संगालोखबर


धनकुटा । धनकुटामा पाँच हजार बढी गाँजाका बोट फडानी गरेर नष्ट गरिएको छ । जिल्लाका दुईवटा गाउँपालिकाको ९ रोपनी क्षेत्रफलमा लगाइएको ५ हजार २ सय बोट गाँजा फडानी गरी नष्ट गरिएको हो ।

सहिदभूमि गाउँपालिका-५ र साँगुरीगढी गाउँपालिका-८ का विभिन्न स्थानका खेतबारीमा लगाइएको गाँजाका बोटहरू फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

धनकुटा प्रहरीले गाउँबस्ती र खेतबारीमा लगाइएको गाँजा खोजतलास गरी फडानी गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!