संगालोखबर संवाददाता

काठमाडौँ, ३० साउन । के तपाइँले कल्पना गर्नुभएको छ ? आउँदो केही वर्षभित्रमा पृथ्वीको एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जम्मा ४ घण्टाभित्रमा हवाइजहाजमा पुग्न सकिन्छ ।

Advertisement

अकल्पनीय लाग्ने यो कुरा निकट भविष्यमै यथार्थ बन्नेछ । किनकि भविष्यमा ध्वनीभन्दा पनि ५ गुणा तिव्र गतिमा चल्ने विमान सञ्चालनमा आउनेछ ।

बेलायतको एक एयरोस्पेन कम्पनीले यसप्रकारको विमान निर्माणमा काम गरिरहेको छ । सुरुवाती चरणमा कम्पनीले ३ सय यात्रु क्षमताको एक जहाज बनाउँदैछ । विमानको नाम स्काइलन दिइएको छ ।

कम्पनीले २ वर्षअघि नै यो विमानको मूल्य सार्वजनिक गरेको थियो । २ सय ७६ फिट लामो यो विमानको मूल्य १ अर्ब १० करोड डलर पर्ने कम्पनीले जनाएको थियो ।

सन् २०१९ मा यो विमानको परीक्षण उडान गर्ने योजना कम्पनी छ ।

नयाँ सेबर इन्जिन प्रणालीमा यो विमानले काम गर्नेछ । इन्जिनको क्षमता अति उच्च रहने बताइएको छ । जसले विमानलाई अति उच्च वेगमा अघि बढाउनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement