निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्नेमा आशंका

निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्नेमा आशंका
काठमाडौँ । बैंक तथा वित्तीय क्षेत्रका जानकारहरूले कुल पुँजी तथा निक्षेपमा कर्जा प्रवाहको अनुपात ९सिसिडी रेसियो० मौद्रिक नीतिले पुरानै अवस्थामा फर्काइएकाले त्यसले निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा २० प्रतिशतका दरले बढ्न नसक्ने टिप्पणी गरेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित रहेर इन्डिपेन्डेन्ट बिजनेस न्यूज मिडिया एन्ड रिसर्च सेन्टरले आज यहाँ आयोजना गरेको छलफलमा उनीहरूले अधिकांश ...

सुनको भाउ बढ्यो, यति छ आज

सुनको भाउ बढ्यो, यति छ आज
काठमाडौं । साउन महिनाको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन ५३ हजार प्रतितोला कारोबार भइरहेको थियो । त्यस्तै चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

भूकम्पपीडित किसानलाई ६२ लाख राहत

भूकम्पपीडित किसानलाई ६२ लाख राहत
रत्ननगर। भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण शुरु गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको ईच्छाकामना गाउँपालिकाबाट उक्त राहत वितरण शुरु गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यक्रमअन्तरगत ती किसानलाई जीविकोपार्जनमा सुधार ल्याउन तथा पशुपक्षी पुर्नस्थापन कार्यक्रम सञ्चालन गरी राहत ...

द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण

द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण
नुवाकोट ।मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिनुभयो । ‘शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्य...

लेखा समितिले सरकारलाई भन्योः २ महिनाभित्र एनसेलको पूँजीगत लाभकर असुल गर्नू

लेखा समितिले सरकारलाई भन्योः २ महिनाभित्र एनसेलको पूँजीगत लाभकर असुल गर्नू
काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले २ महिनाभित्र एनसेलको पूँजीगत लाभकर असुल गर्न सरकारलाई पुनः सचेत गराएको छ । समितिको बिहीबार बसेको बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्न अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई २ महिनाको समयसीमा दिएको हो । एनसेलले करिव ३५ अर्ब पूँजीगत लाभकर सरकारलाई बुझाउन बाँकी छ । समितिका सभापति डोरप्रसाद उपाध्यायले एनसेल कम्पनीको हालसम्मको सेयर खरिद विक्रीको...

सहकारीलाई १९ लाख अनुदान

सहकारीलाई १९ लाख अनुदान
बनेपा ।कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई रु १८ लाख ७५ हजार रकम प्रदान गरिएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई रु १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४० हजार उपलब्ध गराइएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा ...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौ। आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । बजारमा आज सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ७ सय १५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ७ सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

व्यास नगरपालिकाको ८० करोड बजेट सार्वजनिक

व्यास नगरपालिकाको ८० करोड बजेट सार्वजनिक
तनहुँ।  व्यास नगरपालिका कार्यालय तनहुँले आर्थिक वर्ष ०७४र ७५ को लागि ८० करोड ७१ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । व्यास नगरपालिकाको २७ औ एवं स्थानीय तहको पुर्नसंरचना पछिको पहिलो नगरसभामा प्रस्तुत नीति बजेट तथा कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बजेट प्रस्तुत गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ६ करोड ७८ लाख ५७ हजर, बाह्य स्रोतबाट वित्रीय समानीकरण अनुदान रु ...

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
काठमाडौं। आइतबार मात्रै ५ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज (सोमबार) थप २ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीमा पनि तोलामा थप पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ७ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै तोलामा २० रुपैयाँ घटेर बजारमा ७ सय १० रुपैयाँमा कारो...

मौद्रिक नीति सार्वजनिकः उत्पादनमुलक क्षेत्रमा २५ प्रतिशत कर्जा

मौद्रिक नीति सार्वजनिकः उत्पादनमुलक क्षेत्रमा २५ प्रतिशत कर्जा
काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यसअघि कुल कर्जाको २० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो पनि पुरा हुन नसकिरहेको अवस्थामा पुन कर्जा प्रवाहलाई २५ प्रतिशत बनाएको छ...
error: Content is protected !!