भोजपुरका सांसद किराती गाउँपालिकाको क्वारेन्टिनमा

भोजपुरका सांसद किराती गाउँपालिकाको क्वारेन्टिनमा
भोजपुर । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन्। काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिए। उनले भने “...

सुनसरीबाट लागुऔषधसहित दुई भारतीय पक्राउ

सुनसरीबाट लागुऔषधसहित दुई भारतीय पक्राउ
सुनसरी । सुनसरीको कोशी गाउँपालिकाबाट लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । कोशी–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट भारत सुपौल ग्राम पंचायत–१ का २० बर्षीय लक्ष्मणकुमार पासवान र १९ बर्षीय अर्जुनकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा कालो प्लाष्टिकमा लु...

बिराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

बिराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु
मोरङ । बिराटनगरमा आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ओल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा बुढीगंगा–५ दिपुटोलका २५ बर्षीय सन्तोष महतोको मृत्यु भएको हो । दिउँसो साढे १ बजे बिराटनगर–६ स्थित स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका उनलाई उपचारका लागि बिराट नर्सिङ होम पुर्याईएको थियो । उपचारकै क्रममा दिउँसो साढे २ बजे उनको मृत्यु भएको...

पहिरोले अरुण थुनिएपछि धनकुटामा सतर्कता : नदी आसपास क्षेत्रमा नजान प्रशासनको अपिल

पहिरोले अरुण थुनिएपछि धनकुटामा सतर्कता : नदी आसपास क्षेत्रमा नजान प्रशासनको अपिल
धनकुटा । संखुवासभाको मकालु गाउँपालिकास्थित ओयाङ्गमा पहिरो जाँदा नदी थुनिएर जोखिम भएकाले अरुण नदी तटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीहरुलाई अपिल गरेको छ । प्रशासन कार्यालयले आज दिउँसो सूचना जारी गर्दै अरुण नदीसँग जोडिएका धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका, सहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाबासीलाई यस्तो अपिल गरेको हो । ‘नदी तटिय क्षेत्रमा बसोबास गर्न...

संखुवासभामा पहिरोले अरुण नदी थुनियो, आसपास क्षेत्रका बस्ती जोखिममा

संखुवासभामा पहिरोले अरुण नदी थुनियो, आसपास क्षेत्रका बस्ती जोखिममा
संखुवासभा । संखुवासभाको ओयाङ्गमा आज बिहान पहिरो खस्दा अरुण नदी थुनिएको छ । बिहान करिव साँढे ९ बजे मकालु गाउँपालिका–२ र ५ नम्बर वडामा पर्ने ओयाङ्गमा पहिरो खस्दा अरुण नदी थुनिएको हो । पहिरोले नदी थुनिएर आंशिक रुपमा मात्र पानी बगेकाले अहिले सो क्षेत्रमा पानी जमेर ड्याम बनेको छ । ड्याम फुटेमा क्षति पुर्याउँनसक्ने भएकाले नदी आसपास क्षेत्रका बस्ती हटाउँन थालिएको संखुवासभाका डिएस्पी नवराज मल्लले संगाल...

धनकुटामा १४ बर्षे बालिकाको शव रुखमा भेटियो, महिला पनि घरमै मृत फेला

धनकुटामा १४ बर्षे बालिकाको शव रुखमा भेटियो, महिला पनि घरमै मृत फेला
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा एकैदिन दुई जना मृत फेला परेका छन् । पाख्रीवास नगरपालिका वडा नं.८ मा बालिका र वडा नं.३ मा महिलाको शव फेला परेको हो । पाख्रीवास–८ मार्सेडाँडाका तेजबहादुर भट्टराईकी १४ बर्षीया छोरी नेत्रकुमारीको शव घर भन्दा करिव ७ सय मिटर पर सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । घाँटीमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्त...

एउटै रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला

एउटै रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला
इलाम । इलाममा शुक्रबार रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला परेको छ । माङसेबुङ गाँउपालिका–६ मावाटोल स्थित रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । स्थानीय २७ बर्षीय बिशाल राई र उनकी भाउजू २६ बर्षीया गिता राईको शव रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरु घरमा कसैलाई नसोधी हिडेका थिए । बिहिबार बिहान घरबाट निश्किएका देवर भाउजू घर नफर्किएपछि खोजी गर्ने क...

धनकुटामा शनिवार विद्युत अवरुद्ध हुँने

धनकुटामा शनिवार विद्युत अवरुद्ध हुँने
धनकुटा । धनकुटामा शनिवार (भोली) दिउँसो विद्युत अवरुद्ध हुँने भएको छ । शनिवार ७ घण्टा विद्युत अवरुद्ध गरेर विद्युत प्राधिकरणले धरान–धनकुटाको विद्युत लाईन मर्मत गर्न लागेको हो । ३३ केभी विद्युत लाईन वरपरका रुखका हाँगाविगा, झाडी कटान तथा लाईनको जम्पर कस्ने र डिक्स पिन बदल्नुपर्ने भएकाले शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुँने प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोट...

भोजपुरमा पेस्तोल र सकेट बम भेटियो

भोजपुरमा पेस्तोल र सकेट बम भेटियो
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–२ ताबुमा पेस्तोलसहित बिष्फोटक पदार्थ फेला परेको छ । ईलाका प्रहरी कार्यालय दिङ्लाबाट गस्तिमा खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो । टहरोमा लुकाएर राखिएको अवस्थामा पेस्तोलसहित बिस्फोटक पदार्थ फेला परेको हो । बरामद भएको सकेट बम नेपाली सेनासँगको समन्वयमा डिस्पोज गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले...

तेह्रथुममा भरुवा बन्दुकसहित एक जना पक्राउ

तेह्रथुममा भरुवा बन्दुकसहित एक जना पक्राउ
  तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–७ बाट भरुवा बन्दुकसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको पाईएपछि स्थानीय २२ बर्षीय लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाएर राखेको सुचना पाएपछि प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले बिहान पौने १० बजे उनलाई पक्राउ गरेको हो । तामाङको घरबाट भरुवा बन्दुक पनि बरामद भएको जि...
error: Content is protected !!