मंगलबार, भाद्र २७, २०७४
धनकुटा, २७ भदौ । धनकुटामा मंगलबारबाट सुरु भएको १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वेलवारी एफ.सी. मोरङ विजयी भएको छ ।
घरेलु मैदानमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले पराजित गर्दै मोरङले बिजयी सुरुवात गरेको हो ।
वेलवारी एफ.सी.का दिपक राईले खेल सुरुवातको ६ र १७ औं मिनेटमा लगातार दुई गोल गरे ।
वेलवारीकै निसान लिम्बुले २७ औ मिनेटमा गोल थप्...