मन्टापोखरीमा डुबेर एकको मृत्यु

मन्टापोखरीमा डुबेर एकको मृत्यु

मोरङ । विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा आज सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ । उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस
झापामा एचआइभी (एड्स) को संक्रमणवाट मृत्यु हुनेको संख्या घट्दै

झापामा एचआइभी (एड्स) को संक्रमणवाट मृत्यु हुनेको संख्या घट्दै

भद्रपुर। झापामा पछिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३/७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ । मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान ला...
आफूले प्रचारप्रसारमा प्रयोग गरेको गाडी फसेपछि सिरहाको लहान नगरपालिकाका मेयरका उम्मेदवारले भने “पहिला पुल बनाउँछु”

आफूले प्रचारप्रसारमा प्रयोग गरेको गाडी फसेपछि सिरहाको लहान नगरपालिकाका मेयरका उम्मेदवारले भने “पहिला पुल बनाउँछु”

सिरहा। चुनावको समयमा प्रायः सवै उम्मेदवारहरुले जनजिविका र विकास निर्माणका मुद्धालाई प्राथमिकतामा राख्ने गर्छन् । यो वेलामा उनीहरुले गर्न नसक्ने सायद कुनैपनि विषय नै हुँदैनन । कसैले पुल बनाउने, कसैले सडक, ढल बत्तिजस्ता विषय त प्रायः सवै उम्मेदवारका प्रतिवद्धतामै पर्छन् । तर, निर्वाचनपछि भने उनिहरुले उठाएका विषय आफै विर्सने गरेका धेरै उदाहरण छन् ।त्यसैले जनताले उनीहरुले गरेका प्रतिवद्धतामा खासै ...
झापामा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन

झापामा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन

झापा।काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ । आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ । स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानूनबमोजिम जिल्ला जनस्वास्थ्य कार्...
निर्वाचनलार्इ लक्षित गर्दै सप्तरीको शुरक्षा ब्यवस्थामा कडाई तालिम प्राप्त कुकुर प्रयोग गरी ठाउँठाउँमा चेकिङ

निर्वाचनलार्इ लक्षित गर्दै सप्तरीको शुरक्षा ब्यवस्थामा कडाई तालिम प्राप्त कुकुर प्रयोग गरी ठाउँठाउँमा चेकिङ

सप्तरी । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाइसकेको जानकारी दिँदै कुनै घटना ...
सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

धनकुटा, २८ भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाईनलमा आज विर्ता युनाईटेड झापा र गोधुली क्लव सुनसरी वीच खेल हुँदैछ । सेमिफाईनल प्रवेशका लागि विर्ता र गोधुली आम्नेसाम्ने हुन लागेका हुन । स्थानीय टुडिखेलमा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । ‘ए’ डिभिजन क्लव झापा–११ का अधिकांस खेलाडीका साथ विर्ता यूनाईटेड मैदान उत्र...
शिक्षक गौतमले गरे क्यान्सर पीडितलाई सहयोग

शिक्षक गौतमले गरे क्यान्सर पीडितलाई सहयोग

भद्रपुर। क्यान्सर रोग पीडित झापा हल्दीबारी–३ चिया बगान निवासी धनसरी राजवंशीलाई हल्दीबारी गाउँपालिका–४ जलथल बस्ने सिग्मा इंलिस स्कुल, हल्दीबारीका शिक्षक गोपाल गौतमले आर्थिक सहयोग प्रदान गरेका छन् । विगत एक वर्षदेखि पाठेघरको क्यान्सर पीडित चिया मजदुर राजवंशीलाई गौतमकै नेतृत्वमा विर्तामोडस्थित बाल्मिकी एजुकेशन, क्योनरी एकाडेमी र सिग्मा स्कुलका विद्यार्थी भाइबैनीद्वारा संकलित रु १५ हजार २६० नगद सहयोग...
भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

धनकुटा, २७ भदौ । धनकुटामा मंगलबारबाट सुरु भएको १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वेलवारी एफ.सी. मोरङ विजयी भएको छ । घरेलु मैदानमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले पराजित गर्दै मोरङले बिजयी सुरुवात गरेको हो । वेलवारी एफ.सी.का दिपक राईले खेल सुरुवातको ६ र १७ औं मिनेटमा लगातार दुई गोल गरे । वेलवारीकै निसान लिम्बुले २७ औ मिनेटमा गोल थप्...
सप्तरीमा कटुवा पेस्तोलसहित तीन पक्राउ

सप्तरीमा कटुवा पेस्तोलसहित तीन पक्राउ

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित तीन युवालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा बस्ने २४ वर्षीय ईश्वर मुखिया, स्थानीयवासी १८ वर्षीय महेश मुखिया र २५ वर्षीय उपेन्द्र मुखिया रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा शंकास्पद अवस्...
झापाकि बिस्मिता विदेशमा यातना भोग्दै, जनप्रतिनिधि नै मानव तस्करीमा

झापाकि बिस्मिता विदेशमा यातना भोग्दै, जनप्रतिनिधि नै मानव तस्करीमा

झापा। मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् । कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् । मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुबेत पु¥याएको थियो । गाउँकै मीना कामील...
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

झापा। झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याकोे सघन उपचार कक्ष (आइसियु) सेवा सुरू गरेको छ । विसं २०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको यो अस्पताल निजीस्तरमा पूर्वाञ्चलकै  ठूलो अस्पताल हो । मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको यो अस्पताल ३०० शय्याको छ । २२ बिघामा  क्षेत्रफलमा फैलिएक...
आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

