ओखलढुङ्गामा खोलाले बगाउँदा एक जना बेपत्ता

ओखलढुङ्गामा खोलाले बगाउँदा एक जना बेपत्ता

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । स्थानीय लिखु खोलाले बगाउँदा चम्पादेवी–१० का ३६ बर्षीय रोहित ढुंगेल बेपत्ता भएका हन् । गाई किनेर लिखु खोला किनाराको बाटो हुँदै रोहित र उनका बुबा घर फर्किदै थिए । सोही क्रममा चिप्लिएर खोलामा खस्दा रोहित बेपत्ता भएका हुन् । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
खोटाङमा चिर्पटले हानेर छिमेकीको हत्या

खोटाङमा चिर्पटले हानेर छिमेकीको हत्या

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा गएराती एक युवाले चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेका छन् । केपिलासगढी–१ का २७ बर्षीय राकेश राईले राती करिब ९ बजे स्थानीय ५६ बर्षीय जबरधन राईलाई चिर्पटले हानेर हत्या गरेका हुन् । सामान्य विवादका क्रममा आबेगमा आई राकेशले चिर्पटले हान्दा जबरधनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राकेशले चिर्पट प्रहार गर्दा जबरधन घाईते भएका थिए । उपचारक...
बिराटनगरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

बिराटनगरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

विराटनगर । बिराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको आईसोलेशनमा उपचारका क्रममा विराटनगर–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । कलेजोसम्बन्धि समस्याबाट पनि ग्रसित उनको उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या तीन पुगेको छ । यसअघि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्...
प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ

प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ

मोरङ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको छ । गतवर्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँको क्षेत्र निकै बढेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमिनमा २२ हजार ९८३ ह...
इटहरीमा लकडाउन घोषणा

इटहरीमा लकडाउन घोषणा

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा पाँच दिनका लागि लकडाउन घोषणा गरिएको छ । इटहरी उपमहानगरपालिकाको आज बसेको बैठकले उपमहानगर क्षेत्र भित्र आज राती १२ बजेदेखि २५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमित थपिदै गएपछि त्यसलाई न्यूनिकरणका लागि लकडाउन घोषणा गरिएको ईटहरी उपमहानगरपालिकाले जनाएको छ ।
धनकुटामा मास्क नलगाउँने १९ जनालाई पक्राउ गरेर तिराइयो जरिवाना

धनकुटामा मास्क नलगाउँने १९ जनालाई पक्राउ गरेर तिराइयो जरिवाना

धनकुटा । धनकुटा बजारमा मास्क नलगाई हिड्ने १९ जनालाई पक्राउ गरेर जरिवाना तिराइएको छ । बजारका बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी जरिवाना तिराएर छाडिएको हो । गत शुक्रबार ६ जना र आईतबार १३ जनालाई पक्राउ गरेर कारबाही गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए । ‘बजारका बिभिन्न स्थानमा मास्क नलगाई हिड्नेहरुलाई माक्स लगाउँन सचेत गराउँदा अटेर गरेपछि पक्राउ गरेर जरिवाना तिराएका हौ ।’...
बिराटनगरमा मृत्यु भएका कोरोना संक्रमितको शवलाई सेनाले जंगलमा लगेर गर्यो अन्त्येष्टि

बिराटनगरमा मृत्यु भएका कोरोना संक्रमितको शवलाई सेनाले जंगलमा लगेर गर्यो अन्त्येष्टि

विराटनगर । बिराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको शवलाई कानेपोखरीको जंगलमा लगेर अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा हिजो मृत्यु भएका बिराटनगर–५ का ७७ बर्षीय बृद्धको शवलाई नेपाली सेनाले आज अन्त्येष्टि गरेको हो । स्वास्प्रश्वासमा समस्या आएपछि उपचारका लागि कोशी अस्पताल पुर्याईएका उनको आईसोलेशनमा उपचारका क्रममा मृत्यु भएको थियो । उपचारका क्रममा स्वाब संकलन गरेर पीसीआर पर...
धनकुटाको सितलपाटीकी सजिना बनिन् कागती स्तम्भ तस्वीर प्रतियोगिताको बिजेता

धनकुटाको सितलपाटीकी सजिना बनिन् कागती स्तम्भ तस्वीर प्रतियोगिताको बिजेता

धनकुटा । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित कागती स्तम्भ तस्वीर प्रतियोगितामा धनकुटा–७ सितलपाटीकी सजिना बस्नेत बिजयी भएकी छन् । कागतीको स्तम्भमा खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्वीरमा सर्वाधिक ७ हजार ४ सय लाईक पाउँदै बस्नेत बिजयी बनेकी हुन् । एक महिने प्रतियोगितामा सर्वाधिक लाईक पाउँने बस्नेतलाई आज बिजयी घोषणा गरिएको हो । त्यस्तै ६ हजार ६ सय लाईकसहित धनकुटा–४ देब्रेबासकी अस्...
बिराटनगरमा कोरोना संक्रमितको मृत्यु

बिराटनगरमा कोरोना संक्रमितको मृत्यु

बिराटनगर । बिराटनगरमा आज कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा बिराटनगर–५ बिजुली अफिस नजिकका ७७ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो । केहीदिन अघिदेखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज बिहान उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । कोरोना संक्रमण भएको हुनसक्ने आशंकामा बिहान स्वाब संकलन गरिएका उनको मृत्यु पश्च...
प्रदेश १ का थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना डिस्चार्ज

प्रदेश १ का थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ का थप ५७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । ९ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा मोरङ, झापा र सुनसरीका १८ महिला र ३९ पुरुषमा कोरोना संक्रमण भेटिएको हो । मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सबैभन्दा धेरै १६ पुरुष र ६ महिला गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी...