काठमाडौं, १४ कात्तिक । केही साताअघि दृष्टीविहीन सञ्चारकर्मी वासुदेव अधिकारी भद्रकालीबाट भृकुटीमण्डपतर्फ जाँदै गर्दा प्रतीक्षालयमा नराम्रोसँग ठोक्किए । टाउकोमा सामान्य चोट पनि लाग्यो । यसको कारण थियो, ट्याकटाइल टायल (ब्रेलमार्ग)कै भर परेर हिँड्नु ।
काठमाडौंका मुख्य सडकपेटीमा दृष्टीविहीनलाई हिँडडुलमा सहज बनाउने उद्देश्यले करोडौं खर्चेर पहेँलो रंगका ब्रेलमार्ग टायल बिछ्याएको एक वर्ष बितेको छैन । यसको प्रमुख उद्देश्य थियो, दृष्टीविहीनलाई सम्भावित दुर्घटनाबाट बचाउनु ।
तर, अहिले ‘ट्याकटाइल टायल’को भर परेर दृष्टीविहीन हिँड्न सक्दैनन् । उनीहरु त्यसकै भरमा हिँडे झनै ठूलो दुर्घटनामा पर्ने जोखिम बढेको छ ।
‘ट्याकटाइलको भरमा हिँड्दा कहिले पोलमा ठोकिन्छ । कहिले खुट्टा ढुंगामा बजारिन्छ । कहिले पेटीमा बेच्न राखेका सामान कुल्चेर गाली खाइन्छ,’ ब्राइट नेपाल सोसाइटीका अध्यक्षसमेत रहेका अधिकारी भन्छन्, ‘बरु, यो नबिछ्याउँदासम्म हामीलाई यति अप्ठ्यारो थिएन ।’
ब्रेलमार्गका टायलहरु फुटेर र उप्किएर लगातारको बाटो भेट्न पनि मुस्किल पर्न थालेको उनी बताउँछन् । भएका स्थानमा पनि दृष्टीविहीनलाई त्यसको भर परेर निर्धक्कसँग हिँड्ने अवस्था नभएको गुनासो दृष्टीविहीनहरुको छ ।
पेटीमा बिछ्याएका टायल क्षतविक्षत अवस्थामा छन् । अधिकांश स्थानमा पहेँला टायलको अस्तित्व नै देखिँदैन ।
त्यसैले दृष्टीविहीनहरु पनि ट्याकटाइलको भर परेर हिँड्न छाडिसकेका छन् । राज्यले खर्चेको करोडौं रुपैयाँ बालुवामा पानी खन्याएजस्तै भएको छ ।
सडक पेटीमा टायल बिछ्याइँदै गर्दा दृष्टिविहीनलाई लागेको थियो, काठमाडौंको भीडमा हिँड्न अब सजिलो हुन्छ । वर्षदिन नहुँदै उनीहरुमा निराशा छाएको छ ।
‘ट्याकटाइलको भरमा हिँड्दा कहिले पोलमा ठोकिन्छ, कहिले खुट्टा ढुंगामा बजारिन्छ भने कहिले पेटीमा बेच्न राखेका सामान कुल्चेर गाली खाइन्छ’
बाटो नै भुलाइदिने अवस्था
ब्रेलमार्गले दृष्टीविहीनहरुलाई सेतोछडी प्रयोग गरेर हिँड्न सहज हुन्छ । पेटीमा यो टायल लगातार बिछ्याउँदा दृष्टिविहीनले बाटो भुल्दैनन् । र, गन्तव्यमा पुग्न सजिलो हुन्छ ।
तर, काठमाडौंका दृष्टीविहीन यसको भर परे भने आफू ‘कन्र्फम’ भएका बाटो पनि भुल्ने अवस्था छ ।
किनभने, विभिन्न स्थानमा ट्याकटाइल फुटेका छन् । विशेषगरी, इन्टरचेन्जका ट्याकटाइल फुटेका कारण यसको मात्रै भरपर्दा एकतिर जानुपर्ने दृष्टीविहीन अर्कोतर्फ जाने अवस्था छ ।
‘अब ट्याकटाइलमै भर परेर हिँड्न छाडिसक्यौं । यसले गन्तव्यमा पुर्याउँदैन,’ अधिकारी भन्छन्, ‘यसभन्दा त बरु हिजो केही नभएको बेलामा नै सजिलो थियो ।’
दुर्घटनाको जोखिम
ट्याकटाइलले दृष्टीविहीनलाई दुर्घटनाको सम्भावना कम गर्नुपर्छ । तर, काठमाडौंको ट्याकटाइलको अवस्था हेर्दा यसले झन् उनीहरु दुर्घटनामा पर्ने जोखिम बढाएको छ । यसलाई बिछ्याउँदा नै दृष्टीविहीनमैत्री बनाइएको छैन ।
विभिन्न स्थानमा ट्याकटाइलको मार्गमा रहेका धरापहरु हटाइएको छैन । अघि बढिरहँदा हुने जोखिमबारे सूचना दिने ‘इन्टरचेन्ज’ संकेत गर्ने टायलहरु पनि उप्किइसकेका छन् ।
सोही कारण दृष्टीविहीनहरु बिजुलीको पोलमा ठोकिने, नालामा पर्ने, सीधा गाडी गुडिरहेको सडकसम्मै पुग्ने अवस्था देखिन्छ । दृष्टीविहीन सुदन तन्डुकार भन्छन्, ‘साँघुरो ठाउँमा ट्याकटाइल बिछ्याइएको छ, कतिपय ठाउँमा बीचमै पगेर टुंगिन्छ । यसको भर पर्दा त हाम्रो खुट्टा मर्किने समस्या पनि बढेको छ ।’
अवैज्ञानिक निर्माण
ब्रेलमार्ग बनाउँदा वैज्ञानिक तवरले काम भएको छैन । यसलाई बिछ्याउँदा इन्जिनियरहरु निर्माणकर्मीको साथमा नबस्दा जथाभावी राखिएको छ ।
कतिपय स्थानमा सीधा लगेर पोल, सडक र प्रतीक्षालयलगायत संरचनामा जोडिएको छ । कतै बनाउँदा(बनाउँदै बीचमै छाडिएको छ ।
केही स्थानमा इन्टरचेन्जको संकेत गर्ने टायलहरु ९गोलो थोप्लो भएको टायल० बीचमै टाँसिएका छन् । त्यसले दृष्टीविहीनलाई झन् ‘कन्फ्युजन’मा पारिदिने गरेको छ ।
झन् उप्किएपछि जथाभावी रुपमा यसलाई टाँसिएको भेटिन थालेको छ । उप्किएका टायलहरु अहिले पेटीका विभिन्न भागमा छरिएको देख्न सकिन्छ ।
अत्यधिक हेलचेक्र्याइँ
ट्याकटाइल टायल बिछ्याउन सरकारलाई एसियाली विकास बैंक ९एडीबी०ले सहयोग गरेको हो । यो आयोजनामा एडीबीले करिब ७० प्रतिशत र सरकारले ३० प्रतिशत लगानी गरेका छन् ।
लुम्बिनी(रमण जेभी कन्स्ट्रक्सन र रमण(तामाङ जेभी कन्स्ट्रक्सन कम्पनीले सडक विभाग र काठमाडौं महानगरपालिकाअन्तर्गत् छुट्टाछुट्टै आयोजनामार्फत् टायल बिछ्याएका थिए ।
तर, उनीहरुको काम गुणस्तरीय थिएन । बिछ्याएको केही समयमै उप्किन सुरु गरेको टायल अहिले क्षतविक्षत भइसकेको छ ।
यसमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन एकाइ पनि उत्तिकै दोषी छ । उक्त एकाइले पेटी उप्काए पाइप बिछ्याएको थियो । तर, फेरि टायल राख्ने बेलामा माटोको लेबल नमिलाई बिछ्याउँदा ट्याकटाइलको अवस्था झनै दयनीय बन्यो ।
उसै पनि, ठाउँ(ठाउँमा उप्किरहेको टायललाई उप्काएर फेरि टाँस्नुपर्नेमा मेलम्चीले झन् हेलचक्र्याइँ गरिदिँदा यसको बेहाल भयो ।
सडक विभाग र महानगरपालिकाले ट्याकटाइलको संरक्षणका लागि कुनै योजना नै बनाएननन् । महानगरका इन्जिनियर सुरुज महर्जन उप्किएका ट्याकटाइल फेरि बिछ्याउन अर्को कार्यक्रम बनाइने बताउँछन् ।
गुणस्तरहीन टायल
यस्तो ट्याकटाइल केशरमहल, जमल, राष्ट्रिय सभागृह, पुरानो बसपार्क, टुँडीखेल, त्रिपुरेश्वर, दरबारमार्ग, कमलादी, सिंहदरबार, भद्रकाली र नयाँबानेश्वर क्षेत्रमा बिछ्याइएको थियो । १५ किलोमिटर सडकपेटीको सुधार गर्न १० करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो ।
यसमा रेलिङ जडानको कार्यक्रम पनि थियो । काठमाडौं महानगरपालिकाअन्तर्गत्को दिगो शहरी यातायात आयोजना कार्यान्वयन एकाइले नै यो काम गरेको थियो ।
करोडौं खर्च भएको परियोजनाको काम भने गुणस्तरहीन हुँदा पनि महानगरपालिका मौन छ ।
यसमा प्रयोग भएका टायल नै गुणस्तरहीन भएको आरोप दृष्टीविहीनहरु लगाउँछन् । प्रायः सडक पेटीमा प्रयोग हुने टायल ठूलो चाप थेग्न सक्ने हुनुपर्छ ।
