प्लानिङ ब्वाइज क्लब फाइनल प्रवेश

प्लानिङ ब्वाइज क्लब फाइनल प्रवेश

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा पेमा युवा क्लब विराटनगरलाई ट्राइबेकरमार्फत ५-४ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज क्लब उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइब्रेकरमा प्लानिङ ब्वाइजका जर्सी नम्बर ४ का रिसभ अधिकारी, जर्सी ...
एपीएफलाई ट्राइबेकरमा हराउँदै वीरगञ्ज सेमिफाइनलमा

एपीएफलाई ट्राइबेकरमा हराउँदै वीरगञ्ज सेमिफाइनलमा

धनकुटा । साविक विजेता एपीएफ काठमाडौँलाई ट्राइबेकरमा पराजित गर्दै वीरगञ्ज युनाइटेड धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । टुँडिखेलमा आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ट्राइबेकरमा ४-१ गोल अन्तरले पराजित गर्दै वीरगञ्जले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुई-दुई गोलको बराबरी भएपछि खेल ट्राइ...
सिलिगुडीलाई पराजित गर्दै काठमाडौं सेमिफाइनलमा

सिलिगुडीलाई पराजित गर्दै काठमाडौं सेमिफाइनलमा

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको टुँडिखेलमा शुक्रबार भएको तेस्रो क्वाटरफाइनल खेलमा कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भारतलाई ६–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको २१ औं मिनेटमा प्लानिङ ब्वाइजका वेवोस साचुसेले गोल गर्दै टिमको खाता खोले । ३० औं मिनेटमा ...
सिरहाको सहलेशले जित्यो रारा गोल्डकपको उपाधि

सिरहाको सहलेशले जित्यो रारा गोल्डकपको उपाधि

धनकुटा । सिरहाको सहलेश युवा क्लबले धनकुटाको राजारानीमा सञ्चालित रारा गोल्डकपको उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा डाँडाबजार फुटबल क्लबलाई ४-१ गोलअन्तरले पराजित गर्दै सिरहाले उपाधिमाथि कब्जा जमाएको हो । सलहेशलाई उपाधि चुमाउन फागुराम थारूले २ र समिर तामाङले एक गोल गरे । डाँडाबजारका खेलाडीले आत्मघाती गोल गर्दा सिरहालाई थप मद्दत मिल्यो । डाँडाबजारका लागि निरज थापा मगरले पेनाल्टीमार्फत एक गोल...
सुनसरीलाई हराउँदै झापा पुग्यो सेमिफाइनलमा

सुनसरीलाई हराउँदै झापा पुग्यो सेमिफाइनलमा

धनकुटा । झापा फुटबल क्लब सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको टुँडिखेलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुई/दुई गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । झापालाई जित दिलाउन रोजिन माझी, टेकेन राना मगर, संयोग मग...
विराटनगरद्वारा विजयी सुरुवात

विराटनगरद्वारा विजयी सुरुवात

धनकुटा । पेमा युवा क्लब विराटनगरले सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । धनकुटाको टुँडिखेलमा बुधबार भएको उद्घाटन खेलमा आयोजक धनकुटालाई ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुई/दुई गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत खेल टुंग्याइएको थियो । ट्राइबेकरमा विराटनगरका प्रवीन राई, योनिक, रिम र प्रशान्त राईले ...
आजबाट भीमनारायण गोल्डकप, मेयर तामाङले उद्घाटन गर्ने

आजबाट भीमनारायण गोल्डकप, मेयर तामाङले उद्घाटन गर्ने

धनकुटा । धनकुटामा आजबाट सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । टुँडिखेलमा दिउँसो २ बजे प्रतियोगिता उद्घाटन गरिदैछ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उद्घाटन समारोह पश्चात दिउँसो ३ बजेबाट खेल सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लब विराटनग...
विराटनगरमा कराँते प्रतियोगिता सुरु

विराटनगरमा कराँते प्रतियोगिता सुरु

विराटनगर । विराटनगरमा शुक्रबारदेखि कराँते प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभर्ड हलमा खुला कराँते प्रतियोगिता सुरु भएको हो । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै वाग्लेले खेलकुद क्षेत्रको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धामा १९ तौल समूहमा खेलहरू भइरहेका...
राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप

राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप हुने भएको छ । आयोजक रारा फुटबल क्लबले राजारानीमा पत्रकार सम्मेलन गरेर बैशाख २२ देखि २८ गतेसम्म गोल्डकप सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुनेछ । २०५८ सालबाट सञ्चालन गर्न थालिएको प्रतियोगिताको यो १० औं संस्करण हो । ऐतिहासिक चण्डी पूर्णिमा मेल...
भीमनारायण गोल्डकप सर्यो

भीमनारायण गोल्डकप सर्यो

धनकुटा । धनकुटामा आयोजना गर्न लागिएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण केही दिन पछि सारिएको छ । खेलमैदान मर्मत संहारका लागि समय लागेको कारण देखाउँदै आयोजकले प्रतियोगिता निर्धारित मितिभन्दा १० दिन पछि सार्ने निर्णय गरेको हो । सोमबार बसेको आयोजक समितिको बैठकले बैशाख २७ गतेदेखि जेठ २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको प्रचारप्रचार समिति संयोजक विदुर खवासले जानका...