सुनको भाउ बढ्यो,यति छ आज

सुनको भाउ बढ्यो,यति छ आज
काठमाडौं ।नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी एक सय रुपैयाँ बढेको हो । अघिल्लो महिना घट्दो क्रममा रहेको सुनको भाउ यो महिनाको सुरुवातमै उकालो लागेको छ । आज बजारमा सुन प्रति तोला ५३ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बजारमा सुनको भाउ प्रतितोला ५३ हजार ७ सय रुपैयाँ थियो । आज बजारमा चाँदीको भा...

४१ अर्ब फ्रिज, भूकम्पपीडितले रकम पाएनन्

४१ अर्ब फ्रिज, भूकम्पपीडितले रकम पाएनन्
काठमाडौं । महाविनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा चुहिने छानोमूनि बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको छ । प्राधिकरणले खर्चको अख्तियारी पाए पनि प्राधिकरण र सरकारी अक्षमताले खर्च हुन नसकेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । प्राधिकरणले पुनर्निर्माणका लागि खर्च गर्ने अख्तियारी पाएको ...

मोदीको बजेट ३७ करोड ४३ लाख

मोदीको बजेट ३७ करोड ४३ लाख
पर्वत ।मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव २०७४÷०७५ का लागि रु ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ । सोमध्ये चालुतर्फ रु २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ रु ११ करोड ७८ लाख ७२ हजार विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सेती महतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचाल...

इलाममा राजस्व संकलनमा वृद्धि

इलाममा राजस्व संकलनमा वृद्धि
इलाम। आर्थिक वर्ष २०७३÷७४ मा रु ३७ करोड ६१ लाख ८१ हजार राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ९।१३ प्रतिशतले बढी हो । करदाता सेवा कार्यालय, जिल्ला प्रशासन, जिल्ला वन, मालपोत, पशुपतिनगर भन्सार कार्यालय र जिल्ला शिक्षा कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार सबैभन्दा बढी करदाता सेवा कार्यालयबाट रु २१ करोड ५८ लाख ३५ हजार, जिल्ला वनबाट रु तीन करोड ५३...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौं। मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो (सोमबार) सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी तोलामा ७ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...

टनेल खेतीबाट लाखौँ आम्दानी

टनेल खेतीबाट लाखौँ आम्दानी
पाल्पा।पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभँेडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ । प्रत्येक वर्ष रु सातदेखि १५ लाख बराबरको तरकारी जल्पाबाट निकासी हुँदै आएकोे अगुवा किसान डोलबहादुर घर्तीले बताउनुहुन्छ । गाउँमा तरकारी संकलन गरेर तानसेन बुटबल पठाउन...

निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्नेमा आशंका

निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्नेमा आशंका
काठमाडौँ । बैंक तथा वित्तीय क्षेत्रका जानकारहरूले कुल पुँजी तथा निक्षेपमा कर्जा प्रवाहको अनुपात ९सिसिडी रेसियो० मौद्रिक नीतिले पुरानै अवस्थामा फर्काइएकाले त्यसले निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा २० प्रतिशतका दरले बढ्न नसक्ने टिप्पणी गरेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित रहेर इन्डिपेन्डेन्ट बिजनेस न्यूज मिडिया एन्ड रिसर्च सेन्टरले आज यहाँ आयोजना गरेको छलफलमा उनीहरूले अधिकांश ...

सुनको भाउ बढ्यो, यति छ आज

सुनको भाउ बढ्यो, यति छ आज
काठमाडौं । साउन महिनाको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन ५३ हजार प्रतितोला कारोबार भइरहेको थियो । त्यस्तै चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

भूकम्पपीडित किसानलाई ६२ लाख राहत

भूकम्पपीडित किसानलाई ६२ लाख राहत
रत्ननगर। भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण शुरु गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको ईच्छाकामना गाउँपालिकाबाट उक्त राहत वितरण शुरु गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यक्रमअन्तरगत ती किसानलाई जीविकोपार्जनमा सुधार ल्याउन तथा पशुपक्षी पुर्नस्थापन कार्यक्रम सञ्चालन गरी राहत ...

द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण

द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण
नुवाकोट ।मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिनुभयो । ‘शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्य...
error: Content is protected !!