पेटीमै सवारी साधन हुइँक्याउने अराजक संस्कृति यो परियोजनाको असफलताको अर्को कारक हो । त्यसलाई हेरेर पनि टायल बाक्लो र बलियो हुनुपथ्र्यो । तर, अत्यन्तै पातलो टायल प्रयोग भएको देखिन्छ, जसलाई टाँस्ने काम पनि गतिलोसँग भएको पाइँदैन ।
सभ्यहरुको ‘असभ्य’ शिकार
ट्याकटाइललाई यो दुर्दशामा लैजानुमा सरकार र निर्माण व्यवसायी मात्रै दोषी छैनन् । काठमाडौंमा सडकपेटीमा घुम्ने हो भने धेरै स्थानमा पार्किङ भेटिन्छ । दृष्टीविहीनले छाम्दै हिँड्ने ट्याकटाइल पनि यसको चपेटामा छ ।
यदि यसका प्रयोगकर्ता पूर्ण रुपमा टायलको भर परेर हिँडे भने सवारीमै गएर ठोकिने अवस्था छ । यत्रतत्र गरिएको पार्किङले दृष्टीविहीनलाई सडकमा पेटीबाट झर्नै पर्ने अवस्था बनाइदिएको छ ।
‘गाडी(बाइक चढ्ेर सभ्य बन्दै हिँड्नेहरुले पनि हामी हिँड्ने बाटोमै पार्किङ गरिदिनुहुन्छ,’ दृष्टीविहीन तन्डुकार भन्छन्, ‘सभ्यहरुको असभ्यताले पनि समस्या बढाएको हो ।’
के हुनुपथ्र्यो रु
ट्याकटाइल सडकपेटीमा प्रयोग गरिने विशेष प्रकृतिको वस्तु हो । विदेशमा ट्याकटाइलका रुपमा सेन्थेटिक र रबर पनि प्रयोग गरिन्छ । ट्याकटाइलका रुपमा काठमाडौंमा भने सिमेन्टका टायललाई नै प्रयोग गरिएको थियो ।
ट्याकटाइलको मान्यताअनुरुप स्पर्श गर्दा दृष्टिविहीनलाई फरक महशुुस गराउन टायलका बीचभाग केही अग्लो बनाएर उठाइएको छ । धर्साधर्सा परेर बीच भाग उठाइएको डाँडीमा टेक्दा अन्य टायलभन्दा यसले फरक अनुभुति गराउँछ ।
यसले गर्दा दृष्टिविहीनलाई छडी नै प्रयोग नगरी हिँड्न सहज हुनुपर्ने हो । यो ट्याकटाइलमा छडीले हान्दा अन्य टायलभन्दा फरक आवाज पनि दिन्छ । सामान्यतया ट्याकटाइल पेटीको बीच भागमा जोडिनुपर्छ । दृष्टिविहीनले ट्याकटाइलको अग्लोरहोचो भागलाई छडीले चिन्दै हिँड्छन् ।
सहजै हिँड्न सकिने ठाउँमा लामो आकारका पाटा भएका टायल प्रयोग गरिएको छ । तर, पेटीको दिशा परिवर्तन हुने ठाउँ ९इन्टरचेन्ज०मा दृष्टिविहीनलाई संकेत दिन गोलो(गोलो डाँडी भएको टायल प्रयोग गरिएको छ ।
सचेत हुनुपर्ने जोखिमयुक्त ठाउँमा संकेत दिनेगरी यसलाई प्रयोग गरिएको छ । गोलो डाँडी आएको टायल भेटेपछि ‘अगाडि जोखिम छ’ भन्ने दृष्टीविहीनले सजिलै बुझ्छन् । काठमाडौंका पेटीमा भने यसलाई त्यति ध्यान दिएर निर्माण गरिएको छैन ।
सचेतनाको कमजोर पाटो
काठमाडौंका सडकपेटीलाई पूर्ण रुपमा अपांगमैत्री बनाउनेगरी काठमाडौं महानगरपालिकाले ट्याकटाइल टायल प्रविधि अपनाएको थियो ।
तर, यसबारे आम सर्वसाधारण र दृष्टिविहीनहरुलाई खासै जानकारी पनि गराइएन । धेरैले त यो टायल किन हालियो भनेर अझै पनि जानकारी पाएका छैनन् ।
त्यसैकारण पनि यसको महत्व धेरैले बुझेनन् । त्यसैले यसको संरक्षण गर्ने चेतना नागरिकस्तरसम्म पुगेन । त्यसैले उप्किएपछि त्यसलाई पुनः टाँस्न न त स्थानीय जागे, न महानगरपालिका र सडक विभाग नै ।
यसैका कारण पेटीका ट्याकटाइल बिछ्याएको एक वर्ष नबित्दै अस्तित्व मेटिने अवस्थामा पुगेको छ ।-अनलाइनखबर