धनकुटा, २७ भदौ । धनकुटामा आजदेखि १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा धनकुटा–११ र वेलवारी एफ.सी. मोरङ  आम्नेसाम्ने हुँदैछन । स्थानीय टुडिखेलमा दिउँसो ३ बजेबाट प्रतियोगिता सुरु हुने आयोजक समिति संयोजक सम्भु प्रधानले संगालोखबरलाई जानकारी दिएका छन । प्रतियोगितामा एक विदेशीसहित ६ टिम सहभागी हुँदैछन । भुटानको बि.आर.सि...
गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दै

गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दै

राजविराज।  वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन् । केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको चाप बढेको छ । सो अस्पतालमा आजभोलि भाइरल ज्वरो, ज्वरो, झाडापखाला, रुघाखोकी र सर्पदंशलगायतका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । गर्मी बढेसँगै अञ्चल ...
डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आजदेखि मोरङमा

डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आजदेखि मोरङमा

मोरङ। गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार उर्लाबारी र पथरीशनिश्चरेमा डेंगु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान थाल्नेभएको हो । पथरी र शनिश्चरे स्वास्थ्य चौकीको संयोजनमा पथरीमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहताले...
सुनसरी क्यान महासंघमा भण्डारी

सुनसरी क्यान महासंघमा भण्डारी

सुनसरी । कम्प्युटर ब्यवसायीहरुको छाता संगठन क्यान महासंघ सुनसरीको ११ औं साधारणसभा तथा ७ अाैं अधिवेशनलेले बलराम भण्डारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा सन्देश रार्इ, सचिवमा पुन्यप्रसाद अधिकारी, सहसचिवमा टंकनाथ भट्टराई र कोषाध्यक्षमा खड्ग अाेझा चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा विरेन्द्र शाह, मिनराज रार्इ र बिक्की अग्रवाल चयन भएका छन् । निर्वाचन ...
सिधुवाको सरस्वती माविमा पहिलो पटक महिला अध्यक्ष 

सिधुवाको सरस्वती माविमा पहिलो पटक महिला अध्यक्ष 

सिधुवा, २६ भदौ । धनकुटाको सिधुवा स्थित सरस्वती माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा गोमा कार्की (दाहाल) निर्वाचित भएकी छन । कार्की उक्त बिद्यालयको पहिलो महिला अध्यक्ष हुन । वि.स. २०१९ सालमा स्थापना भएको बिद्यालयमा ५५ बर्षपछि महिला अध्यक्षको रुपमा कार्की निर्वाचित भएकी हुन । नव गठित समितिको सदस्यहरुमा सरिता बस्नेत, लोकबहादुर खड्का, चन्द्र मगर, खगेन्द्र सिजाली, लिला घिमिरे, हरी ओझा...
धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

धनकुटा, २६ भदौ । धनकुटामा मंगलबारदेखि १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता आयोजक समितिले पत्रकार सम्मेलन गरी भदौ २७ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । प्रतियोगितामा एक विदेशीसहित ६ टिम सहभागी हुँदैछन । भुटानको बि.आर.सि, ब्वाईज युनियन काठमाण्डौं, विर्ता युनाईटेड झापा, वेलवारी एफ.सी. मोरङ, ग...
झापामा छोराले खुकुरी प्रहार गर्दा आमा घाईते, आमा अस्पतालमा, छोरा फरार

झापामा छोराले खुकुरी प्रहार गर्दा आमा घाईते, आमा अस्पतालमा, छोरा फरार

झापा, २६ भदौ । झापाको दमक नगरपालिका–५ मा छोराले खुकुरी प्रहार गर्दा आमा घाइते भएकी छन । २४ बर्षीय छोरा शिव कुमार सतारले आइतबार अपरान्ह ४ बजेतिर आफ्नै आमा ३८ बर्षीया रेखा सतारलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय १८ बर्षीय दिनेश भुजेलसंग लेनदेनको विषयमा झगडा हुँदा आमाले छुटाउँने क्रममा शिवले आमामाथि नै खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट घाइते रेखाको वीपी को...
मोरङमा १८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा !

मोरङमा १८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा !

विराटनगर, २६ भदौ । मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन्। १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो। अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन्। मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ। तर, किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन्। भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार वर्षका छोराहरू विशाल र विक...
ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्त पक्राउ

ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्त पक्राउ

ओखलढुंगा। ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २५ गते जिल्लाको सुनकोशी गाउँपालिका ५ मुलखर्क र सिस्नेरी बिचमा पर्ने बान्द्रे भीरमा भएको रहस्यमय घटनाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका ५  मूलखर्कका धीरेन तामाङ, रुपलाल तामाङ र दिपक तामाङ छन् । उनिहरुलाई गत बैशाख २५ गते बान्द्रे भीरमा मृत अवस्थामा ...
तमोरमा भेटिएको बेवारिसे शवको सनाखत

तमोरमा भेटिएको बेवारिसे शवको सनाखत

धनकुटा, २५ भदौ । धनकुटाको मुलघाट नजिक तमोर नदिमा फेला परेको बेवासिसे शवको शनाखत भएको छ । धनकुटा नगरपालिका–९ स्थित माङखोला र तमोरको दोभानमा गत बुधबार वेवारिसे अवस्थामा शव फेला परेको थियो । उक्त शव फिदिम–५ पाँचथरका ४७ बर्षीय राजेन्द्र कुमार तुम्वाफुको रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव निरीक्षक दिनेश अधिकारीले संगालोखबरलाई जानकारी दिए ।   उनका अनुसार मृतकका काका भरत तु...