संगालोखबर


धनकुटा । नेकपा एमाले धनकुटाको केन्द्रीय प्रतिनिधि, पालिका इन्चार्ज तथा जिल्ला कमिटी पदाधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ । पार्टीको राष्ट्रिय कार्यकर्ता भेला र त्यसपछिको केन्द्रीय कमिटी बैठकको निर्देशनबमोजिम आगामी कार्ययोजना तय गर्न बैठक बसेको हो ।

एमालेका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सङ्घीय सांसद राजेन्द्र राई र केन्द्रीय सदस्य तारा तितुङको उपस्थितिमा धनकुटा पार्टी कार्यालयमा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

Advertisement

पार्टीका प्रदेश कमिटी सदस्य अर्जुन राईका अनुसार बैठकमा जिल्लाको वर्तमान राजनीतिक शक्ति सन्तुलन, जनसम्पर्क विस्तार तथा सुदृढीकरणका लागि अपनाइने कार्यक्रमहरूका विषयमा गहन छलफल भएको हो ।

बैठकले आगामी मङ्सिर १८ गते पार्टीकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आयोजना हुने जिल्ला कार्यकर्ता भेला र प्रतिनिधि परिषद्को बैठकलाई भव्य रूपमा सफल पार्ने निर्णय गरेको छ ।

यसैगरी मङ्सिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिकास्तरीय अधिवेशनको आवश्यक तयारी तथा पार्टीका जनसङ्गठनहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा समेत बैठकमा छलफल भएको राईले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!