एजेन्सी । नेपालको पशुपतिनाथ मन्दिरमा पनि सुनको छाना रहेको छ । तर, भारतमा एउटा यस्तो मन्दिर छ जुन १५ सय किलो शुद्ध सुनबाट बनेको छ ।

Advertisement

भारतको तमिलनाडुस्थित भेल्लोर सहरस्थित लक्ष्मी नारायणी मन्दिर हजारौँ किलो सुनले बनेको सुनौलो मन्दिर हो ।

दक्षिण भारतको यो मन्दिर झण्डै १ सय एक्कड क्षेत्रफलमा फैलिएको छ । १५ सय किलो शुद्ध सुन प्रयोग भएको यो मन्दिर बनाउनका लागि ७ वर्ष लागेको थियो ।

यो मन्दिरमा विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिर हो । मन्दिर बनाउनका लागि ३ अर्ब भारु खर्च भएको बताइन्छ ।

दिन ढल्दै जाँदा जब बिजुली बालिन्छ र अँध्यारोमा जब मन्दिरमा प्रकाश ठोक्किन्छ तब यसको दृश्य पहेँलपूर हुन्छ । निकै अद्भूत देखिन्छ ।

सन् २००७ को अगष्ट २५ तारेखमा यो मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।

रोचक कुरा त के भने यो मन्दिरको कलाकौशल, डिजाइन तथा निर्माण सबै हातैले गरिएको हो । सुनका पाता बनाउने र जडान गर्ने कुनै पनि कार्यमा मेसिनको प्रयोग गरिएको छैन । साथै यो मन्दिरको एक एक कलात्मक डिजाइन वैदिक मान्यतामा आधारित भएको बताइन्छ ।

यो मन्दिरभन्दा अगाडि भारतको अमृतसरस्थित गोल्डेन टेम्पल विश्वमा सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिरको रुपमा थियो । जसमा साढे ७ सय किलो सुन प्रयोग गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!