सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
काठमाडौँ । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । बिहिबार प्रति तोला ५३ हजार ६ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५३ हजार ५ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

यति छ आज सुनको भाउ

यति छ आज सुनको भाउ
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य थपघट भएको छैन । आज सुन प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा नै कारोबार भएको थियो । सुनजस्तै आज चाँदीको मूल्य पनि यथावत नै छ । आज पनि बजारमा चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पशुपन्छीको व्यावसायिक विकासका लागि तीन अर्ब

पशुपन्छीको व्यावसायिक विकासका लागि तीन अर्ब
काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले मुलुकको नयाँ संरचनानुसार ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ । उक्त कार्यक्रमानुसार उन्नत नश्ल पशु वितरण, घाँस उत्पादन, पशु स्वास्थ्य परीक्षण तथा औषधि, खोपलगायत विषय समावेश गरिएको छ । देशका सातै प्रदेशमा पशुअन्तर्गत गाई, भैँसी, पाडापाडी, खसीबोका, भेँडाच्याङ्ग्रा तथा पन्छीमा कुखुरा, हाँस, अस्ट्रिचलगायत पालन गर्ने कृषकलाई ...

सुनको मूल्य वढ्यो

सुनको मूल्य वढ्यो
काठमाडौ। आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य केही बढेपनि चाँदीको मूल्यमा भने तलमाथि भएको छैन । आज पनि चाँदी ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
काठमाडौं। यो हप्ता सुनको मूल्य ओरालो लागेको छ । आज पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा झरेको छ । हिजो सुन बजारमा ५४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
  काठमाडौं । हिजो मात्रै २ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजारमा झरेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य आज पनि यथावत नै छ । तीन दिनदेखि यथावत रहेको चाँदी आज पनि प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक

आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक
काठमाडौ। बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४÷७५ का लागि रु आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ रु चार करोड ६६ लाख विनियोजन गरेको छ । गत वर्षको मौज्दात रु दुई करोड रहेको र टिकट बिक्रीबाट मात्र रु छ करोड ५० लाख आम्दानी हुने तथा सटर बहालबाट रु चार लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ । पुरातात्विक, धार्मिक...

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार
  काडमाडौँ । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ । लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.१५ बिन्दुले बढेको छ । स्टकका अनुसार कुल १३९ कम्पनीको १५ लाख ...

एक दर्जन सहकारीलाई रु ३१ लाख ८९ हजार ९५७ अनुदान

एक दर्जन सहकारीलाई रु ३१ लाख ८९ हजार ९५७ अनुदान
बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् । सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् । गोठ, भकारो सुधारमा गरेको सरकारको लगानी उपलब्धिमूलक नभएकाले यस्तो नीति ल्याइएकोे जिल्ला पशुसे...

कैदीबन्दीको उपचारका लागि आठ करोड खर्च

कैदीबन्दीको उपचारका लागि आठ करोड खर्च
काठमाडौँ। कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ । देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीमा रहेका कैदीबन्दीको स्वास्थ्योपचारका लागि वार्षिक उक्त रकम खर्च गर्दै आएको हो । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले सामान्य बिरामीको उपचार सम्बन्धित कारागारभित्रबाट गरिँदै आएको र गम्भीर बिरामीको उपचार व्यवस्था केन्द्रीय कारागार अस्पता...
error: Content is protected !!