बिनोद बिष्ट/संगालोखबर

Advertisement

नेपालमै पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट काठमाडौंको बिजुली बजारस्थित धोबी खोला माथि निर्माण गरिएको पुल । यसअघि नेपालमा बनेका पुलमा जस्तो यसमा बीच भागहरुमा पिल्लर प्रयोग गरिएको छैन ।

पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’ को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिएको छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिएको छ । आर्कलाई ‘अब्युटमेन्ट’ मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ ।

पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’ मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैले पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ ।

तस्वीर: बिनोद बिष्ट/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!