साहसिक तीर्थयात्राका लागि पानीमुनि मन्दिर
एजेन्सी । सफा समुद्री तट, रंगिबिरंगी संस्कृति र चारैतिर फैलिएको हरियाली दृश्यले सुन्दर बाली इन्डोनेशियाको एउटा सानो टापु हो । यस स्थानमा होटलदेखि रेस्टुरेन्ट, स्पा, एड्भेन्चर सबैकुरा सुलभ बजेटमा पाइन्छ ।
यसबाहेक बाली विश्वभरी एउटा विशेष कुराले प्रख्यात छ त्यो हो त्यहाँको समुद्रभित्र रहेको मन्दिर । बालीमा धेरै मन्दिरहरु छन् तर बालीको यो समुद्रभित्रको मन्दिर निकै विशेष छ । त्यहाँको पेमुतेरान तटम...