खोला तर्ने क्रममा काठे पुलबाट च...
धनकुटाको जोरपाटीमा प्रहरी चौकी उद्घाटन

धनकुटाको जोरपाटीमा प्रहरी चौकी उद्घाटन

धनकुटा । धनकुटाको छथर जोरपाटीमा प्रहरी चौकी उद्घाटन गरिएको छ । जोरपाटी वजारमा स्थापना गरिएको प्रहरी चौकीको गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्वु र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयको ०७६ असोज १७ गतेको परिपत्र, गृह मन्त्रालय र मन्त्री परिषद्को निर्णयले छथरजोरपाटीमा प्रहरी चौकीको नयाँ दरवन्दी स्वीक...
धरानमा खसी चोर्ने चार जना पक्राउ

धरानमा खसी चोर्ने चार जना पक्राउ

धरान । धरानमा खसी चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खसी चोरेर लैजादै गरेको अवस्थामा धरान–२० बाट चार जना युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको बेलबारी–११ का १९ बर्षीय रोशन पराजुली, सुन्दरहरैंचा–७ का २९ बर्षीय डम्बरबहादुर मगर, ईलाम माईजोगमाई–९ का २० बर्षीय बिशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षीय बिबेक तामाङ छन् । शनिवार दिउसो करिब ३ बजे धरान–१३ का...
उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जन भन्दा बढी व्यक्ति घाईते भएका छन् । झडपमा परी १० जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका हुन् । नगरपालिकामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राप्रपाका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । भ्रष्टचारको छानविन गर्न माग गर्दै गरिएक...
मोरङ र सुनसरीमा थपिए २७ कोरोना संक्रमित

मोरङ र सुनसरीमा थपिए २७ कोरोना संक्रमित

विराटनगर । मोरङ र सुनसरीमा आईतबार २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरका ४ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बुढिगंगाका १ जना, कटहरीका २ जना र ग्रामथानका १ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरान उपमहानगरपालिकामा १ महिला र १० पुरुष, बराहक्षेत्रमा १ र इटह...
झापाको अर्जुनधारामा पनि लकडाउन

झापाको अर्जुनधारामा पनि लकडाउन

झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो । केही दिनअघि अर्जुनधारा वडा नं १ का एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए । उनले सङ...
झापामा खोलाले बगाएर एक जनाको मृत्यु

झापामा खोलाले बगाएर एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिकामा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । स्थानीय टाङटिङ खोलाले बगाउँदा अर्जुनधारा–४ का ५६ बर्षीय बिदुर पराजुलीको मृत्यु भएको हो । दिउँसो साँढे १२ बजे तर्ने क्रममा पराजुलीलाई खोलाले बगाएको हो । खोलाले बगाएर पराजुलीको मृत्यु भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।