इलामबाट ९६ करोडको अदुवा निर्यात

इलामबाट ९६ करोडको अदुवा निर्यात
इलाम, २४ कात्तिक । नगदेबाली उत्पादनको लागि अग्रणी जिल्ला इलामबाट ९६ करोड रुपैयाँको अदुवा निर्यात भएको छ। जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार गत आर्थिक वर्षमा  २७ हजार ५ सय ७० मेट्रिक टन अदुवा निर्यात भएको हो। घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले व्यावसायिक खेतीमा किसानहरुको आर्कषण बढदो छ। इलाममा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गर...

घुससहित कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख पक्राउ

घुससहित कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख पक्राउ
कञ्‍चनपुर, २४ कात्तिक । कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख केदार शर्मा छ लाख घुसको रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालयको टोलीले घुस लिदै गर्दा उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट नगद  ६ लाख रुपैयाँ सहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएकोछ। घुसको रकमसहित कर्मचार...

सुनकाे भाउ बढयाे

सुनकाे भाउ बढयाे
काठमाण्डौ, २४ कात्तिक । सुनको भाउ आज बढेको छ । हिजो बिहिबार प्रतितोला ५६ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य भने स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

जी मनी ट्रान्सले नेपालमा सेवा शुरु गर्दै

जी मनी ट्रान्सले नेपालमा सेवा शुरु गर्दै
काठमाडौं, २४ कात्तिक ।  जापानको  रेमिट्यान्स  कम्पनी  सिटी  एक्सप्रेस मनी  ट्रान्सफर र  कोरियन  कम्पनीको संयुक्त लगानीमा स्थापित जी मनी ट्रान्सले  नोभेम्बर  ११,  २०१७  बाट आफ्नो  सेवा शुरु गर्दैछ । दक्षिण कोरिया सरकारले यही जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको थियो । रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिको लागि थुप्रै  कम्पनीहरुले आवेदन दिएकोमा  अनुमति...

६१ करोड हिनामिना गर्ने कोशी अञ्चल यातायात कार्यालयका लेखापालमाथि अनुसन्धान सुरु

६१ करोड हिनामिना गर्ने कोशी अञ्चल यातायात कार्यालयका लेखापालमाथि अनुसन्धान सुरु
इटहरी, २४ कात्तिक । कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीमा रहँदा करोडौँ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका लेखापाल सुरेश अधिकारीमाथि अख्तियारद्वारा अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फरार रहेको अवस्थामा उनलाई काठमाडौँबाट गत आइतबार पक्राउ गरेको थियो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्म...

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा
सिन्धुपाल्चोक, १९ कात्तिक । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन्...

तेह्रथुमको मुख्य नगदेबाली अलैंचीले मूल्य नपाउँदा गोदाममै थन्कियो

तेह्रथुमको मुख्य नगदेबाली अलैंचीले मूल्य नपाउँदा गोदाममै थन्कियो
तेह्रथुम, १७ कात्तिक । जिल्लाको मुख्य नगदेबाली र आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको अलैंचीले मूल्य नपाउँदा गोदाममै थन्किएको छ । उत्पादित अलैंची उचित मूल्यमा बिक्री नभएपछि किसानले गोदाममै थन्क्याएका हुन् । केही वर्षयता अलैंचीको मूल्यमा निरन्तर गिरावट आएसँगै कृषक चिन्तित बन्दै आएका छन् । उचित मूल्यमा अलैंची खरिद गर्न व्यापारी नआएपछि अब गोदाममा थन्क्याउनुको विकल्प नभएको किसानहरूको भनाइ छ । गत वर्ष...

गुठी संस्थान धरासायी : सरकारले तिरेन झण्डै ३२ अर्व रुपैयाँ

गुठी संस्थान धरासायी : सरकारले तिरेन झण्डै ३२ अर्व रुपैयाँ
काठमाडौँ, १७ कात्तिक । नेपाल सरकारले जग्गा उपभोग गरे वापतको झण्डै ३२ अर्ब रुपैयाँ नतिरेपछि मुुलुकभरका गुठी संस्थान धरासायी बनेका छन् । गुठी संस्थानका जग्गा उपयोग गर्नुका साथै तिनमा विभिन्न संघ संस्थाका भवन निर्माण गरेपनि सरकारले कुनै तिरो भरण नगरेका कारण गुठी संस्थान संचालनमा बाधा पग्नुका साथै संस्थान नै धरासायी बनेको हो । आफ्नो जग्गा तथा भवन प्रयोग गरेवापतको रकम नपाएपछि देवस्थलका महन्त, पूजार...

लमजुङमा करिव १७ किलो सुनसहित युवक पक्राउ

लमजुङमा करिव १७ किलो सुनसहित युवक पक्राउ
लमजुङ, १६ कात्तिक । लमजुङमा अनुमानित १७ किलो सुन समातिएको छ । बोकेर ल्याउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार आनाकानी गरी मोटरसाइकलमा आउँदै गरेका ती युवक प्रहरीले चेकिङका क...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौं, १६ कात्तिक । आज सुनचाँदीको भाउ आज बढेको छ । आज सुन प्रतितोला तिन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाले बढेको छ । चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
error: Content is protected !!