
धनकुटा । धनकुटाको सहिदभूमिमा करेन्ट लागेर विद्युत कार्यालयका कर्मचारीको मृत्यु भएको छ । ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा सहिदभूमिको पिप्ले फ्युज सेवाका कर्मचारी सहिदभूमि-२ कबिर टोलका रामकुमार राईको मृत्यु भएको हो ।
आज साँझ करिब ७ः३५ बजे गाउँमा ट्रान्सफर्मरमा समस्या आएपछि राई मर्मतका लागि पोलमा चढेका थिए । सोही क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भए । घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा ८ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
४३ वर्षीय मृतक राई फ्युज सेवामा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत थिए ।

संगालोखबर 



















